संविधान दिवसकै दिन नेपाल समाजवादी कांग्रेसले संसद भवन र सर्वोच्च अगाडी गर्यो विरोध


काठमाडौं । दोश्रो संबिधानसभाले २०७२ मा जारी गरेको संबिधान खारेज गर्नु पर्ने माग सहित उही समय देखि निरन्तर आन्दोलनमा होमिएको नेपाल समाजवादी कांग्रेसले संबिधान दिवसकै दिनको साईत पारेर आन्दोलनलाई थप सशक्त बनाएको छ । हिन्दु राज्य र राजसस्था स्थापना सहित संघियताको खारेजीको माग राखेको सो पार्टीले आज असोज तीन गते निषेधित क्षेत्र तोड्दै संसद भवन अगाडी नयाँ बानेश्वरको पानी ट्यांकी छेउको आकाशे पुलमा असोज तीन कालो दिन, २०७२ को संबिधान खारेज गरौ भन्ने वाक्य लेखिएको कालो ब्यानर टाँगेको छ । संबिधान जारी भएको भवन छेउको बलेसीबाटै निषेधित क्षेत्र तोड्दा समेत पनि प्रशासनले मेसो समेत पाएन । स्मरण रहोस, समाचार तयार पार्दा समेत उक्त कालो ब्यानर हटाईएको छैन ।

नेपाल समाजवादी कांग्रेसका अध्यक्ष तथा ग्रेट हिमालय विचारका प्रणेता, समाजवादी नेता गोबिन्द निरौलाको नेतृत्वको टोलीले संविधानको अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालतको बलेसी तथा नेपाल बार एसोसिएसनको मुखैमा पनि कालो ब्यानर प्रदर्शन गरेको छ । पुरातत्व बिभाग र स्वास्थ मन्त्रालय बीचको आकाशेपुलमा समेत नेपाल समाजवादी कांग्रेसले कालो ब्यानर टाँगेको छ, जुन अहिलेसम्म छदैछ । सुझबुझपूर्ण तरिकाले सामान्य ढंगले यस विभेदित र असंवैधानिक संविधान को विरोध गरेको निरौलाले बताए । नेपाल समाजवादी कांग्रेस मंसीर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने अभियानमा छ । त्यसैको तयारी स्वरुप प्रतिकात्मक आन्दोलन गरिएको अध्यक्ष निरौलाको तर्क छ ।

पार्टी सचिव मान बहादुर गुरुङ, केन्द्रीय सदस्य चन्द्र पाण्डे, युवा फोर्सका अध्यक्ष सुनील कुमार श्रेष्ठ सहितको टीमले निशेषित क्षेत्रमा संविधानको बिरोध गर्दै तुल टाँगेको हो । दोश्रो संबिधानसभाले २०७२ मा जारी गरेको संबिधान खारेज गर्नु पर्ने माग सहित उही समय देखि निरन्तर आन्दोलनमा होमिएको नेपाल समाजवादी कांग्रेसले संबिधान दिवसकै दिनको साईत पारेर आन्दोलनलाई निरन्तरता दिएको हो ।

 


सम्बन्धित खवर

अन्तर्वार्ता

स्वास्थ