
नेपाली फिल्मका निर्माता तथा राजनीतिज्ञ रघु परियार नेपाली जनता दलको तर्फबाट समानुपातिक सुचीमा नम्बर १ मा परेका छन् ।
प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि नेपाली जनता दलले हिजो बन्द सूची निर्वाचनमा आयोगमा बुझाएको थियो ।
जहाँ दलले सिफारिस गरेको सुचीको नम्बर १ मा निर्माता रघु परेका हुन् । आसन्न प्रतिनिधि तथा प्रदेश सभामा २ सय ७५ सांसद रहनेछन् । जसमा १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन्।
नेपाली जनता दलका वरिष्ठ उपाध्यक्ष समेत रहेका रघुले आफ्नो नाम पहिलो स्थानमा सर्वसम्मत रुपमा चयन भएकोमा खुसी व्यक्त गरे । ‘मलाई मेरो कर्मको फल प्राप्त भए जस्तो लागेको छ । मैले गरेको मेहनतले नै मलाई पार्टीबाट सर्वसम्मत रुपमा समानुपातिक तर्फको सुचीमा १ नम्बरमा राखिएको छ’ उनले भने ।
निर्माता रघुले केहि बलिउड निर्माता तथा निर्देशक पुस्कर झासँगको सहकार्यमा ‘सायरा’ निर्माणको घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय सम्पर्क राम्रो रहेको रघुले पहिला वीरांगना चलचित्र निर्माण गरेका थिए ।