माओवादी केन्द्रीय सदस्यहरुले लिए सपथ -पदाधिकारीबारे छलफल नै नगरी बैठक स्थगित


काठमाडौं: माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति सदस्यहरूको सपथ ग्रहण संगै पहिलो बैठक सकिएको छ।

बैठकले अध्यक्षको टुंगो लगाए पनि पदाधिकारीको विषयमा छलफल नै नगरी स्थगित भएको छ। अर्को बैठक पुस २५ गतेलाई डाकिएको केन्द्रीय सदस्य इन्द्रजीत थारुले जानकारी दिए।

उनका अनुसार आजको नवनिर्वाचित केन्द्रीय सदस्यहरुको शपथ लगत्तै बैठक बसेको र बैठकले अध्यक्षमा पुष्पक कमल दाहाल प्रचण्डलाई चयन गरेको थियो।

‘शपथ ग्रहणपछि बसेको आजको बैठकले अध्यक्षमा प्रचण्डलाई चयन निर्विरोध चयन गरेको छ। पदाधिकारीको विषयमा भने छलफल भएन। अर्को बैठक पुस २५ गतेलाई बोलाइएको छ,’ थारुले  भने।


सम्बन्धित खवर

अन्तर्वार्ता