निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया बीच इन्गेजमेन्ट सम्पन्न


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ :  निर्देशक सुदर्शन थापाले मोडल तथा समाचारवाचिका सुप्रिया कटवालसँग टीकाटालो गरेका छन् । आजै जन्मदिन मनाइरहेका उनले जन्मदिनकै अवसर पारेर टीकाटालो गरेका हुन् ।

‘मेरो एउटा साथी छ’ बाट निर्देशनमा पाइला चालेका सुदर्शनले त्यसयता ‘धन्दा’, ‘मधुमास’, ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ आदि फिल्मको निर्देशन गरेका छन् ।

सयभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी सुप्रिया कटवाल भने पछिल्लो समय एपीवानमा समाचार वाचन गर्ने गर्थिन् । केही फिल्ममा सानोतिनो भूमिकामा देखिएकी सुप्रियाले ‘साढे सात’ शीर्षकको फिल्ममा भने महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् ।

दुवैको र्याडिसन होटलमा टीकाटालो कार्यक्रम भएको र सीमित आगन्तुकलाई मात्र बोलाइएको जानकारी छ । यो जोडीको विवाह यसै वर्ष हुने जनाइएको छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता