म्याग्दीका यूवराज माथी निर्घात कुटपिट प्रहरी भन्छ घटना सामान्य हो ।


काठमाण्डौ : म्याग्दी रत्नेचौर १ निवासि यूवराज वि.क माथी स्थानीय मगर समुदायको केही युवाहरुले हातपात गरेका हुन । हालसम्म पनी पुरापुर होसमा नरहेका यूवरावको परिवार भन्छ घटना रहस्यमय छ ।

गत १६ गते आईतबारका दिन राति करिव ७ः ३० बजेको समयमा घरबाट गाउमा निस्किएका ४८ वर्षका यूवराव बि.क. राति १ देखि २ बजेको विचमा मरासान्न अवस्थामा बासँको झारी नजिक भेटिए । उनको दाहिने आखा रगताम्य थियो, दाहिने घुडामा फलामको रड प्रयोग गरेझै प्वाल देखियो, घटना निक्कै आश्चर्यजनक छ । त्यो साझ यूवराजले स्थानीय तीन जना मगर समुदायका युवाहरु संगै बसेर रक्सि खाएका थिए । सोही गाँउका अन्य दुई जना मगर समुदायका आफन्तले यूवराज बासँको झारीमा लडिरहेको कुरा परिवारलाई सुनाय । परिवार र आफन्तको सहयोगमा यूवराजलाई घर ल्याइयो र अवस्था चिन्ताजनक रहेकोले थप उपचारको निमिक्त हतार हतार १७ गते बिहान बाग्लुङ हस्पिटल पुर्याइयो, यूवराज पछिल्लो दिन सम्म पनि अचेत थिए बाग्लुङ हस्पिटलले वि.क.को स्वास्थ्थ अवस्था निकै जटिल रहेकोले तत्काल पोखरा लैजान अनुरोध गरे ।

यूवराजलाई पोखरा हिमालयन आखा हस्पिटलमा लगियो तर डक्टरले आखामा मात्र चोट नभएर शरिरको अन्य भागमा समेत चोट लागेको र जस्को कारण शरिर शक्तिहिन भएर कापिरहेकोले आखाको अप्रेसन गर्नुभन्दा पहिले शरिरको अन्य भागको उपचार गरेर आउन आग्रह गरे । घाईते यूवराजलाई आफन्तको सहयोगमा गण्डिकी ,मणीपाल लगायतको हस्पिटल पुर्याइयो नाम उल्लेखित हस्पिटलमा बेड नपाएपछि अन्तमा पश्चिमाञ्चल सामुदायीक हस्पिटलको आई.सी.यू. कक्षमा भर्ना गरियो । डाक्डरले वि.क.को आखामा ज्योति फकिर्ने चान्स निक्कै कम रहेको कुरा चेकजाज कागजमै उल्लेख गरेका छन । दाहिने खुट्टामा ६÷७ ताका नै लगाईएको छ , यूवराज आजको दिन सम्म पनि पुरापुर होसमा छैनन् । अवस्था सामान्य मात्रै सुधार छ आखाको उपचार कहिले हुन्छ हुन्न केहि जानकारि छैन ।

घटना रहस्यमय भएको पिडित परिवारको दावी छ,जातीय अपमान गर्दै ग्रुप मिलेर पिटेको हुन सक्ने परिवारको आकलन छ । यूवराजलाई न्याय चाहियो भन्दै जिल्ला प्रहरि कार्यालय म्याग्दीमा जादा प्रशासनले पटक पटक जाहेर लिन आनाकानी गरेको गोविन्द सुनारको भनाई छ । सुनारका अनुसार पिडित युवराजको श्रीमति सहित आफुहरु पुगेर जिल्ला प्रहरि कार्यालय म्याग्दीमा पिदक पक्ष विरुद्ध जाहेरी दर्ता गरेता पनि प्रशासनले नेपाली कांग्रेस नेता नेत्र बहादुर मोहतको दबाबमा घटना बेवास्ता गरेको आरोप लगाएका छन् । तर प्रशासमा भने सामान्य जाहेरी परेको र आफुहरु राजनितिक दवावमा नरहेको कारण मिथ्था आरोप नलगाउन समेत प्रहरी प्रमुख श्याम राईले जानकारि दिएका छन ।

राईका अनुसार म्यादीमा केहि मिडिया र मिडियाक्रमी सही सुचना प्रवाह गर्न भन्दा पनी भ्रमको खेती गर्नमा बढि उन्मुख देखिएकाले पत्रकारिताको मर्म र भावना अनुरुप सुचना प्रवाह गर्नको निमिक्त अनुरोध गरेका हुन ।
प्रहरी जनताको सेवक हो हामी हाम्रो कर्तब्य बाट भाग्न सक्दैनौ हाल यूवराजको सवालमा सामान्य उजुरी परेको छ तर उजुरी सामान्य भयो भन्दैमा दोषीलाई त्यतिकै छोड्ने भन्ने कुरापनी रहदैन हामीले घटनाको प्रकृती हेरेर कार्वाही गर्छौ ः प्रहरी प्रमुख श्याम राई ।
४८ वर्षका यूवराज वि.क. बेनी नगरवालीका १ रत्नेचौर निवासि हुन, हाल उनको उपचारमा आई.सि.यू. चार्ज बाहेक १ लाख भन्दा बढि खर्च भएको छ वि.क.निक्कै सामान्य परिवारका हुन ।

 

यूवरावको जाहेरि दर्ता हुनुपहिले नै पिदक भनिएका पक्षले जिल्ला प्रहरि कार्यालय म्याग्दीमा यूवराज माथी रक्सि चोरको आरोपमा जाहेरी दर्ता गरेको छ , रक्सि चोरेकै भरमा कसैले मरासान्न हुनेगरी कुटपिट नगर्ने भन्दै घटना रहस्यमय रहेको पिडित परिवारको जिकिर छ । दोषीलाई हदैसम्म कार्वाही नगरे आफुहरु जिल्ला प्रहरि कार्यालयमा धर्ना दिने गोविन्द सुनारको भनाई छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता