नेकपा सम्वद्ध युवा संगठन नेपाल रसुवाको प्रथम जिल्ला भेला भब्यरूपमा सम्पन्न


नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल रसुवाको प्रथम जिल्ला भेला भब्यरूपमा सम्पन्न भएको छ।

नेकपा का केन्द्रिय सदस्य एवं रसुवा, नुवाकोट इन्चार्ज विन्दुको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलाले १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

उक्त भेलामा प्रमुख अतिथि विन्दुले दलाल संसदीय व्यवस्था अब धेरै दिन टिक्न नसके भन्दै वैज्ञानिक समाजवादको स्थापना अपरिहार्य रहेको बताउनु भयो । आम युवाहरुको मुक्तिका लागि अझै सशक्त संघर्ष गर्नु पर्ने जोड दिनु भयो ।

सो भेलामा नेकपा रसुवाका सेक्रेटरी विराजले एकीकृत जनक्रान्ति आजका युवाहरुको मुक्ति संघर्ष भएको धारणा राख्दै अहिले गाउँ गाउँमा युवाहरु कुलतमा फसेकोमा चिन्ता व्यक्त गर्दै सबै युवाहरु सचेत रहनु पर्ने विचार राख्नु भयो । युवा संगठन नेपालका बागमती प्रदेश इन्चार्ज सुमनले युवाहरु त्याग बलिदान र अनुशासनको प्रतीक भएकाले सधै सफल हुने बताउनु भयो । युवाहरु समाजका कुरितिका विरुद्ध सशक्त संघर्ष गर्न लाग्नुपर्ने बताउनु भयो । सो कार्यक्रममा कालिका मा.वि का सहायक प्रधान अध्यापक केशव डंगोलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उक्त भेलाले सन्तोष बोगटीको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन गरिएको छ । जसमाअध्यक्ष सन्तोष बोगटी ,उपाध्यक्ष अम्मर तामाङ ,सचिव प्रकाश मगर ,सह सचिव आकास तामाङ ,सदस्यहरु शक्तिमान तामाङ अजय लामा, निमेष मगर सन्तोष घले ,रोशन मगर, प्रदिप लामा ,प्रेम तामाङ, राम तामाङ रहेका छन ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मेगेन्द्रले नव निर्वाचित टिमलाई बधाई मन्तव्य राख्नु भयो । सो भेलाको अध्यक्षता युवा संगठन नेपालको केन्द्रिय सदस्य तथा रसुवा इन्चार्ज क.जीवन तामाङले गर्नु भएको थियोे भने कार्यक्रम संचालन सन्तोष बोगटीले गर्नु भएको थीयो ।


सम्बन्धित खवर

अन्तर्वार्ता