नेपालमा नै इलेक्ट्रीक मोटरसाइकल उत्पादन


काठमाडौं । नेपालमा नै मोटरसाइकल तथा स्कुटर उत्पादनमा कसिएको कम्पनी यात्रीले इलेक्ट्रीक स्कुटर उत्पादन गर्ने भएको छ । कम्पनीले उत्पादन गर्ने इलेक्ट्रीक स्कुटरको नाम ‘पी-२’ राख्ने जनाएको छ ।

नेपालमा नै इलेक्ट्रीक मोटरसाइकल उत्पादनको लागि खुलेको कम्पनी यात्रीले हालसम्म दुई मोडलको मोटरसाइकल तयार गरेको छ । जसमा एक मोडल लिमिटेड एडिशन रहेको छ भने, अर्को मोडल मास प्रोडक्सनमा रहने छ ।

यात्रीले तयार पारेको लिमिटेड एडिशन पी-० हो भने, मास मार्केट मोडल पी-१ हो । यात्रीले पी-१ लाई आगामी जनवरी दोस्रो हप्ताबाट विक्री सुरु गर्ने तयारी गरिरहेको छ । त्यसको लागि आवश्यक शोरुम लगायतका पूर्वाधार तयार भएको कम्पनीले जनाएको छ ।

कम्पनीले निर्माण गर्ने तयारी गरेको पहिलो इलेक्ट्रीक स्कुटरको नाम पी-२ हुनेछ । यात्रीको पहिलो इलेक्ट्रीक स्कुटर २०२३ मा सार्वजनिक हुनेछ । यात्रीले पी-२ लाई नेपालकै पहिलो स्मार्ट इलेक्ट्रीक स्कुटरको रुपमा विकास गर्ने आफ्नो भिजनमा उल्लेख गरेको छ ।

यात्रीले व्यवसायीक सुरुवात २०२२ को सुरुबाट गर्ने भएको छ । कम्पनीले २०२२ को जनवरीबाट यात्री पी-१ को आधिकारि विक्री सुरु गर्ने भएको हो । कम्पनीले हाल पी-१ को बुकिङ लिदैँ आएको छ । ग्राहकले यात्रीको आधिकारिक वेवसाइटमार्फत यात्री पी-१ बुकिङ गर्न सक्नेछन् । ग्राहकले यात्री पी-१ मा आफुलाई चाहिने फिचरहरुसमेत थप गरेको मोटरसाइकल खरिद गर्न सक्नेछन्

यात्री पी १ को मूल्य ४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यात्री पी-२ इलेक्ट्रीक स्कुटर भने ३ लाखभन्दा कम मूल्यको हुने अनुमान गर्न सकिन्छ । यात्रीले आफ्नो भिजनमा पी-२ लाई सबै नेपालीको पहुँचमा पुर्याउने उल्लेख गरेको छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता