काठमाडौं । पल शाह बिरुद्धको जबर्जस्ती करणी मुद्दामा पीडित नाबालिगले बयान फेरेकी छिन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् ।
नाबालिग बालिका ‘होस्टाइल’ भएर बयान दिएको उनको पक्षबाट मुद्दा लडिरहेका एकजना कानुन व्यवसायीले बताए ।
पीडित गायिकाले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।
पीडितको पक्षबाट मुद्दा लडिरहेकी एकजना कानुन व्यवसायीले युगान्तर खबरसँग भने–पीडित होस्टाइल भएकी छिन्, बकपत्रमा हस्ताक्षर भइसकेको छ ।