गीतकार रश्मी मैनालीको पहिलो गीति एल्बम नयन बिमोचन


काठमाडौँ  ;२५ पुस । गीतकार रश्मी मैनालीको गीति एल्बम “नयन” विमोचन सम्पन्न भएको छ । चाबहिल स्थित नेपाल चलचित्र बिकास बोर्डको हलमा आयोजित कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको उपस्थिति थियो भने विशेष अथितिमा निर्देशक तुलसी घिमिरे , चलचित्र निर्माता तथा साहित्यकार रघु परियार ,राष्ट्रिय जनकलाकार हिरालाल भुजेल ( गोबिन्द ) , सामाजिक अभियन्ता तथा साहित्यकार पुण्य प्रसाद प्रसाई लगाएतको उपस्थिति थियो ।

saajhaonline

कार्यक्रममा  बोल्दै विशेष अथिति तुलसी घिमिरेले गीतको भिडियोमा  भएको कमि कमजोरी लाई औल्याउदै सुभकामना  दिनु भएको थियो भने प्रमुख अथितिले पनि आगामी दिनमा  सफलताको  सुभकामना  ब्यक्त गर्नु भएको थियो |
saajhaonline
गीतमा शब्द रश्मी मैनालीको रहेको छ भने संगीत दिपक पाठकको रहेको छ | त्यस्तै  गायक  गायिकाहरुमा संगीतकार स्वयं दिपक पाठक , सुनिता थेगिम, गायक तथा संगीतकार कमल भट्टराई र अन्जु पन्त रहनु भएको छ | भिडियोको निर्देशन सुन्दर खड्का र शीवराज गौतमले  भएको छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता