नेपाली जनता दलको रौतहट इन्चार्जमा ललन यादव चयन


काठमाडौ । नेपाली जनता दलले रौतहट जिल्ला इन्चार्जमा युवा नेता ललन यादवलाई जिम्मेवारी दिएको छ । केही समयको संकमणकालीन स्थितिलाई ध्यानमा राख्दै यादवलाई सर्लाही जिल्लाको समेत थप जिम्मेवारी दिइएको छ ।

शुक्रबार पार्टीको अनामनगर स्थित पार्टी कार्यालयमा गरिएको कार्यक्रममा बोल्दै पार्टीका राष्ट्रिय अध्यक्ष सभासद हरिचरण शाहले युवा नेता ललन यादवको सक्रियताले रौतहट र सर्लाहीमा नेपाली जनता दलले फेरि नयाँ उचाईं प्राप्त गर्ने बताउनुभयो ।

सोही अवसरमा पार्टीका बरिष्ठ उपाध्यक्ष रघु परियारले राजनीतिक नेतृत्त्वमा युवा पिंढी उत्साहित भएर आउनु पर्नेमा जोड दिंदै नेपाली जनता दलको बैचारिक प्रशिक्षण मार्फत् युवा शक्तिलाई राजनीतिक नेतृत्वको मूलद्वारमा स्थापित गर्ने अभियानमा जुट्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संगठन विभाग प्रमुख याम बहादुर जिसी , सचिव शिवराज गौतम र तेजनारायण चौधरी , सांस्कृतिक विभाग प्रमुख कर्ण राई लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।


सम्बन्धित खवर

अन्तर्वार्ता