आमिर खान र करिना कपुर अभिनित नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ नयाँ वर्षमा


आमिर खान र करिना कपुर अभिनित नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ नयाँ वर्षमा रिलिज हुने भएको छ ।

फिल्मको रिलिज मिति १४ अप्रिल २०२२ तोकिएको छ । अभिनेत्री करिनाले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा जानकारी दिएकी हुन् ।

‘तपाईँहरुका साथ फिल्मको नयाँ रिलिज डेट र पोष्टर सार्वजनिक गर्दा निकै खुसी लागेको छ’ पोष्टर सार्वजनिक गर्दै करिनाले लेखेकी छन् ।

अद्वैत चन्दनको निर्देशन रहेको फिल्म यस अगाडि क्रिसमसको अवसरमा रिलिज गर्ने बताइएको थियो ।

तर अहिले फिल्मको रिलिज मिति परिवर्तन गरिएको छ । यसै फिल्म मार्फत तेलुगू स्टार नागा चैतन्य बलिउड डेब्यु गर्दैछन् । फिल्ममा मोहना सिंह पनि एक महत्वपुर्ण भूमिकामा देखिँदैछिन् ।


सम्बन्धित खवर

अन्तर्वार्ता