दाबीका साथ भन्छु, म जहाँ रहन्छु, त्यही टिमले जिल्ला सभापति जित्छ – गोपाल विश्वकर्मा, युवा नेता एवं अध्यक्ष, नेपाल तरुण दल , धादिङ


नेपाली काँग्रेसको १४  औं राष्ट्रिय महाअधिवेशनको सरगर्मी चलिरहेको छ । गाँउ / वडा /नगर र पालिका अधिवेशन सम्पन्न गरिसकेको कांग्रेसले अब प्रदेश सभा क्षेत्रिय अधिवेशन हुनेछ । एक महत्वपूर्ण चाडको रुपमा सम्पन्न हुने महाअधिवेशनले नयाँ नेतत्व चयन गर्दै पार्टीलाई चलायमान बनाउन महत्वपूर्ण भुमिका खेल्ने गर्दछ । त्यससँगै गुट एवं क्याम्प फेरवदल गर्ने, गुटउपगुट गर्ने क्रम पनि चलिरहेको छ । जुन अन्य पार्टीको पनि पुरानो रोग हो । यो महाअधिवेशनमा पनि यसबाट कांग्रेस अछुतो नहुने प्रष्ट देखिएको छ । त्यहि क्रममा धादिङ जिल्लामा पनि जिल्ला अधिवेशन हुंदै गर्दा क्याम्प परिवरतन गर्ने, गुटउपगुट गर्ने लगायत तीव्र ध्रुर्वीकरण भइरहेको छ । संस्थापन पक्षमा (शेरबहादुर देउवा) दिलमान पाख्रिन र भिम ढुङगाना लगायत रहेका छन् भने रामचन्द्र पौडेल पक्षमा पूर्वसभापति रामनाथ अधिकारी र वर्तमान सभाति रमेश धमला लगायतका नेताहरु खुलेर लागेका छन् । यसै अधिवेशनको विषयलाई लिएर नेपाली काँगे्रसका युवा नेता तथा नेपाल तरुण दल धादिङका अध्यक्ष गोपाल बिस्वकर्मासंग गरिएको कुराकानीको संक्षिप्त अंश यहाँ प्रस्तुत गरिएको छ ।

अधिवेशनमा तपाईको भुमिका के हो ?

नेपाल काँगे्रसको ४ औ अधिवेशन सुरु हुंदै गर्दा मुख्यतः म नेपाल तरुण दल धादिङको अध्यक्ष पनि भएको नाताले युवाहरुको सहभागितालाई बढाउंन मेरो भुमिका हुन्छ । जुन गाउँ नगर वडा अधिवेशन र नगर र पालिका अधिवेशनबाट युवा सहभागिता ह्वातै बढेकोबाट प्रमाणित भईसकेको छ । पार्टी भित्रको भुमिकाको कुरा गर्नुहुन्छ भने म भुमिका निर्वाह गर्ने ठाउँमा छैन । उत्पीडित र पिंधमा परेका समुदायलाई भुमिका दिनेबारेमा नेपालका कुनै पनि राजनीतिक दलमा एक रुपता छैन ।

त्यसो भए नेपाली काँगे्रसको १४ औं महाअधिवेशनले दिने सन्देश के हो ?

नेपाली कांग्रेस प्रजाताान्त्रिक तथा लोकतान्त्रिक पार्टी हो । त्यसैले पनि म जस्तो क्रान्तिकारी व्यक्ति पनि यस पार्टीमा लागेका हुं । तर पार्टी कस्तो भईदियो भने थेउरी मात्र सिकायो, प्राक्टिकल भएन । बोल्न, लेख्न पाउने स्वतन्त्रता भनिएको छ तर कमजोर, उत्पीडिन र पिंधमा परेका समुदायका आवाज सुनिदैन, नेतृत्व र भुमिका पनि दिइदैन, यो अतयन्त बिडम्वना बनेको छ । त्यसैको मार म लगायत आम उत्पीडित वर्गले भोगिरहेको छन ।

कांगे्रसभित्र लोकतान्त्रिक परिपार्टी छैन भन्न खोज्नु भएको हो ?

मैले माथिका हरफहरुमा पनि भनिसकेको छु कि थेउरी मात्र भयो प्राक्टिकल छैन । आन्दोलन ग¥यो, आन्दोलन नै दबाउने काम हुन्छ । कम्तीमा कुरा त सुन्नु प¥यो नि । एजेण्डा नै सुनिदैन, पका्रउ र धरपकट मात्र गरिन्छ । संविधानले गरिव तथा दलित समुदायलाई निशुल्क शिक्षा दिनुपर्छ भन्दा पार्टीभित्रकै केही सामन्तीहरुले सुन्दैसुन्दैनन् । जुन कुरा धादिङको हकमा भिम ढुङगानाहरु (नीलकण्ठ नगर प्रमुख) जस्ता सामन्तवादी प्रवृत्ति र भाडभैलो मच्याउन चाहनेहरुले पार्टीलाई अलोकतान्त्रिक बनाउने र पुरै अलोकतान्त्रिक बन्ने कुचेष्टा गरिराखेका छन । त्यसलाई भन्डाफोर गर्दै पार्टीलाई लोकतान्त्रिक परिपार्टीमा हिंडाउने हर ढंगले प्रयास गरिरहेको छु र गरिरहने छु ।

यस अधिवेशनमा तपाईको चाहना के हो ?

