थप्पड प्रकरणले विवादमा फँसिन अभिनेत्री मिरुना


काठमाडौं । एक जना दर्शकलाई थप्पड हानेर प्रहरीकहाँ बुझाएको प्रकरणले सिनेमा घरमा राम्रो व्यापार गरिरहेको फिल्म कबड्डी ४ की मुख्य अभिनेत्री मिरुना मगर विवादमा फँसेकी छन् । फिल्मलाई माया गरी हेर्न आएका दर्शक फुर्वा तामाङलाई थप्पड हानी अभद्र व्यवाहार गरेको भनी प्रहरीलाई बुझाइएको थियो । तामाङले माफी मागेर भूलबस छुन पुगेको पनि भनेका थिए ।

यहि प्रकरणले अभिनेत्री मगर विवादको घेरामा पुगेकी छन् । सामाजिक सञ्जालमा उनको तिव्र विरोध र आलोचना हुन थालेको छ । क्तिपय सञ्जाल प्रयोगकर्ताले उनको तस्बिरमा क्रस चिन्ह लगाएर प्रचार गर्न थालेका छन् भने कबड्डी ४ नहेर्नका लागि पनि ट्रोल बनाउन थालेका छन् । यसले फिल्मको व्यापारमा हानि गर्ने निश्चित छ ।

सुन्धारास्थित सिभिल मलमा फिल्म हेर्न आएका मुगु घर भएका अन्दाजी २९ वर्षीय तामाङलाई हिरोइन मिरुनाले आइतबार साँझ झापड हानेकी थिइन् । ‘कबड्डी ४’ फिल्म गत शुक्रबारबाट रिलिज भएको हो। शुक्रबार र शनिबार दुई दिनमा ६ करोड रुपैयाँ कमाएर नेपाली बक्स अफिसमा नयाँ रेकर्ड राखेको बताइएको छ । फिल्मलाई देशभरका १ सय ५० हलहरूमा रिलिज गरिएको थियो ।

 


सम्बन्धित खवर

अन्तर्वार्ता