म एक श्रमिक, महिला र बालबालिका अधिकारकर्मी हुँ –इन्द्रलाल गोले


म एक श्रमिक, महिला र बालबालिका अधिकारकर्मी हुँ 
अभियान्ता

इन्द्रलाल गोले चिरपरिचित राष्ट्रवादी तथा सामाजिक र राजनीतिक व्यक्तित्व हुन् । २०१८ जेठ २२ गतेकोे दिन बुबा तुलाबहादुर गोले तथा आमा स्व. अतिमायाकोखबाट सुुनकोसी– ७ चालिसेमा उनको जन्म भएको हो । हक्की र क्रान्तिकारी उनी प्रखर र स्पष्ट स्वभावका रहेका छन । तीन दाजुभाईको माईलो उनी दुई दिदी समेत रहनुभएको छ । म सानैदेखि शालिन र समाजमा केही गर्नुपर्छ भन्ने सोच थियो । बुबा राजनीतिमा हुनुहुन्थ्यो । पञ्चायती व्यवस्था अन्तर्गत १० प्रधानपञ्च भएर बुबाले धेरै काम गर्नु भएको थियो । यद्यपी म पञ्चायती निरंकुश शासनको विरोधी थिए । निर्दलीय व्यवस्था ढल्छ र ढाल्नुपर्छ भन्ने सोच थियो । त्यसरी म कम्युनिष्ट आन्दोलनमा सक्रिय भएं । जसबाट म संग मेरो बुबा सन्तुष्ट हुनुहुन्न थियो । बुबा त्यो बेला पनि झण्डै १०÷१५ वर्ष भुटान बस्नु भएको थियो । त्यहाँ काम गर्नुको साथै अध्ययन पनि गर्नुभएको थियो । त्यसैले पढाई ठुलो कुरा रहेछ भन्ने सोच सहित हामीलाई शिक्षा–दिक्षामा जोड गर्नु भएको थियो । हाम्रो परिवारको आर्थिक सामाजिक अवस्था समग्रमा राम्रो थियो । बुबा पञ्चायती व्यवस्थामा लाग्नु भएको भए पनि प्रगतिशील हुनुहन्थ्यो । अहिले पनि राजनीतिलाई चासो दिनु हुन्छ, साथै परिवर्तनलाई आत्मासात गर्दै आउनु भएको छ । हाम्रो आर्थिक, सामाजिक, शिक्षित र राजनीतिक परिवार हो ।

म सुरुमा कम्युनिष्ट राजनीतिबाट प्रभावित भएर झुकाव राख्नुका साथै संगठनमा समेत सक्रिय थिए । ०३६ सालदेखि म राजनीतिमा रुची राख्न थाले । साथै म लामो समय अध्यापन पेशामा सक्रिय भएं । श्री पञ्चकन्या प्रा.विको १३ वर्ष प्रधानाध्यापक भएर काम गरे । राजनीतिक दबाबकै कारण राजीनामा दिए । माओवादी द्धन्दमा मैले माओवादी एजेण्डालाई पनि सहयोग गरे तर उनीहरु पनि देश र जनताको पक्षमा रहेनछन् । अहिले म आफुलाई कम्युनिष्ट भन्न पनि लाज लाग्छ र यहाँ कम्युनिष्ट नै छैनन् । कमाउनिष्ट मात्र रहेछन् । जागिर छाडेपछि राजनीतिक, सामाजिसेवा संगसंगै अगाडि बढाएं । विभिन्न वृद्ध आश्रम, विभिन्न परिस्थितिमा राहत वितरण गर्नुका साथै बालआश्रम, वैदेशिक रोजगारमा अलपत्र परेकाहरुको उद्धार लगायत सुकुम्वासी लगायत उहाँहरुको समस्याको समाधानको लागि सधै अग्रपंतीमा रहेर काम गरें गरिरहेको छु । ०५६ सालको संसदीय चुनावमा निर्वाचन समेत लडे । जित्न कसकेको भए पनि मेरो कारण कांग्रेसी उम्मेद्धार हार्न पुगेका थिए ।

