कांग्रेसले मात्र आजसम्म राजनीतिक आन्दोलनको नेतृत्व गर्दै आएको छ – विश्व कल्याण लामा, युवा नेता, नेपाली कांग्रेस सिन्धुपाल्चोक


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरल र शालिन स्वभावको परिचय बनाएका विश्व कल्याण लामा नेपालीकाँग्रेस सिन्धुपाल्चोका सक्रिय युवा नेता तथा जिल्ला समिति सदस्य हुन् । सुरुदेखि नै नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्याथी संघबाट राजनीति सुरु गरेका उनी पारिवारिक राजनीतिक पृष्ठभुमी पनि कांग्रेस नेै हो । उनको काका दावा घ्याम्छो लामा पञ्चायतीकालदेखि नै पार्टीमा सक्रिय हुनुको साथै ०४९ सालको स्थानीय चुनावमा अत्तरपुर गाविस अध्यक्षमा विजय भएर जनताको सेवा भएको थियो । ०७४ सालको स्थानीय चुनावमा मेरो जेठो दाई डुवछिरिङ लामा लिसंखुपाखर –४ को प्रत्यासी हुनुहुन्थ्यो । परिवारमा हामी सबै तन मन सहित कांग्रेसमा सक्रिय छौं । राजनीतिको अलावा समाजिक सेवामा समेत सक्रिय भूमिका खेल्दै आएका विश्व लामालाई नेपाली कांग्रेस सिन्धुपाल्चोकले उच्च मुल्याङकन गर्दै केही दिन अघि जिल्ला कमिटि सदस्यमा मनोनित गरेको छ । प्रस्तुत छ, उनको आगत विगत र राजनीतिक विषयमा गरिएको कुराकानीको संम्पादित अंश ः–

तपाईको परिचय तथा राजनीतिक पृष्ठभूमीबारे बताईदिनोस न ?
मेरो नाम विश्व कल्याण लामा हो । मेरो जन्म २०४४ पुष १२ गतेका दिन बुबा बयान सिंह लामा तथा स्व. माइती डोल्मा लामाको कोखबाट सिन्धुपाल्चोक लिसंखुपाखर – ४ अत्तरपुरमा भएको हो ।सानै उमेरदेखि म सरल र शालिन स्वभावको थिए, हुं तर अन्याय सहने चाहिं होईन । पारिवारिक आर्थिक सामाजिक अवस्थाको कुरा गर्दा मध्यम वर्गीय पुर्खौली किसान परिवार नै हो । बुबाले ह्यान्डिग्राफको व्यापार गर्नु हुन्थ्यो । अहिले उक्त व्यापार छैन । मेरो बुबा आमामा छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोच थियो । त्यसैले मैले ९ कक्षादेखि काठमाडौंमा पढ्ने अवसर पाएं । अर्को हामीले पढ्ने समयमा माओवादी युद्धको निकै प्रभावले पनि त्यो अवस्था आएको थियो । माओवादीहरुले कतिपटक त उठाएर नै लगे । एक पटक त दोलखाको जिरी जोड्ने पुल नै भट्काउन हामीलाई पनि लगियो । गाडी नै चल्न नसक्ने गरि क्षति भयो । मान्छे चाहि हिंड्न मिल्थ्यो । पछि उक्त पुल फेरि बनाईयो । त्यतिबेला उनीहरुले दिने परिक्षण मलाई पनि ठिकै लाग्थ्यो तर जव शान्ति प्रक्रियामा आएपछि त्यस्तो अवस्था देखिएन, रवैया राम्रो लागेन । त्यसैले हाम्रो परिवार माओवादी पिडित समेत हुन् । त्यसरी म पनि पढाईको सिलसिलामा काठमाडौं आए । जिल्लामै हुँदादेखि नै म नेविसंघमा जोडिसकेको थिएं । पाटन संयुक्त क्याम्पसको ईकाई सदस्य, उपाध्यक्ष र पछि सिन्धुपाल्चोकको सचिव हुंदै नेविसंघ उपत्यका भ्यालीबाट ११ औं अधिवेशनमा प्रतिनिधि भएं । अहिले पनि विद्यार्थी तथा नेविसंघ राजनीतिको नसा र उर्जा उस्तै छ । हाल पनि सक्रिय छदैंछु, नेविसंघ महाधिवेशन नभएको लामो समय भईसकेको छ, महाधिवेशन हुंदा सक्रिय हुन्छु । भर्खरै पार्टीले जिल्ला कमिटि सदस्यमा मनोनित गरेको छ । यसका लागि पार्टी सभापति सहित अग्रज नेताहरुलाई धन्यवाद दिन चाहन्छु । अब नेविसंघको राजनीतिको अलावा भुगोल तथा संगठनमा काम गर्ने गरि अघि बढेको छु ।

