लोक स्वरसम्राट राजु परियार सम्मानित


काठमाडौं । लोक स्वरसम्राटको उपाधिले हालै सम्मानित सुप्रसिद्ध लोकगायक राजु परियारलाई कला संगत नेपालले सम्मान गरेको छ ।

गायक परियारका अलावा उक्त कार्यक्रममा क्रेजी म्युजिक हबद्वारा कलाकार तथा व्यवसायी शान्ती गौतम , बरिष्ठ म्युजिक भिडियो प्राविधिक भरत गोर्खाली र सामाजिक अभियन्ता रनवीर लावतीलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुलाई पूर्वसांसद हरिचरण शाह , नेपाली जनता दलका वरिष्ठ उपाध्यक्ष रघु परियार , नेकपा एमालेका नेता बुद्धिमान परियार , क्रेजी म्युजिक हबका अध्यक्ष गोबिन्द घिमिरे लगायत अतिथिहरूले खादा ओढाएर सम्मान पत्र द्वारा सम्मान गर्नुभएको थियो ।


सम्बन्धित खवर

अन्तर्वार्ता