प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्यसँगै कार्यकाल पनि पूरा


काठमाडौं । प्रतिनिधिसभाको चालू ११औँ अधिवेशन आज राति १२ः०० देखि अन्त्य हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा सो सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त जानकारी गराए । नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन प्रारम्भ र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

यससँगै चालू प्रतिनिधिसभाको कार्यकाल पनि आजै राति १२ बजेदेखि स्वतः समाप्त हुने भएको छ । राजनीतिक घटनाक्रम र उत्पन्न विभिन्न परिस्थितिका कारण अनेक आरोह–अवरोह पार गर्दै र कतिपय विषयमा इतिहास रच्दै, कैयौँ अहम् विषयलाई निष्कर्षमा पुर्याएर केही विषय सघन विमर्शका लागि सुम्पेर सङ्घीय संसदले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरेको हो ।

विसं २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते दुईपटक विघटन भएको यो प्रतिनिधिसभा दुवैपटक सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएको थियो । प्रतिनिधिसभाको यस कार्यकालमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा जारी गर्ने सन्दर्भमा सङ्घीय संसद, प्रतिनिधिसभामा दलहरूबीच देखिएको अभूतपूर्व एकताको प्रदर्शन सदा स्मरणीय रहनेछ ।


सम्बन्धित खवर

अन्तर्वार्ता

स्वास्थ