जिल्ला समिति सदस्यमा तपाईको नाम सर्वसम्मति भयो
कि ?

सर्वसम्मतिले नै पार्टील निर्णय लिएको हो । मुख्यतः जिल्ला पार्टी सभापतिको अहम भूमिका रह्यो । उहाँ सभापति भएपछि पार्टीलाई विधि प्रक्रियामा हिंडाउनुको साथै मनोनित लगायत समावेशी समानुपातिक सबैमा जोड गर्नु भयो ।

पुरानो नेतृत्व विधि र प्रक्रिया हिंडेको थिएन भन्न खोज्नु भएको हो ?

अवश्य पनि हो । पूर्वमन्त्री मोहन बहादुर बस्नेत ज्यूले २० वर्ष जिल्ला सभापति पार्टीलाई विधि प्रक्रिया पार्टीको विधान अनुसार समानुपातिक समावेशी र मनोनित गर्नुपर्ने सबैमा वेवास्ता गर्नु भयो । एउटा कार्यलय भवन समेत बनाउनु भएन । विकास लामा सभापति भएपछि पदभार गर्ने कार्यलय समेत थिएन । वर्तमान सभापति विकास लामाले नै आफ्नो कार्यलयको पहिलो वर्ष नै भवन निर्माण गर्नु भयो । पार्टीलाई पुरै र समावेशी सबैमा जोड गर्नुभएको छ । भवन निर्माणमा समेत उहाँपदभार, बधाई तथा हस्तान्तरण कार्यक्रम समेत गरिएन । माईन्युट र छाप समेत अर्कैलाई पठाउने काम भयो। त्यसरी एक छत्र काम गर्नु भएका पूर्वमन्त्री ज्युले अरुको नेतृत्वलाई स्वीकार्न सक्नु भएन । अर्को जिल्लाको विकास निर्माणमा धेरै काम गर्नुभएको छ यसमा दुई मत छैन तर उहाँले पार्टीको नाम कहिल्यै लिनु भएन, खाली आफैले सबै काम गरेको भन्नुहुन्छ । आखिर उहाँ पार्टीको नेता भएकैले काम भएका हुन् भन्ने कुरा पनि भुल्न भएन नि । स्मरण रहोस, विरगञ्ज भन्सारपछि तातोपानी भन्सारबाट दोस्रो राजस्व उठ्छ । यद्यपी ०७२ को भुकम्पपछि चहलपहल राम्रो छैन । त्यसरी राजस्व उठ्ने जिल्ला सिन्धुपाल्चोकको विकास निर्माण सोचे जस्तो त छैन, भएन । त्यसैले यसको समिक्षा पनि गर्न जरुरी छ पुरानो नेतृत्वले ।

नेपाली कांग्रेसमा कसरी सक्रिय भईरहनु भएको छ ?

