नेपाली जनता दलको सर्लाही जिल्ला सम्पर्क कार्यालय उद्घाटन


सर्लाही / नेपाली जनता दलको सर्लाही जिल्ला सम्पर्क कार्यालय मलङ्गवामा उद्‌घाटन गरिएको छ । दलको राष्ट्रिय अध्यक्ष पूर्वसांसद हरिचरण शाहले कार्यालय उद्घाटन गर्नु हुँदै सर्लाही जिल्लाले  नेपाली जनता दलको पुरानो शाख फर्काउने बताउनु भयो ।

२०५१ सालमा संघीयता ,गणतन्त्र, धर्मनिरपेक्षताको मुद्द लिएर स्थापना भएको नेपाली जनता दलले संविधान सभामा खेलेको भूमिका कोट्याउदै अध्यक्ष शाहले अबको निर्वाचनमा नेपाली जनताले आफ्नो विवेकको मत खेर जान नदिन आग्रह गर्नुभयो । ठूला भनिएका दलहरू राज्य संचालनमा फेलिएर भइसकेको शाहको तर्क थियो ।

सर्लाही जिल्ला संयोजक युवानेता लल्लन यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।


सम्बन्धित खवर

अन्तर्वार्ता