रघुको सायरामा आर्यन अनुबन्धित


अभिनेता आर्यन सिग्देल नयाँ फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन् । आर्यनले आइतबार फिल्म निर्माण कम्पनी डि.बि.आर मिडिया एन्ड मुभिजसँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन् ।

रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ ।

आर्यनले सुहाउँदो क्यारेक्टर पाएपछि फिल्म गर्ने सम्झौता गरेको बताए । आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म को ९० प्रतिशत छायांकन अस्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ ।

फिल्मका प्रस्तुतकर्ता रघुले दसैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताए ।


सम्बन्धित खवर

अन्तर्वार्ता