लोकप्रिय नेता श्याम खड्कालाई सबैको साथ


काठमाडौ । काँग्रेसका हाइकमाण्डका धेरैजसो नेताहरुको बसोबास रहेको काठमाडौ क्षेत्र नम्बर ५ मा धेरैको नजर परिरहेको छ । क्षेत्र नं ५ को क्षेत्रीय सभापतिको लागि लोकप्रिय युवानेता एवं महासमिती सदस्य श्याम खड्काले यस अघि नै उम्मेद्बारी प्रस्तुत गरिसकेका छन ।

आज खड्काले आफ्नो क्षेत्रका नेता कार्यकर्ताको लागि चियापान तथा भेट्घाट कार्यक्रम आयोजना गरेका थिए । नेता कार्यकर्ताको व्यापक सहभागितामा सम्पन्न उक्त कार्यक्रममा सबैजसो सहभागीले खड्कालाई साथ, सहयोग र समर्थन गर्ने घोषणा गरेका छन ।

क्षेत्र नं ५ का कांग्रेसका सबै निर्णायक नेता एवं कार्यकर्ताहरुको उपस्थितिमा खड्काले केही समय अघि नै क्षेत्रीय सभापतिमा उम्मेद्वारी घोषणपछि कार्यकर्तामा खुशियाली छाइरहेको छ भने काँग्रेस बलियो भएको हेर्न चाहने पुराना पुस्ताका नेताहरुपनी उत्साहित बनिरहेका छन ।

काँग्रेसको बलियो गढ रहेको क्षेत्र नं ५ पछिल्लो समय साँगठानिक हिसाबले क्षतबिक्षत जस्तै भएको छ । स्थानिय एवं केन्द्रिय निर्वाचनमा पनि लज्जास्पद हार ब्यहोर्नुपरेको थियो ।

श्याम खड्का कार्यकर्तामाझ लोकप्रिय नेता हुन । जुझारु युवा नेता, कुशल संगठक, बिकासप्रेमी नेता अनि सबैका सुखदुखका साथिको रुपमा परिचित खड्का काँग्रेसका एकजना राम्रो सम्भावना बोकेका पात्र हुन । आम जनता, कार्यकर्ताको पंक्तिदेखी पार्टिको नेतृत्वतहसम्म राम्रो पहुंच र हैसियत भएका थोरै नेताभित्र पर्छन श्याम खड्का ।


सम्बन्धित खवर

अन्तर्वार्ता