चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा


काठमाडौं । नेपाली चलचित्र ‘घनचक्कर’ शुक्रबारबाट प्रदर्शनीमा आएको छ। निर्माण सुरु भएको ४ वर्षपछि आजबाट देशभरका सिनेमा हलमा प्रर्दशन भएको हो । चलचित्रमा सौगात मल्ल, सलोन बस्नेत, जेबी डीसी, आशान्त शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् ।

हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको फिल्ममा करुना अर्याल र संगम भट्टको लगानी छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रमा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

 


सम्बन्धित खवर

अन्तर्वार्ता