विर्तामोडकी डिम्पल मिस ग्राण्ड नेपाल २०२१ को उत्कृष्ट १५ मा


झापा ।  झापा जिल्ला अर्जुनधारा  नगरपालिका वडा न २ विर्तामोड चारपाने घर भएकी डिम्पल खरेल मिस ग्राण्ड नेपाल २०२१ को उत्कृष्ट १५ मा परेकी छन । काठमाडौको ठमेल स्थित होटल नेपालयमा संचालन भईरहेको मिस ग्राण्ड नेपाल २०२१ को प्रतियोगिता मा झापाकी सुन्दरी मोडल खरेल उत्कृष्ट १५ मा परेकी हुन । छोटो समयमा निकै चर्चामा रहेकी मोडेल खरेलले छिमेकी देश भारतमा पनि यस्ता थुप्रै बिउटी प्याजेन्टहरुमा भाग लिएर सफलता हासिल गरेकी थिइन।

खरेलले मोडलिङ क्षेत्रमा सानैदेखि आफ्नो रुची रहेको र यही क्षेत्रमा केही गर्ने उद्देश्य राखेको बताउँछिन् । उनिमा गायन , कविता वाचन , लेखन , नाटक कलाकारितामा भिज्ने अनुभव छ । उनले मिस ग्राण्ड नेपाल २०२१ को ताज उचाल्न सकेमा मोडेलिङ क्षेत्रमा आफुले सहयोग गर्ने र दुखी अनाथ बालबालिकालाई सहयोग गर्न वचन पनि दिएकी छिन् ।

मिस ग्राण्ड नेपालको ताज पहिरनका लागि संघर्ष गरिरहेकी खरेलले अन्य १४ जनासँग भिडनुपर्ने देखिन्छ । ‘ताज पहिरनु सजिलो छैन विभिन्न स्टेपमा विभिन्न अङक बटुल्दै जानू पर्ने हुन्छ । सबै राउन्डमा फरक फरक नम्बर हुने गर्छन र अन्तमा जोडदा जस्को धेरै नम्बर आउँछ उसले नै मिस ग्राण्ड नेपाल २०२१ को ताज पहिरिन्छ ’, खरेल बताउँछिन् ।  खरेलले आफुलाई विजेता बनाउनका लागि भोट गर्न सबैसँग आग्रह गरेकी छिन् ।


सम्बन्धित खवर

अन्तर्वार्ता