काँग्रेस धादिङको सभापतिमा अधिकारी कि ढुंगाना ?


१० मंसिर,धादिङ । नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाअधिवेशनको सरगर्मी चलिरहेकै छ । गाँउ नगर वडा र नगर, पालिका अधिवेशन र प्रदेश सभा क्षेत्रिय अधिवेशन सम्पन्न गरिसकेको कांग्रेस जिल्ला अधिवेशनमा होमिएको छ । एक महत्वपूर्ण चाडको रुपमा सम्पन्न हुने महाअधिवेशनले नयाँ नेतत्व चयन गर्दै पार्टीलाई चलायमान बनाउन महत्वपूर्ण भुमिका खेल्ने गर्दछ । महाधिवेशनमा क्याम्प फेरवदल गर्ने, गुटउपगुट गर्ने कांग्रेस लगायत अन्य पार्टीको पनि पुरानो रोग हो । त्यहि क्रममा धादिङ जिल्लामा पनि जिल्ला अधिवेशन हुंदै गर्दा क्याम्प परिवरतन गर्ने, गुटउपगुट गर्ने लगायत तीव्र ध्रुर्वीकरण भएको छ । संस्थापन पक्षमा (शेरबहादुर देउवा) डिलमान पाख्रिन र भिम ढुङगाना लगायत रहेका छन् भने रामचन्द्र पौडेल पक्षमा पूर्वसभापति रामनाथ अधिकारी र वर्तमान सभाति रमेश धमला लगायतका नेताहरु खुलेर लागेका छन् । र अहिलेसम्म भएको जिल्ला अधिवेशनहरुमा अधिकारी र धमला खेमा बलियो देखिएको छ ।

नेपाली कांग्रेस प्रजाताान्त्रिक तथा लोकतान्त्रिक पार्टी हो । वैचारिक, लेख्न र बोल्न पाउने स्वतन्त्रता रहेको छ । जसका लागि नेपाली कांग्रेस लामो समयदेखि लड्दै आएको छ । जुन पार्टीको निती विपरित अत्यन्त अलोकत्रान्त्रिक काम गर्ने जिल्ला पार्टीका नेताहरुमा नभएको होईन जुन समुह अहिले कमजोर अवस्थामा रहेको छ । पार्टीको बैचारिक र नितीगत पक्ष जुन रहेको छ त्यो ठिक छ । तर पात्र र प्रवृति राम्रो भएन । त्यो प्रवृत्ति जिल्लाको राजनीतिमा पनि रहेको छ ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज धादिङको जिल्ला अधिवेशन हुन लागेको छ । जिल्ला अधिवेशनलाई लिएर विभिन्न अड्कलबाजी हुन थालेका छन् । जिल्लाको सभापति को हुने भन्ने विषय यतिखेर चर्चा हुने गरेको छ । राजधानीबाट नजिकको जिल्ला भएको हुनाले पनि चर्चा हुनु स्वाभाविक रहेको छ । प्यानलनै बनाएर अधिवेशनमा होमिएको काँग्रेस जिल्ला नेतृत्वका लागि दुवै समुह गृहकार्य गरिरहेको छ ।

नगर प्रमुख समेत रहनु भएका भिमप्रसाद ढुंगाना र पुर्व सभापति रामनाथ अधिकारी बीच प्रतिस्पर्धा हुनेछ । हिजोका दिनमा एनजिओ मार्फत गरिएको काम र आज मेयरको रुपमा गएिको कामलाई लिएर विकासप्रेमी नेता भनेर अमुर्त बकवासपूर्ण ट्याग दिईएका ढुंगाना र लामो समय पार्टीको नेतृत्व गरिसकेका र साँञ्चै संगठक र कुटिल राजनीति गर्न सिपालु अधिकारी बीचको प्रतिस्पर्धालाई महत्वको साथ हेरिएको छ । जिल्ला अधिवेशनबाट अधिकांश पदमा जित्न सफल रामनाथ अधिकारी पक्ष सभापतिमा पनि जित हुने प्रष्ट देखिन्छ ।

यता एउटा सानो समूहमा रमाउने ढुंगाना, पुस्ता हस्तान्तणको मुद्वा बोकेको भए पनि उनको नेतृत्व कमजोर हुने र रहने प्रतिनिधिहरुले खुलेआम भन्ने गरेका छन् । सधैँ एउटै व्यक्ति मात्र पदमा बसीरहने परिपाटीलाई अन्त्य गरि नयाँलाई अवसर दिनुपर्ने भनेर मिठा नारा र सहानुभूति बटुल्न खोजेको भएपनि त्यसले कार्यकर्ता मन छोएन । रामनाथ अधिकारी जो कुनै परिवारिक लिगेसी बिनै राजनीतिमा आएका व्यक्तित्व हुन् । मध्यम वर्गीय परिवारमा जन्मे हुर्केर राजनीतिमा उदाएका असल र सक्षम नेता हुन् । उनी कुनै सामन्ती परिवारबाट आएका होईनन्, जरैदेखि आफ्नै बल बुत्ताबाट उदाएका र प्रजातन्त्र र समाजवादलाई राम्रोसंग बुझेका उनी कुशल संगठक समेत हुन् । उनी कहिल्यै पैसा र अवसरको पछि लागेनन्, सधै संगठनको काम खटिरहे, उनी पैसा कमाएर राजनीतिमा आएका व्यक्तित्व हुन् । द्धन्द्धको समयमा ज्यानको प्रवाह नराखी कार्यकर्ता र पार्टी राजनीतिमा लागे । त्यसैले पनि उनले सोचे जसरी काम गर्न सकेनन् होला । त्यसैले पनि अब एक पटकका लागि उनकै नेतृत्व आवश्यक छ, प्रतिनिधिहरुले भन्दै आएका छन् ।
संधै जनता माझ भेटिने रामनाथ अधिकारी धादिङमा संगठन गर्ने, कार्यकर्ता र जनताको काम गर्ने नेताको रुपमा ख्याती कमाउंदै आएका छन् । आज हुने जिल्ला अधिवेशनमा सभापति सहित विभिन्न पदमा निर्वाचन हुंदैछ । अधिवेशनबाट सभापति एक जना, उप–सभापति दुई जना, सचिव दुई जना, सह–सचिव दुई जना, जिल्ला कार्यसमिति सदस्य निर्वाचित हुनुको साथै विभिन्न कोटा अन्तर्गत जातीय, अपाङ्ख, इत्यादि आरक्षणमा पनि निर्वाचित हुने नेपाली काँग्रेस धादिङले जनाएको छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता