ओलीलाई देउवाको जवाफ – परमादेशबाट संसद पुनःस्थापित भएकाले नै भेट्न पायौँ


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गतेको चुनाव निष्पक्ष हुने प्रतिबद्धता जनाएका छन् । शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्दै देउवाले आउँदो चुनाव निष्पक्ष गर्ने प्रतिबद्धता सरकारका तर्फबाट जनाएका हुन् । उनले चुनावका लागि निर्वाचन आयोगलाई पूर्ण रुपमा सहयोग गर्ने बताए ।

देउवाले भने, ‘मंसिर ४ गते सरकारले निष्पक्ष रुपमा चुनाव गराउँछ । आयोगलाई सरकारले पूर्ण रुपमा सहयोग गर्छ ।’ प्रतिनिधिसभा कार्यकालको अन्तिम दिन प्रधानमन्त्रीका रुपमा देउवाले सम्बोधन गरेका हुन् । उनले केपी ओलीले दुईपटक संसद विघटन गर्दा पनि कार्यकाल पूरा गरेकोमा खुशी व्यक्त गरे । उनले परमादेशका कारण सरकार मात्रै नभइ संसद पनि त्यहीँ बाटोबाट आएको स्मरण गरे ।

संसद पुनःस्थापना भएकाले नै ओलीसँग मिलेर सँगै काम गर्न पाएको भन्दै व्यंग गरे । ‘गणतन्त्र आएपछि पहिलोपटक संसदले विघटनको सामाना गर्नुपर्यो। संसद संविधान बमोजिम चल्यो । सरकार मात्रै होइन, संसद पनि परमादेशबाट आएको हो, जसले गर्दा हामीले सँगै मिलेर काम गर्न पायौँ, भेट्न पायौँ’, देउवाले भने ।

उनले आफ्नो नेतृत्वमा सरकार बनेपछि अन्तर्राष्टिय सम्बन्ध सुधार गरेको र संविधान कार्यान्वनयका लागि काम गरेको दाबी गरे । उनले भने, ‘मेरो कार्यकालमा नागरिकताबिहीन नागरिकतालाई नागरिकता दिने, एनआरएनलाई नागरिकता दिने गरी नागरिकता विधेयक पास भएको छ । नेपालले अन्तर्राष्ट्रिय रुपमा बहुपक्षीय अन्तर्राष्टिय सम्बन्धनलाई मजबुद बनाएको छु ।’


सम्बन्धित खवर

अन्तर्वार्ता

स्वास्थ