युवा नेता गोपाल बिश्वकर्मा द्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी


धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्दै सामाजिक तथा राजनीति दुबै  क्षेत्रमा आशाको किरण बोकेर देश र जनताको लागि केही गरौं भन्दै सदैव क्रियाशील रहनु भएका गोपाल विश्वकर्माले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएसँगै उनले चुनावी तयारी र प्रचारलाई तिव्र बनाएका छन्।

नेपाली कांग्रेस धादिङका चचित नेता विश्वकर्मा नाम कमाएका सादगी नेता हुन् । पार्टीको निती विचार र सिद्धान्त राम्ररी बुझेका र व्याख्या गर्न सक्ने खुवी भएका उनी एक पार्टीका लागि नभई नहुने असल नेता हुन् । धादिङ कांग्रेसको संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका उनी पार्टीमा सधैं पछाडि पारिएका नेता हुन् । तैपनि उनी दग्मगाएनन् निरन्तर रुपमा पार्टीको नीति सिद्धान्तमा हिंडिरहे, कहिकतै विचलित भएनन् ।
नेपाल तरुण दल धादिङको अध्यक्ष समेत रहेका उनी युवाहरुको उर्जाशील साथ र आफुले हालसम्म संगठनको निमित्त गरेको कामले गर्दा आफु निर्वाचित हुनेमा विश्वस्त रहेको सुनाए ।

लामो समय राजनीतिमा सक्रिय उनी पार्टीमा महत्वपूर्ण भूमिका खेल्दै आएको भए पनि अवसरबाट सधैं वञ्चित हुँदै आएको भएपनि उनी संधै पार्टीको हित, संगठन र युवा बीच संधै सक्रिय भूमिका खेल्दै आए ।
दलित आरक्षणबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनले अब नेपाली राजनीतिमा युवाहरुको महत्वपूर्ण भूमिका र जोड हुनुपर्ने र पहिलो पुस्ताका नेताहरुबाट जनताले आशा गरे जस्तो प्रतिफल आउन नसकेको भन्दै अब युवाहरु एकजुट भएर देश अघि बढाउनु पर्ने उनको तर्क रहेको छ ।


उनले अब सक्रिय रुपमा केन्द्रीय राजनीतिमा लाग्ने भन्दै देश परिवर्तनको निम्ती हातेमालो गर्ने संकल्प लिएको बताउँदै आफु केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको र सम्पूर्ण मतदाताहरुलाई मतदान गरेर साथ दिन आग्रह गरेका छन्।

देश विकासको मुख्य हात राजनीतिक दलहरुमा हुन्छ र राजनीतिक दलहरूमा उर्जावान नेतृत्व चहिन्छ उनले भने । त्यसको निम्ती सदैव मेरो पहरेदारी हुन्छ । देश हाँक्न अब कांग्रेसमा युवाको नेतृत्व हुनुपर्छ । उनले पार्टीमा युवाहरुको सक्रियताको आवाज अझै बलियो तरिकाले उठाउँदै जाने भन्दै आगामी दिनमा पार्टीको केन्द्रीय समितिमा कस्सिएर काम गर्ने उनको अठोट रहेको छ ।

महाधिवेशनबाट नेतृत्वमा आउनुहुने आदणीय नेतृत्ववर्गबाट समग्र नेपाली जनताको सुशासन, शान्त र सवृद्धिको प्रत्याभुती हुनेगरी निती तथा कार्यक्रम सहित आगामी कार्यदिसा निर्धारण गर्नेछ भन्ने विस्वास लिएको छु । साथै नेपालको संविधानले नेपाली जनतालाई प्रदान गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातीक समावेशीता र धर्म निरपेक्षता, विभिन्न वर्ग समुदायलाई दिइएको मौलिक हकहरु समेत कार्यान्वयन गर्न यस महाधिवेशनले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विस्वास लिएको छु, उनले भने ।


सम्बन्धित खवर

अन्तर्वार्ता