राष्ट्रिय सभामा एमाले पराजित हुनसक्ने ओलीको भनाइ


काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिसभा निर्वाचनमा नतिजा आफ्नो पार्टी अनुकूल आउन नसक्ने बताएका छन् । जिल्ला अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उनले भने, ‘राष्ट्रियसभा निर्वाचनमा नतिजा प्रतिकुल आउन सक्छ । त्यो यथार्थ जनमत होइन । आजको जनमत पनि होइन । यो जनमत दुरुपयोग गरेर पैदा गरिएको अवस्था हो । अहिले पनि हामी अरु पार्टीभन्दा मजवुत छौं। यो गठबन्धन प्रतिगामी गठबन्धन हो ।’’

उनले व्यवधानहरुलाई पञ्छाउँदै अगाडि बढ्नुपर्ने बताए। उनले भने, ‘एमाले यस्तो पार्टी हो । जसले राष्ट्रिय आकांक्षालाई आफ्नो गन्तव्य मनाएको छ । सुखका आधारसहितको समृद्धि चाहने पार्टी हो नेपाल । महान कार्यमा व्यवधान आउँछन् । व्यवधानहरुलाई पञ्छाउँदै हामी अगाडि बढ्नुपर्छ ।’

राष्ट्रियसभा निर्वाचन आगामी माघ १२ गते हुँदैछ


सम्बन्धित खवर

अन्तर्वार्ता