पारिवारिक राजनीतिको अलावा सुरुदेखि नै नेपाली काँग्रेसको साधारण सदस्यबाट राजनीति सुरु गरेको हुं । मुख्यतः लोकतन्त्रमा विस्वास राखी निरन्तर देश,जनता र पार्टीको सेवा गर्दै आएको छु । विद्यार्थी राजनीति, भुगोल तथा संगठनबाट राजनीतिमा निरन्तर लागिरहेको छु । साथै समाजसेवामा आफु भनेर आउनेलाई हमेसा सहयोग गर्दै आएको छु । पुरै जिम्मेवार र सहज ढंगले देश र जनताको सेवा गर्दै आएको छु । स साना कामलाई पनि प्राथमिकतामा राखेर काम गर्दै आएको छु त्यसैले म पार्टीको इमान्दार सिपाही हुँ । राजनीति देश र जनताको लागि हुनु पर्ने हो तर त्यसो हुन नसकेकोमा म सन्तुष्ट छैन । नेपाली जनताले दुई तिहाई मत दिएर कम्युनिष्टहरुलाई सत्तामा पुर्याए तर देश र जनताको लागि केही गर्न सकेनन् । उहाँहरुकै पार्टी झगडाले पार्टी गुठ उपगुठमा
विभाजित हुनुको साथै सरकार नै गुमाउन पुगे । अहिले कांग्रेस
नेतृत्वमा सरकार बनेको छ, सबै राजनीतिक समस्याको समाधान कांग्रेस सरकारले गर्नेछ । हरेक राजनीतिक समस्याको राजनीतिक घटनाको समस्या समाधानको लागि २००७ सालदेखि नै आवश्यकता रहंदै आएको छ, अहिले पनि त्यहि अवस्था देखिएको छ ।

पार्टी महाधिवेशनको अवस्था के छ ?

तोकिएकै समयमा महाधिवेशनमा हुनेमा पूर्ण विस्वास रहेको छ । पार्टीको क्रियाशील सदस्यता वितरण र नविकरण लगभग टुंगिसकेको छ । जिल्लामा केन्द्र र प्रदेशमा हाम्रो पार्टीको एक सिट बाहेक पराजित भएपनि हामी कमजोर छैनौ । वाम एकता मात्र भएको थिएन भने पुरै सेट हामी जित्ने थियांै । तर राजनीतिक परिस्थिति त्यस्तै भईदियो । अहिले हामीले पार्टीको संगठन मजबुत बनाएका छौं। जिल्ला पार्टी मात्र एक हुने हो भने पार्टीले सधैं चुनाव जित्छ।

क्रियाशील सदस्यता विवादमा तपाईहरुले केन्द्रीय नेतालाई हातपात नै गर्नुभएछ नि ?

यसमा साँञ्चै भन्नु पर्दा सारै दुःख छौं । हामी अरुलाई लोकतान्त्रिक प्रक्रियामा सामेल गराउंने पार्टीको नेता कार्यकर्ता हामी नै लोकतान्त्रिक विधि प्रक्रिया भन्दा बाहिर गएर अलोकतान्त्रिक र गैरजिम्मेवार ढंगबाट प्रस्तुत भएको भन्ने कुरा हामीले पनि सुन्यौं । हाम्रो आदणीय नेता श्याम घिमिरे ज्यूबाट नै सुन्यौ । यस प्रति दुखी छौं । प्राकृतिक रुपले पनि सिन्धुपाल्चोकलाई बारम्बार प्रहार भईरहेको अवस्थामा यस्ता कुकृत्यहरुबाट सिन्धुपाल्चोक चर्चामा रहनु राम्रो कुरा होइन । यद्यपी कारवाही गरिएको छैन, सचेत गराउँदै अनुशासनको पूर्ण पालना गर्न हाम्रो क्षेत्रिय सभापति आदणीय बालकृष्ण बस्नेत दाई लगायत का नेताहरुलाई परिपत्र गरिएको छ । यसमा श्याम घिमिरेज्युको उदारताप्रति जिल्ला पार्टी तथा मेरो व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु । आखिर क्रियाशील सदस्यता जुन विवाद भनिएको छ, मिलाउन सकिने विषय थियो र छिट्टै मिलाईनेछ ।

महाधिवेशनमा तपाईको पनि दाबी केही छ कि ?

यस विषयमा जिल्ला पार्टीले मेरो आवश्यकता ठान्छकि ठान्दैन त्यसमा पनि भर पर्दछ । अग्रज नेता, कार्यकर्ता तथा प्रतिनिधिहरुले जे भन्नु हुन्छ म त्यही गर्छु ।अहिले नै भन्न सक्ने अवस्था छैन ।

जिल्ला पार्टीमा निकै गुट उपगुट छ भन्छन् ?

वर्तमान सभापति विकास लामाको कुनै गुठउपगुठ छैन । उहाँले कुनै गुट उपगुट नबनाइकनै पार्टी सञ्चालन गरिरहनु भएको छ । पुरानो नेतृत्वले जहिल्यै गुठबन्दी गर्दै आएको छ । लोकतन्त्रमा सबैको अस्तित्व हुन्छ र त्यो सबैले स्वीकार्नु पर्छ । लोकतान्त्रिक पार्टीमा विभिन्न विचारहरु हुन्छन्, त्यसको सम्मान गर्दै पार्टी हितमा काम गर्न सबै पक्ष अघि बढ्नुपर्दछ ।

हाल नेपाली राजनीति कसरी अगाडि बढिरहेको छ ?

नेपाली कांग्रेसलाई पाँच वर्ष सरकार बाहिर बस्ने म्यान्डेट थियो
तर वामपन्थीहरुको असक्षमताको कारण यतिबेला सरकारको नेतृत्वमा पुगेको छ । कम्युनिष्टहरु आफ्नै पार्टी भित्रको झगडाका
कारण सरकार चलाउन त सकेनन् नै पार्टी समेत टिकाउन सकेनन् । त्यसरी कांग्रेसकको आवश्यकता प¥यो । जहाँ कि कांग्रेसलाई साढे
तीन वर्ष अगाडिको चुनावमा प्रतिपक्षको अवस्थामा पु¥याएको थियो तर देशको आवश्यकताले सरकारको नेतृत्वमा पु¥याएको छ । त्यसैले नेपाली जनताले नेपाललाई स्वतन्त्रता, सार्वभौमिकता, शान्ति र समृद्धि चाहने हो नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाएर देशको वागडोर कांग्रेसको हातमा दिनुको विकल्प छैन ।कम्युनिष्टहरुले देशलाई वर्वाद बनाईरहेको देशलाई व्यवस्थित गर्नु पर्ने अवस्था रहेको छ । संसद विघटन गरेर देशलाई अनिर्णयको भूमरिमा फसाउँदै थिए तर सम्मानित सर्वोच्च अदालतले जोगाईदियो । त्यसरी विषम अवस्थामा नेपाली कांग्रेस नेतुत्वमा सरकार बनेको हो । सर्वहाराको कुरा गरेर जनतालाई गरिब बनाईरहे बनाईरहेका छन् । उनीहरुले राजनीतिलाई पद र पैसा कमाउने मेलो मात्र बनाए ।वास्तवमा विपीले जस्तो संघर्ष अहिलेका नेता वा तपाई हामीले गर्न सक्दैनौ । २००७ सालको प्रजातन्त्र ल्याउनेदेखि लिएर २०१५ सालको आमनिर्वाचनमा दुई तिहाइ सिट विजय गराउँदै १८ महिने सरकार चलाउँदा उनले गरेका काम र संघर्षलाई हेर्ने हो भने धेरै सम्झन लायक छन् । त्यसपछि तत्कालिन राजा महेन्द्रले पञ्चायती व्यवस्थाको सुरुवात गरे । त्यस्तो अवस्थामा पनि कहिंकतै विचलित नभई जिवन पर्यान्त संघर्ष गर्नु भयो । उनैले जन्माएको पार्टी देशको ठुलो प्रजातान्त्रिक पार्टी बनेको छ । यद्यपी पार्टीले धेरै कुरा सुधार गर्न आवश्यक छ । सबै र सबैलाई अट्ने काँग्रेस बनाउन आवश्यक छ । जुन १४ औं महाधिवेशनले पूरा गर्ने आसा र विस्वास लिएको छु ।

प्रतिपक्षको म्यान्डेट पाएको नेपाली कांग्रेस नेतृत्वमा सरकार बनेको छ,सफल होला त ?

सफल असफल एउटा पक्ष हो । तर कांग्रेसले देशलाई निरन्तर निकास दिदै आएको छ । नेपाली काँग्रेस यो देशमा कहिल्यै कमजोर छैन, चुनाव हा¥यो होला तर विचार सिद्धान्त र आफ्नो आदर्श हारेको छैन । त्यसैले पार्टी ७५ वर्ष पूगिसक्दा पनि जनताको
रोजाईमा परिरहेको छ । आफु हारेर पनि संधैं देशलाइ जिताउंदै आएको छ । नेपाली काँग्रेस जन्मेदेखि आजसम्म के कति संघर्ष ग¥यो तपाई हामी सबैले देखे, सुने छौं । २००७ देखि पञ्चायत फाल्ने आन्दोलनदेखि लिएर दुईवटा जनआन्दोलन हुंदै आज देशमा जुन राजनीतिक परिवर्तन भएको छ, त्यो काग्रेसको कारणले मात्र सम्भव भएको हो । पहिलोे संविधानसभामा कम्युनिष्टहरुले जिते, संविधान दिन सकेनन् । त्यसपछि दोस्रो संविधानसभा चुनावमा नेपाली काँग्रेसले चुनाव जित्यो । नेपाली जनताले ठुलो पार्टी बनाए । सुशील कोइरालाको नेतृत्वमा संविधान बनायौं । काँग्रेसले देश र जनताका लागि निरन्तर संघर्ष ग¥यो । २०६४ सालको पहिलो संविधानसभा चुनावमा हार्दैछौं भन्ने थाहा हुंदाहुदै पनि देशले निकास पाउनुपर्छ भन्ने हेतु सहित गिरिजाप्रसाद कोइरलाले चुनाव गराउनुभयो । २०७४ सालको चुनावमा पनि पार्टीले त्यसै ग¥यो । बल्लतल्ल आएको संविधानलाई कार्यान्वयन र संस्थागत गर्नुपर्ने अवस्थाले पनि कांग्रेसले त्यो त्याग ग¥यो । वाम गठबन्धन बनिरहेको अवस्थामा हार्छौं भन्ने थाहा हुंदाहुंदै पनि चुनाव गराईयो । त्यो चोट सिन्धुपाल्चोकमा पनि प¥यो । तत्कालिन अवस्थामा वाम गठबन्धन गरेर दुनियाँ सपना बाँढेर संसदमा दुईतिहाई त ल्याए तर देश र जनताका लागि के गरेन । संविधान कार्यान्वयनमा विलम्व ग¥यो भने विभिन्न भ्रष्टाचारको काण्ड मात्र मच्चाई रह्यो । कोरोना रोग चलिरहँदा जनताले राहत पाउने भन्दा पनि स्वस्थ्य सामग्रीमा समेत खरिदमा भ्रष्टाचारमा गरे । त्यसैले देशको सुशासन, स्वतन्त्रता, सार्वभौमिकता, शान्ति र समृद्धिको लागि पनि कांग्रेस नै चाहिन्छ ।

दुई तिहाईको वाम सरकार त असफल भयो भने प्रमादेशको सफल होला त ?

यो एउटा परिस्थितिमा बनेको सरकार हो । वाम सरकार सफल हुन सकेन, पार्टी भित्रकै आन्तरिक झगडाले उनीहरु असफल भएका हुन्,यसमा कांग्रेसको कुनै भूमिका छैन । खुसी नेपाली सुखी नेपालीको एजेन्डामा चुनाव जितेको वाम गठबन्धनले समृद्धिको कुनै पुर्वाधार खडा गर्न सकेन । यो कार्यभार अब वर्तमान सरकारले पूरा गर्नेछ । दुई तिहाईकोे वाम सरकार चलिरहंंदा देश र जनतामा झन् बेहालको अवस्था सृजना भएको थियो । सुशासनको अभावमा भ्रष्टाचार झन मौलाई रह्यो । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भयो, उनको परिवारले अहिलेसम्म न्याय पाएनन् । न्यारो
वडी, वाईडबडीमा त्यत्रो भ्रष्टाचार भएको तथ्याक बाहिर आईरहंदा कसैलाई कारबाही गरिएन । वाम सरकार खाली भ्रष्टाचारमामात्र लिप्त भयो । त्यसरी एकपछि अर्को गरि असफल भयो ।

पार्टी सरकारमा छ,अधिवेशन नजिकिदै गर्दा कांग्रेस नेताहरु
झन् आन्तरिक द्धन्द्धमा फसिरहेको छ नि ?

काँग्रेस पार्टी पुरानो प्रजातान्त्रिक पार्टी हो । यस पार्टीमा सबैलाई आफ्नो कुरा राख्ने स्वतन्त्रता सबैमा छ, लोकतन्त्रको लागि आन्दोलनको नेतृत्व ग¥यौं । कम्युनिष्ट पार्टीमा जस्तो बोल्नमा बन्देज छैन, हुंदैन । ठुलो र पुरानो पार्टी छ, आकांक्षी धेरै छन्, अवसर थोरै हुन्छन्, त्यसैले विवाद, मनमुटाव हुन्छन्, गुठहरु हुन्छन् । प्रजातन्त्रको सुन्दरता पनि त्यहि हो । त्यसैले आम नेता कार्यकर्ता सच्चिन जरुरी छ । वर्तमान राजनीति, पार्टी र सरकार दुवै सफल बनाउने गरि अघि बढ्नु पर्दछ ।

कांग्रेस निरन्तर सरकारमा थियो, जनताको पक्षमा केहि गरेन
भन्ने आरोप छदैछ, यस पटक त्यस्तो नहोला त ?

माथिका हरफमा पनि भनिसकेको छु कि, देशमा नेपाली काँग्रेस बिना कुनैपनि राजनीतिक आन्दोलन र परिवर्तन सम्भव भएको छैन । चारजना कम्युनिष्ट नेता प्रधानमन्त्री भए तर संविधान दिएनन्
दोस्रो संविधानसभाबाट संविधान ल्याउन समेत नेपाली काँग्रेस नै
चाहियो । अब समृद्धि शान्ति पनि काँग्रेसबाट मात्र सम्भव छ । हाम्रै
निती, विचार र कार्यक्रममा हिंडिरहेको कम्युनिष्टहरु रहेका छ । लोकतान्त्रिक धारमा ल्याउने काम कांग्रेसले नै गरेको हो । संसदीय व्यवस्था, समाजवाद, बहुलवाद र आर्थिक उदारवादको निती कांग्रेसकै हो । हरेक राजनीतिक परिवर्तनमा कांग्रेसको नेतृत्वमा भयो । दुई तिहाईको वाम सरकार असफल भयो । किनकि उनीहरुको विचार सिद्धान्त नै गलत भयो । जनवाद भन्ने तर जनताले दुई तिहाई दिंदा संसद नै विघटन गरे । त्यसैले नेपालका कम्युनिष्टहरुको रोडम्याप नै गलत रहेको छ । त्यसैले देश नै अनिर्णयको बन्दी बन्ने अवस्थामा कांग्रेसले नै देश सम्हाल्नु पर्यो । अहिले त्यहि अवस्थाले कांग्रेस नेतृत्वमा सरकार बनेको हो । कांग्रेस नै देशको समस्या समाधान गर्ने र सबैलाई लोकतान्त्रिक बनाउने पार्टी हो । अहिलेको सबै राजनीतिक घटनाक्रमको समाधान कांग्रेसले मात्र गर्नेछ ।


सम्बन्धित खवर

अन्तर्वार्ता