हाल मुख्यतः वैदेशिक रोजगार उद्धार नेपाल सञ्चालन गर्दै आएको छु । यस संस्था ०६६ सालमा स्थापना भएको हो । मलाई लाग्दथ्या कि मान्छे किन बेच्छ ? कसरी बेच्छ ? र आखिर मान्छको मासु पनि खान मिल्ने त होइन तर किन ? मैले बुझे कि, यी काम सबै पैसाको लागि हुँदा रहेछन् । हुनत मान्छेको मासु खाने देश पनि रहेछन्, जुन देश रहेको छ भियतनाम । भियतनामबाट समेत हामीले १० को उद्धार गरिसकेका छौं । मुख्यतः हामीले खाडी मुलुकमा अलपत्र परेका महिलाहरुको सयौंको संख्यामा उद्धार गरेका छौं । जुन हामीले राज्यलाई सघाईरहेका छौं । तर राज्यले हाम्रो मिहेनत सक्रियतालाई सम्मान गरेकि भन्ने लाग्छ । नेपाली श्रमिक, महिला तथा बालबालिकाहरुको हकहित र अधिकारको संरक्षर गर्नु हाम्रो प्रतिबद्धता हो र चेलीबेटी बेचविखन रोक्नु हाम्रो कर्तव्य हो भन्ने मुल उद्देश्य सहित खुलेको हो । र हामीले भन्ने गरेका छौं हामी एक श्रमिक, महिला र बालबालिका अधिकारकर्मी हौं ।

यो बीचमा मैले राजनीतिको चासो पनि गरि रहें । खुनखार राष्ट्रवादी भनेर चिनिएका पूर्वप्रधानमन्त्री मरिचमान श्रेष्ठदेखि धेरैलाई भेट्ने अवसर मिल्यो । उहाँ अत्यन्त इमान्दार पाए । त्यसपछि डा. बाबुराम भट्टराई एक विज्ञको हिसावबाट म उहाँसंग प्रभावित थिए केही गर्नु हुन्छ भन्ने ठुलो आसा रहेको थियो । तर उहाँ पनि पतनको बाटोमा जानुभयो । मैले भन्न खोजेको नयाँ शक्ति जुन परिकल्पना मैले पनि गरेको थिएं । तर उहाँ त त्यो अभियानबाट पलायन हुनुभयो । आज देशको विकास किन भईरहेको छैन भन्दाखेरी हिजो जसरी राजालाई नातावाद, कृपावादको आरोप लगाउथे त्यो भन्दा बढी राजनीतिक दलका नेताहरु भए । अहिले देशमा राष्ट्रियता गुमेको अवस्था छ । त्यसैले देश अध्यारो सुरुङतिर गईरहेको छ । एमाले कम्युनिष्ट नै रहेन, माओवादी खाओवादी भए, कांग्रेसको एजेण्डा पनि रहेन र लोकतन्त्रवादी पनि रहेन । अर्को राष्ट्रवादीहरु पनि इमानदार देखिएनन्, अराजकता मात्र भए । इमानदार राजावादीहरु त विचरा अवस्थमा रहेका छन् । बरु कांग्रेस–एमालेभित्र इमानदार राजावादी रहेका छन्् । तर उनीहरु पिडित छन्, बनाइएका छन् ।

कृृषि प्रधान देश भएको हुनाले कृषिमा आधारित आर्थिक प्रणाली हुनपर्छ । पञ्चायत तथा राजाकालसम्म पनि नेपाल कृषिमा आत्म निर्भर थियो । त्यो पुरानो कुषि प्रणालीलाई भत्काईएकाले आज अर्बौ व्यापार तथा बजेट घाटा हुनुको साथै परनिर्भर हुनुपरेको छ । देश आज राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र कुटनीतिक इत्यादि रुपमा कमजोर अवस्था रहेको छ । जुन राजनीतिक दर्शन र आर्थिक प्रणाली गलत भएकाले देशको यो अवस्था देखा परेको हो । देशको राज्य संयन्त्र पुरै भागबन्डामा चलेका छन् । न्यायलय समेत भागवन्डामा चल्नु विडम्वना हो । हाल व्यवस्थाको नाउँमा काले काले मिले खाउँ भने झै सबै दल मिलेर भ्रष्टाभार गरिरहेका छन् ।

