नेपाल समाजवादी कांग्रेस ऐतिहासिक सडक बहस कार्यक्रम सम्पन्न 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१७ साउन , काठमाडौं । नेपाल समाजवादी कांग्रेसले रत्नपार्क शान्तिवाटिकामा खुला बहस कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न गरेको छ । मुलुकको इतिहासमा नै राजनीतिक पार्टीको तर्फबाट वैचारिक सडक बहस भनेर गरिएको यस्तो कार्यक्रम पहिलो र ऐतिहासिक भएको कुरा उपस्थित जन समाज र पत्रकारहरु बीच छलफल र अनुभव साटासाट गरिएको सुनिएको थियो । पार्टीको धारणाबारे अध्यक्ष गोविन्द निरौलाले स्पष्ट पारेसंगै सुरु भएको कार्यक्रममा सर्वसाधारण जनता र सरोकारवाला समेतले प्रश्न गरेका थिए । प्रस्तुत प्रश्नको जवाफ दिनको निम्ति अधिकांश समय उपयोग गरेकानिरौला अत्यन्त संम्यमित र जिम्मेवारका साथ प्रस्तुत भएका थिए । घोषित आन्दोलन, पार्टीको धारणा, अबको राजनीति राज्यव्यवस्था कस्तो हुने, पार्टीको एजेण्डा र भावी रणनीति सबै पक्षमा रहेर प्रश्न र उत्तर गरिएको थियो । कार्यक्रममा पार्टी सचिव मानबहादुर गुरुडको पूर्ण सक्रियता रहेको थियो भने पार्टीको अधिकांश केन्द्रीय नेता तथा कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थिति थियो।

राष्टियता, प्रजातन्त्र, हिन्दुराज्य र राजसंस्थाको मुद्धा अघि सारेर राष्टिय नागरिक आन्दोलन घोषणा गरेको नेपाल समाजवादी कांग्रेसले गत साउन ३ गते बिहिबार नयाँ नेतृत्व, नयाँ विचार, आधुनिक विकासको लागि माइती मण्डलामा दीपप्रज्वलन गरेको थियो । बालिका कन्या मञ्जरी गुरुडबाट गरिएको उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो भने पार्टी अध्यक्ष गोविन्द निरौलाले दिपप्रज्वलन गरेका थिए । गोविन्द निरौलाले वर्तमान शासक वर्गहरु हत्या,अपहरण, बलात्कार, कुसाशनको संरक्षक बनेको र राज्यसत्ता चलाउन समेत असफल भएको भन्दै निरन्तर आवाज उठाउदै आएका छन् ।

भ्रष्टाचार बढेको, संघीयतामा लगेर देशलाई विघटनको बाटोमा लगेको, वर्तमान संविधान असंवैधानिक र विभेदित रहेको र देशको प्रधानमन्त्री अदालतको परमादेशबाट ताकिनु प्रजातन्त्रको नाममा निरंकुशताको जन्म भएकोले नागरिक प्रजातन्त्रको स्थापना गर्न आवश्यक भएको हुंदा आन्दोलनमा उत्रनु परेको प्रष्ट रुपमा बताए । संघीयता र धर्मनिरपेक्षताको खारेजी नभए देश नबच्ने भन्दै अध्यक्ष निरौलाले सामाजिक संरचना महत्व स्थापित गर्न पनि परिवर्तन आवश्यक भएको कुरा औंल्याए । पार्टीले सडक बहस पछि थप आन्दोलन घोषणा गर्दै ७७ जिल्लामा आमसभा गर्ने रणनिती लिएको बताईएको छ ।सर्वोच्च अदालतको फैसलाले नयाँ निरंकुशताको निरन्तरता दिएको छ । कार्यपालिकाको काम न्यायपालिकाले गर्ने हो भने मन्त्रीपरिषद्को काम छैन भन्ने हाम्रो पार्टीको धारणा रहेको छ । यो अदालतको सरकार हो भन्दै उनले व्यंग्य समेत गरे ।

राज्य व्यवस्था नै खारेज गर्नुपर्नेमा अदालतले त्यसो गर्न सकेन । प्रजातान्त्रिक मुलुकमा परमादेशबाट प्रधानमन्त्री बनाउनु लाजमर्दो अवस्था भएको उनको स्पष्ट अडान थियो । यस राज्य सत्ता खारेज गरि नेपाल समाजवादी कांग्रेस सहितको राष्टिय सरकार गठन गरि राष्टिय सहमति गरि नयाँ संविधान जारी गरि देशलाई चुनावको बाटोमा लैजानुपर्छ । त्यसरी मात्र देश प्रजातन्त्रको बाटोमा जान्छ । अहिलेको बाटो प्रजातान्त्रिक होईन । यहि अवस्था चलिरहे देशमा गृहयद्ध वा देश नै विघटन हुन्छ । यसलाई रोक्न वर्तमान निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलको सहभागितामा राष्टिय सरकार, राष्टिय सहमति र नयाँ सविधान घोषणा गर्नु पर्दछ । त्यसपछि चुनाव गर्नुपर्छ । त्यसरी मात्र अहिलेको राजनीतिक अवरोध हट्छ । अहिले हामी राष्टिय नागरिक आन्दोलन घोषणा गरेर अघि बढिरहेका छौं । दमन भए आन्दोलनको स्वरुप फेर्छौं । वर्तमान संविधान र अहिले व्यवस्थाले धोका मात्र भएको छ ।

 

राजनीतिक स्थिरता भएन, गास, वास, कपास र रोजगार पाउन सकेनन् । सरकार पुरै भष्ट हुनेवाला छ । विदेशीको इसारा विना सरकार चल्नै सक्दैन । राष्ट्रलाई विघटनको बाटोमा लैजाने संविधान र अहिलेको व्यबस्था विभेदकारी रहेकाले यसलाई फ्याकी नयाँ व्यवस्था ल्याउन लागि परेका छौं । नेपाल समाजवादी कांग्रेस राष्टियता, प्रजातन्त्र, सार्वभौमिताप्रति प्रतिबद्ध रहेकोले संवैधानिक प्रजातन्त्र स्थापनाको निम्ति संघर्षशील छ । राष्टियता, प्रजातन्त्र, राजसंस्था र हिन्दु राष्ट स्थापनाको निम्ति राष्टिय नागरिक आन्दोलन घोषणा गरि सकेकोले देशबचाउनको निम्ति सबै नेपाली जनताहरुलाई सञ्चालन गरिएको आन्दोलनमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।

 

नेपालमा भएको वर्तमान व्यवस्थालाई प्रजातान्त्रिक भन्ने हो भने अमेरिका, बेलायत र भारतले खोजेको प्रजातन्त्रको परिभाषा के हो भन्ने कुरा स्पष्ट हुन जरुरी छ। र यसैलाई नेपालमा प्रजातन्त्र भन्ने हो भने चीन भएको राज्यव्यवस्थालाई पनि प्रजातान्त्रिक मान्नु पर्ने छ। अर्थात नेपालमा भएको बारुदी आतंकवाद(माओवादी) र अमेरिका र भारतले सञ्चालन गर्ने बारुदी आतंवादलाई प्रजातन्त्र मान्न सकिदैन निरौलाले भने ।


सम्बन्धित खवर

अन्तर्वार्ता