मेरो चाहनाले मात्र पार्टीमा केही हुने अवस्था छैन । हाम्रा मान्छेहरु नेतत्वमा छैनन्, लिने दिने ठाउँमा छैनन् । हामीलाई ठाउँ दिने र भुमिका दिने विषयमा सधैं सकिर्ण सोच राख्ने गरिएको छ । क्षमता हुनेहरुलाई केही सामन्ती प्रवृत्तिबोकेकाहरुबाट अन्य र हामीभित्रकै भिजिलान्ते लगाएर हामीलाई भुमिका विहिन बनाउने काम हुंदै आएको छ । जुन पार्टीको निती विपरित अत्यन्त अलोकत्रान्त्रिक काम हो र हुंदै आएको छ । यसलाई चिर्ने मेरो प्रयास रहेको छ, रहिरहने छ । त्यस बाहेक जिल्ला पार्टीले जुन भुमिकाको लागि मलाई उपर्युक्त ठान्छु त्यही नै मेरो चाहाना हो ।

पार्टीको अधिवेशन कस्तो होस भन्ने चाहनु भएको हो ?

पार्टीको बैचारिक र नितीगत पक्ष जुन रहेको छ त्यहि नेै हुनुपर्छ भन्ने हो । पार्टीको बैचारिक पक्ष र निती ठिक छ । तर पात्र र प्रवृति राम्रो भएन । समग्र समुदाय र गरिवहरुको भुमिका पार्टीमा हुनुपर्छ भन्दै निरन्तर, बोल्दै, लेख्दै र लड्दै आएको छु । खाली खस आर्यको मात्र वर्चस्व हुनुभएन । क्षमता हुंदाहुदै पनि उत्पीडित समुदाय भएकै आधारमा जुन भुमिका विहिन बनाउने गरिएको छ । त्यसको अन्त्य यो महाधिवेशनले गर्न सक्नु पर्छ । प्रजातन्त्र लोकतन्त्रको अलावा राजनीतिक, सामाजिक, आर्थिक, संस्कृति र सँस्कारका मुख्यतः उत्पीडित समुदायले सङघर्ष गर्नुपर्छ भनेर म पार्टीमा लामो समयदेखि लडिरहेको छु । त्यही आवाज उठाउँदा मलाई छुद्र भयो, बोल्छ भन्ने आरोप लाग्दै आएको छ । म छुद्र हुंदैहोईन । व्यक्तिगत रुपमा कसैसंग मेरो पुर्वाग्रह छैन । त्यस्ता आरोप अलोकतान्त्रिक र उत्पीडित बर्गहरुको क्षमता हुंदा हुदै पनि जुन भुमिका विहिन गर्ने कोसिस गर्नेहरुले लगाउने आरोप हुन् । म त्यसको कडा रुपमा भन्डाफोर गर्दै आएको छु र गरिरहने छु ।

तपाईले पनि क्याम्प परिवर्तन गर्नुभएको हो ?

म नेपाली कांग्रेस हुं र रहिरहने छु । पार्टीमा भाडभैलो मच्चाउने, पार्टीको वैचारिक र निती विपरित भीम ढुगानाहरु (नीलकण्ठ नगर प्रमुख) हिंड्नु भयो । लामो समय उहांसंग हिंडियो, व्यक्तिगत र राजनीतिक रुपमा । तर उहाँ सञ्चिनु भएन, महासामन्ती बन्नु भयो । पार्टीको नितीगत र वैचारिक पक्ष विपरित भाडभैलो मात्र मच्चाउने भयो । जसबाट पार्टी संगठन र नेता कार्यकर्ता रुष्ट भएको अवस्थामा म उहाँसंग रहने कुरै भएन नि ।

पूर्वसभापति रामनाथ अधिकारीलाई पनि यस्तै आरोप लगाउनु हुन्थ्यो नि ?

मेरो व्यक्तिगत रुपमा कसैसंग आग्रह पूर्वाग्रह हिजो, आज र भाली पनि कसैसंग हुनेछैन । मैलै त पार्टी विधि, निती, प्रक्रिया र वैचारिक ढंगबाट चल्नुपर्छ भन्दै निरन्तर बोल्दै आएको छु । यस विरुद्घ चल्न खोज्ने जो कसैसंग मेरो वैचारिक संघर्ष हुन्छ र रहिरहने छ ।

तपाई लाग्नू भएको टिमले धादिङ जिल्ला सभापति जित्छ त ?

म जुन टिममा रहन्छु, त्यही टिमले जिल्ला सभापति जित्छ । गाउँ नगर वडाबाट प्रतिनिधि राम्रैसंग निर्वाचित भएर आउनु भएको छ । त्यसैले म दावीका साथ भन्छु, म जुन टिममा रहन्छु त्यही टिमले जित्छ र जिताईन्छ । जहाँ युवाहरुको भूमिका पनि महत्त्वपूर्ण हुन्छ ।


सम्बन्धित खवर