अर्थ मन्त्रालय फर्किए जनार्दन शर्मा


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्मा राजीनामा दिएको २६ दिनमा फेरि मन्त्री बनेर अर्थ मन्त्रालय फर्किएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका शर्माले साँझै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । उनलाई अर्थ मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।

आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणका क्रममा बजेट भाषणको अघिल्लो दिन अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा गएर करका दर हेरफेर गरेको आरोप लागेपछि शर्मा विवादमा परेका थिए । मन्त्रालयले उक्त दिनको सिसिटिभी फुटेज भएको उत्तर दिएपछि शर्माको चौतर्फी आलोचना भएको थियो । त्यसपछि उनले असार २२ गते संसदमा बोल्दै राजीनामा दिएका थिए ।

त्यही दिन गठन भएको संसदीय विशेष छानबिन समितिले जेठ १४ गते अनधिकृत व्यक्ति अर्थ मन्त्रालय गएको पुष्टि गर्न नसकेपछि शर्मामाथिको आरोप प्रमाणित भएन । गत शुक्रबार समितिले आफ्नो प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई फेरि अर्थमन्त्री नियुक्ति गर्न आज राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेका थिए ।

 


सम्बन्धित खवर