चलचित्र विकास बोर्डद्वारा १ करोड बराबरको स्टोरी बैंक स्थापना


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं :  चलचित्र विकास बोर्डले मौलिक तथा कलात्मक चलचित्र निर्माणका लागि भन्दै दोस्रो पटक पटकथा आहवान गरेको छ । बोर्डले मंगलबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै इच्छुक फिल्मकर्मीबाट पटकथाको माग गरेको हो । यो प्रतियोगितामा सहभागी हुन चाहाने लेखकले सूचना प्रकाशित भएको ६० दिन भित्र आफ्ना कथा बुझाउनु पर्ने सूचनामा उल्लेख छ ।

बोर्डले यसरी प्रतिस्पर्धामा आएका पटकथामध्ये केहीलाई छानेर सहनिर्माण गर्ने र लेखन प्रक्रियामा पनि आवश्यकताअनुसार विशेषज्ञता उपलब्ध गराउने जनाएको छ
स्वदेशी तथा मौलिक चलचित्र निर्माणमा मद्दत पुग्ने अभिप्रायका साथ बोर्डले अघिल्लो साल ‘स्टोरी बैंक कार्यविधि २०७७’ बनाएको थियो । कार्यविधिले  नेपाली नागरिकबाट पटकथा माग्ने र तिनलाई मौलिकता, ऐतिहासिकता, सांस्कृतिक कसीमा जाँची पुरस्कृत गर्ने व्यस्वस्था गरिएको छ ।

पहिलो साल बोर्डले ‘स्टोरी बैंक’ का लागि प्राप्त भएका कथा मध्येबाट छानिएका ५ मौलिक कथालाई निर्माणमा सघाउने घोषणा गरेको थियो ।  कार्यविधि अनुसार दुई फिचर फिल्म, दुई डकुमेन्ट्री र एउटा सर्ट फिल्मलाई राज्यले निर्माणमा सघाउने कार्यविधिमा उल्लेख गरिएको थियो । यो साल भने बोर्डले थप ५ फिल्मलाई निर्माणमा सघाउने बताएको छ ।

बोर्डले कार्यविधि पारित गरी गत साल नै फिल्मकर्मीबाट पटकथा माग गरेको थियो । गत साल बोर्डमा सर्ट र फिचर गरी ४० हाराहारी पटकथा आएका थिए । यसरी आएका पटकथालाई तीन सदस्यीय मूल्यांकन समितिले मूल्यांकन गरेर बोर्ड समक्ष सिफारिस गर्ने र सोही सिफारिसका आधारमा उत्कृष्ट पटकथाको नाम घोषणा गर्ने बताइएको थियो ।

तर, दोस्रो सालका लागि सूचना प्रकाशित भइसके पनि पहिलो सालका विजेता कथाको भने नाम घोषणा भएको छैन । बोर्डले केही दिनमै यसको घोषणा गर्ने बताएको छ ।‘सरकारबाट के कति बजेट आउँछ भनेर कुरिरहेका थियौँ । जे जति पाएको छौँ त्यही बाड्छौँ । चाँडै नै हामी परिणाम सार्वजनिक गर्छौं,’ बोर्ड अध्यक्ष दयाराम दाहालले भने । सरकारले अघिल्लो साल ‘स्टोरी बैंक’का ५० लाख रकम छुटयाएकोमा यो साल त्यो रकम दोब्बर बनाएर १ करोड बनाएको छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता