काठमाडौं । नेपाल समाजवादी कांग्रेसले प्रजातन्त्र स्थापनाको ७२ औं स्मृति समारोह कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष गोविन्द निरौलाले नेपालमा प्रजातन्त्र नआईसकेको र वर्तमान व्यवस्था नै विभेदित र असवैधानिक भएको भन्दै शासक वर्गको चर्को आलोचना गरे । २००७ सालमा प्रजातन्त्र आएको होईन, घोषणा मात्र गरिएको बताए । राणा शासनलाई शक्ति घटाई शाह वंशीय राजाको शक्ति बढाउने र तेस्रो शक्तिको रुपमा विपी कोईरालालाई स्थापित गराउने काम भारतले ग¥यो । त्यसको बदला कोसी र गण्डक सम्झौता गरे । महाकाली भारत र चीन मिलेर खाए । नेपालमा राजसंस्था २०८५ सालमै गएको भन्दै देश बचाउन आफुहरुले राजसंस्थाको एजेण्डा बोकेको बताए । तर हिजोका दिनमा पालेका मण्डले र अवसरवादीहरुबाट राजसंस्था आउँदैन, यो भ्रममा नपरौं निरौलाले बताए । देशमा प्रजातान्त्रिक शासन छैन, निरंकुश अधिनायकवादी शासन चलाउँदै आएका छन् । देशमा अहिले चुनाव घोषणा गरिएको छ । हामी संविधान वहिष्कार गर्दै आएको हुनाले यो व्यवस्थामा हुने चुनावमा भाग लिदैनौ । अहिले यो गलत व्यवस्थालाई संस्थागत गर्ने र पैसाको बार्गेनिङ गर्न गरिएको चुनावको कुनै अर्थ छैन ।
अहिले देशलाई टुक्रा टुक्रामा विभक्त गरिएको छ । विभिन्न देश हित विपरितका सम्झौत गरिएका जुन सम्झौताले देशमा खतरा बढिरहेको छ । एमसिसि, बिआरआई, बिप्पा जस्ता सम्झौता देश हितमा छ भने मात्र पारित गरौं नत्र आवश्यक छैन । हामी ति देशहरुको संरक्षर गर्दै आएका छौं, त्यसैले हामीलाई कमजोर नठानियोस । हामी सशक्त अवस्थामा उभिन सक्छौ, किनकि हाम्रो देश सार्वभौम मुलुक भएको हुनाले हामी कसैसंग झुक्दैनौ । हामी मित्र राष्ट्र र छिमेकी हटाउन सकिदैन, मिश्रत सम्वन्ध कायम गर्न चाहन्छौं । अहिले एमसिसिलाई लिएर जुन सडक आन्दोलन भईरहेको छ त्यो राष्ट्रविरोधी र बार्गेनिङ मात्र हो । हामी हस्तक्षेप सहदैनौ, सिमाको रक्षा गर्न चाहन्छौ । यदि राष्ट्र बचाउने हो भने राष्ट्रिय एकता तुरुन्त आवश्यक भईसकेको छ । प्रजातन्त्र नेपालको माटो सुहाउँदो र आत्मा सम्मान सहितको हुनुपर्छ ।
पार्टी सचिव मान बहादुर गुरुङले आजको प्रजातन्त्र दिवस नभई स्मृति दिवस नै हो भने । साथै नेपाल समाजवादी कांग्रेससंग यो राज्य थर्किसकेको भन्दै अब आत्माशरण लिन मात्र बाँकी रहेको सुनाए ।
राष्टियता, प्रजातन्त्र, हिन्दुराज्य र राजसंस्थाको मुद्धा अघि सारेर राष्टिय नागरिक आन्दोलन घोषणा गरेर अघि बढिरहेको नेपाल समाजवादी कांग्रेसले वर्तमान शासक वर्गहरु हत्या, अपहरण, बलात्कार, कुसाशनको संरक्षक बनेको र राज्यसत्ता चलाउन समेत असफल भएको भन्दै निरन्तर आवाज उठाउदै आएको छ । भ्रष्टाचार बढको, संघीयतामा लगेर देशलाई विघटनको बाटोमा लगेको, वर्तमान संविधान असंवैधानिक र विभेदित रहेको र देशको प्रधानमन्त्री अदालतको परमादेशबाट ताकिनु प्रजातन्त्रको नाममा निरंकुशताको जन्म भएकोले नागरिक प्रजातन्त्रको स्थापना गर्न आवश्यक भएको पार्टी अध्यक्ष गोविन्द निरौला प्रष्ट रुपमा बताउँछन् । संघीयता र धर्मनिरपेक्षताको खारेजी नभए देश नबच्ने भन्दै निरौलाले सामाजिक संरचना महत्व स्थापित गर्न पनि परिवर्तन आवश्यक भएको कुरा औंल्याए ।
यस राज्य सत्ता खारेज गरि नेपाल समाजवादी कांग्रेस सहितको राष्टिय सरकार गठन गरि राष्टिय सहमति गरि नयाँ संविधान जारी गरि देशलाई चुनावको बाटोमा लैजानुपर्छ । त्यसरी मात्र देश प्रजातन्त्रको बाटोमा जान्छ । अहिलेको बाटो प्रजातान्त्रिक होईन । यहि अवस्था चलिरहे देशमा गृहयद्ध वा देश नै विघटन हुन्छ । यसलाई रोक्न वर्तमान निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलको सहभागितामा राष्टिय सरकार, राष्टिय सहमति र नयाँ सविधान घोषणा गर्नु पर्दछ । त्यसरी मात्र अहिलेको राजनीतिक अवरोध हट्छ । अहिले हामी राष्ट्रिय नागरिक आन्दोलन घोषणा गरेर अघि बढिरहेका छौं । दमन भए आन्दोलनको स्वरुप फेर्छौं । वर्तमान संविधान र अहिले व्यवस्थाले धोका मात्र भएको छ । राजनीतिक स्थिरता भएन, गास, वास, कपास र रोजगार पाउन सकेनन् । सरकार पुरै भ्रष्ट छ । विदेशीको इसारा विना सरकार चल्नै सकिरहेको छैन । राष्ट्रलाई विघटनको बाटोमा लैजाने संविधान र अहिलेको व्यबस्था विभेदकारी रहेकाले यसलाई फ्याकी नयाँ व्यवस्था ल्याउन लागि परेका छौं ।
नेपाल समाजवादी कांग्रेस राष्टियता, प्रजातन्त्र, सार्वभौमिताप्रति प्रतिबद्ध रहेकोले संवैधानिक प्रजातन्त्र स्थापनाको निम्ति संघर्षशील छ । राष्टियता, प्रजातन्त्र, राजसंस्था र हिन्दु राष्ट स्थापनाको निम्ति राष्टिय नागरिक आन्दोलन घोषणा गरि सकेकोले देश बचाउनको निम्ति सबै नेपाली जनताहरुलाई सञ्चालन गरिएको आन्दोलनमा सहभागी हुन हार्दिक अनुरोध समेत गरेको छ । नेपालमा भएको वर्तमान व्यवस्थालाई प्रजातान्त्रिक भन्ने हो भने अमेरिका, बेलायत र भारतले खोजेको प्रजातन्त्रको परिभाषा के हो भन्ने कुरा स्पष्ट हुन जरुरी छ । र यसैलाई नेपालमा प्रजातन्त्र भन्ने हो भने चीन भएको राज्यव्यवस्थालाई पनि प्रजातान्त्रिक मान्नु पर्ने छ । अर्थात नेपालमा भएको बारुदी आतंकवाद (माओवादी) र अमेरिका र भारतले सञ्चालन गर्ने बारुदी आतंवादलाई प्रजातन्त्र मान्न सकिदैन निरौलाले भने ।
विदेशी इशारामा संघीयता मार्फत राष्ट्रलाई विघटन गर्न खोज्दै छन् । राजा र जनता विना देश जोगिदैन । हो अहिले शासन सत्ता परिवर्तन आवश्यक छ । नेपाली जनता पिडामा छन् । जसलाई विस्वास उनीहरुबाट धोका मात्र भएको छ । गास, वास, कपास र रोजगार पाउन सकेनन् । सरकार पुरै भष्ट रहेको छ । विदेशीको इसारा विना सरकार चल्नै सक्दैन । हामी यो आन्दोलन र परिवर्तनको विरोधी होईनौ, एजेण्डा विनाको आन्दोलन प्रायोजित हुन्छ । अहिले राजा आउ देश बचाउ भन्नेहरु हिजो राजा दरबार छाड्दै गर्दा कहाँ थिए प्रश्न गर्न चाहन्छु ।
विदेशीहरु फेरि एक पटक हाम्रो देशमा स्वामित्व खोज्दैछन् जुन काम दरबारले गरेन । त्यसरी यो सरकार मार्फत दबाब बढाउन विदेशीले आन्दोलनको प्रपण्च रचेका हुन् । त्यसैले देश र जनता बचाउन र शासन सत्ता परिवर्तनको नयाँ शिराबाट आन्दोलन सुरुवात गरिसकेका छौं । देशमा पछिल्लो समय दलहरुको रवैया, झगडा र प्रतिपक्ष दलको कमजोर उपस्थितिका कारण राजनैतिक दलहरुसंग नेपाली जनताको ठुलो आक्रोस रहेको छ, बढिरहेको छ । विदेशी भुमीमा १२ बुदें सहमति गदैै २०६२, ६३ को जनआन्दोलनले प्राप्त गरेको संघीय लोकतान्त्रीक गणतन्त्र नै नेपाल र नेपालींहरुको हितमा नभएको र जसले राष्ट्रलाई विघटनको बाटोमा लैजाने संविधान विभेदकारी रहेकाले यसलाई फ्याकी नयाँ व्यवस्था सहितको संविधान ल्याउन लागि परेका छौं ।
नेपालमा कम्युनिष्ट नै छैनन् । नयाँ अधिनायक नव सामन्तवादी हुन् । कम्युनिष्टले उत्पादनमा जोड गर्छ, तर यिनीहरुले त्यसो गरेनन् । अपराधिक र भारतमा जस्तो व्यापारिक प्रजातन्त्रको बाटोमा हिंडिरहेका छन् । जो र जहाँ उग्र राष्ट्रवाद हुन्छ त्यो देश विघटन हुन्छकि त्यो शासन ढल्छ । विश्वमा त्यस्तै भईरहेको अवस्था छ । जब मुलकमा २००७ मा प्रजातन्त्र र २०४७ सालको बहुदलको घोषणा भएपनि प्रजातन्त्र संस्थागत हुन सकेन चिन्तित छौं । त्यसैले हाम्रो पार्टीले स्मृति समारोहको रुपमा प्रत्येक वर्ष खवदारी गर्दै आएको छ । जस पश्चात माओवादी १० वर्ष युद्धबाट भयो देशमा ठुलो नोक्सान भयो, त्यसरी माओवादीको उदयसंगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले भारतमा गएर १२ बुदें सम्झौता गर्नुभयो, र नेपालको प्रजातन्त्रको लागी भएका सबै आन्दोलनहरुलाई विसर्जन गरिदिनु भयो । २०४७ सालको संविधान च्यातेर देशमा संघीय गणतन्त्र घोषणा भैसकेपछि अब देश विघटनको बाटोमा जाँदैछ र यसलाई रोक्नुपर्छ भन्ने गहन संकल्प सहित हामीले यस नयां पार्टी गठन गरेका हौं । हामी जनाधार निर्माण गर्ने बाटोमा निरन्तर लागिरहेको छौ । अब छिट्टै यस व्यबस्थाको परिवर्तनको लागी एकताबद्ध भएर आन्दोलन गर्ने तयारी गरिरहेका छौं ।
नेपाली कांग्रेसले प्रजातन्त्रको बाटो छाड्यो । कम्युनिष्टहरु तथा माओवादीले ल्याएको गणतन्त्रको एजेण्डामा गएर उसले प्रजातान्त्रिक मुल्य मान्यताहरुलाई विर्सेको अवस्था छ । अहिलेको अवस्थामा कम्यूनिष्ट तथा नेपाली कांग्रेसको कुनै आफ्नो विचार छैन, उ अरुको एजेण्डामा समय वर्वाद गरिरहेको छ । अब हामी देश र जनतालाई प्रजातन्त्रको अनुभुती दिलाएर व्यवहारिक रुपमै आधुनिक समाजवाद जसले अहिलेको व्यबस्थालाई भङ्ग गरेर नेपाल र नेपाली भएर बाँच्ने, देशलाई समृद्धको बाटो लगेर जनतालाई भ्रष्टाचार निर्मुल पारी सुशासन र देशको समृद्धि हासिल गर्ने तर्फ केन्द्रित हुनेछौं । त्यसैले हाम्रो अहिलेको मुल र प्रमुख एजेण्डा भनेको देशलाई विघटनको बाटोबाट जोगाउनु र सगरमाथा जस्तै उच्च बनाउँदै विकसित राष्ट्र बनाउनु हो ।
इकाईहरुको समूहलाई संघीयता भनिन्छ, तर नेपालको अवस्था त्यस्तो होइन, संगै मिलेर बनेको एकात्मक शासन प्रणाली हो । जस्तो भारत, अमेरिका भनेको संघहरु मिलेर बनेको संघीय राज्य हो । त्यसलाई एकल राज्य भनिदैंन । नेपाल सुरुदेखि नै एकल राज्य हो, यो कुनै संघ वा ईकाइहरु मिलेर बनेको देश होईन । भौतिक विकासमा पछि परेपनि प्राचिनकालदेखि नै नेपाल विश्वको राज्यनिर्माण पक्षमा बलियो थियो र छ पनि । त्यसकारण नेपालमा संघीयता लाद्नु भनेको राज्यलाई विघटन गर्नु सरह हो, जो गर्न खाजिदैछ ।
यो व्यवस्था जसले हामी नेपाल र नेपालीलाई शरणार्थी बनाउंछ, बनाईसकेका छन् । जस्तो म तपाईलाई बताउँकि हामी सबै शरणार्थी भएका छौं, देशमा उत्पादन छैन, अर्काको देशको भरमा देश चलेको छ, बाँच्नु परेको छ, नेपाली युवायुवतीहरु श्रम बेच्न विदेशको तातो घाममा जानुपरेको छ, त्यो पनि शरण नै हो । अहिले समाजमा छोराछोरी जन्मिने बित्तिकै युरोप अमेरिका जस्ता विकसित देश पठाउने सपना देख्दछौं । अर्को रोजगारीको लागि दिनहुं खाडी मुलुक जान विवस छन् । आफ्नो देशमा जन्मेर पनि शासक वर्गको कमजोर नितीले गर्दा देश विकास गरेनन,् भएन । भएका कलकारखाना बरु बेचेर खाए, बनाएनन् र बनाउन पनि चाहेनन् । खाली कमिशनमा रमाए । त्यसरी अर्काको देशको शरण लिन राज्यस्तरबाटै बाध्य पारिएको छ । जुन जति भत्सर्ना गरे पनि पुग्दैन ।
देशमा निती नियम छैन, संविधान विभेदकारी छ, कानुन अपाङ्ग छ, देशको आर्थिक उत्पादन छैन, देश भष्ट्राचारमा लिप्त छ, महाकाली, कोसी, गण्डक लगायत बेचे, आज फेरी लिम्पियाधुरा र लिपुलेकको कुरा छ । हाम्रो भुमीमा चीन र भारतले सम्झौता । २०४७ सालपछि बहुदलको नाममा देशका कलकारखाना लगायत सम्पत्तिहरु बेचेर खाए । सबै उद्योग धन्दाहरु बन्द गर्दै भारतको उत्पादनलाई भित्र्याउन सबै उत्पादन तथा उद्योगहरु बन्द गरिएका छन, राष्ट्रियता, धर्म र देश नै बेचेपछि यो भन्दा ठुलो कारण के चाहिन्छ ? मुलुक बचाउन हाम्रो पार्टीले संबैधानिक राजसंस्था चाहिन्छ भन्दै आएको छौ । किनभने एक हजारदेखि पाँचहजार लिएर देशको नागरिकता बेचे, नागरिकता समस्या खडा गरिएको थियो, अहिले पनि गरिएकै छ । देशलाई संघीय गणतन्त्र, धर्म निरपेक्षता जस्ता एजेण्डा पैसाको आडमा घोषणा गरियो । त्यसैले देशको रक्षाको लागी र अभिभावकीय भूमिकाको लागि पनि विशेष अधिकार सहितको राजसस्थांको बारेमा हामी उभिएका हौं । हामीले नेपालको माटो सुहाउँदो र ऐतिहासिकताको आधारमा हाम्रो पार्टीले राष्ट्रिय एकता र विखण्डनबाट रोक्न पनि राजसंस्था चाहिन्छ भनेका छौं । हाम्रो देश एकल र एकात्मक राज्य हो, धर्म, परम्परा र कला सस्कृतिको रक्षा गर्नका लागी र देशलाई विघटनबाट रोक्नका लागी पनि हिन्दु अधिराज्य र राजसंस्था चाहिन्छ । म आफैले भन्दै आएको छु कि राजा आफैमा निरंकुशतन्त्र हो । त्यसैले हामीले राजा बोकेर हिंड्ने भनेका छैनौं, देश बचाउन र नागरिकको संरक्षर, स्वामित्वको अधिकार र अस्तित्वको संरक्षरको लागि राजसंस्था भनेका हौं ।