म राजावादी हो तर हिन्दुवादी होईन, देशभक्त र राष्ट्रवादी हुं । हिन्दु धर्म होइन, देशमा धर्म निरपेक्षता ठीक छ । हिन्दु धर्मले विश्वमा वेइज्जत गरेको छ । जसकारण जातीय र धार्मिक विभेद लामो समयदेखि विराजरोपण गरेको छ । अब कानुनमै विभेदका कुरा हटाएर सबैलाई नेपाली भनिनु पर्छ । यो देशलाई डुबाउने काम जातीय विभेदले गरेको छ । ब्राह्मणवादी सोच बोक्नेहरु जातीय विभेद गरेर देश डुबाए । म भन्न चाहन्छुकि धर्म भन्ने कुरा नै छैन । मानवीय धर्म हुनुपर्छ त्यो पनि देख्ने गरि, त्यही नै हो धर्म । राष्ट्रियता बलियो बनाउने हो भने हिन्दु, बौद्ध, शिख र जैन सबै एक हुनुपर्छ । कोही इसाई हुन चाहन्छन् भने पनि उसको इच्छा हो तर दवाद र प्रलोभनमा भने कसैले कसैलाई पार्नु हुंदैन ।

देशलाई संघीयताले कंगाल र खोक्रो बनायो । स्थानीय तहलाई विकेन्द्रीकरण गर्नुपर्छ । अहिलेको स्थानीय तह जुन अधिकार सम्पन्न रहेको छ, त्यो ठीक छ । केन्द्रमा सरकार र स्थानीय तहलाई बलियो बनाउनुपर्छ भन्ने मेरो आवाज रहेको छं । अहिलेको राजनीति सन्तोषजनक छैन । नैतिकताको अभाव भएकाले अहिले भांडभैलो देखिएको छ । यत्रो राजनीतिक परिवर्तनबाट देशमा नयाँ राजनीतिक व्यवस्था आएको भनिए पनि वामपन्थी सरकार असफल हुनु दुर्भाग्य हो । एमाले अध्यक्ष केपी ओलीले जुन दुई तिहाईको सरकार थियो पुरै असफल भए । अहिले फेरि दुई तिहाईको कुरा गरिरहनु भएको छ दिवा सपना मात्र हो । नेपाली राजनीति कमजोर हुनुमा अस्थिर राजनीतिको कारण हो । गणतन्त्रका आफैमा नराम्रो होईन । हामी सधैं गणतन्त्रको पक्षमा रहंन्छौ । अर्को दलिय व्यवस्थाको पक्षमा हामी रहेका छौं । जसले राजनीतिक स्वतन्त्रता दिएको छ । त्यसैले हामी दलिय व्यवस्थालाई मान्छांै । नराम्रो कुराहरुबाट मुक्ति दिलाउने विदेशी हस्तक्ष्ेप अन्त्य गर्ने पार्टीको महत्वपूर्ण योजना रहेको छ ।

समग्र र पूर्ण रुपले विसंगतिहरुको निर्मल पार्ने बाटोमा जानुपर्छ । नेपाललाई बाह्य औपनिवेशिक, नवऔपनिवेशिकता, विस्तारवाद, प्रभुत्ववाद, हस्तक्षेप र षड्यन्त्रहरु पूर्ण एवं समग्ररुपमा मुक्ति दिने र दिलाउन राष्ट्रिय स्तरमा मुक्ति आन्दोलन चलाउनुपर्छ । यसका लागि हामीले सबै नेपाली जनता, महिला, युवा, मजदुर, सुकुम्वासी र साँस्कृतिक पक्ष सबै मिलेर नेपालको पुनर्जागरण अभियान चलाउनु पर्छ । एमसिसि नेपालको हस्तक्षेपकारी रहेको छ । एसपिपि एमसिसिकै पार्ट हो । त्यसैले नेपालको हितमा छैन । हाम्रो देशको सार्वभौमिकता र सम्प्रभुताको हस्तक्षेप गर्छ । नेपालको संविधान भन्दामाथि एमसिसि हुनुभएन । अर्को न्याय संगत समावेशी सहभागिता धर्म संस्कृति, भाषाभाषी, जातजाति, वर्ण, लिङ्ग, पेशा व्यवसाय वर्ग र दुर्गम क्षेत्रको आवाजलाई सम्बोधन गर्दै सबैको अधिकारलाई सुनिस्चित गर्नुपर्दछ । यो नै नेपालको शासन प्रणालीको मेरुदण्ड हो ।


सम्बन्धित खवर

अन्तर्वार्ता