देवीकला परियार -संभावना बोकेकी दलित महिला नेतृ


देवीकला परियार – नेपाली जनता दलको तर्फबाट बाग्मती प्रदेश सभा सदस्यको समानुपातिक उमेद्वार हुनुहुन्छ । नेपाली राजनीतिमा एक संभावना बोकेकी दलित महिला नेतृका रूपमा  उहाँलाई लिन सकिन्छ ।

गोकर्ण परियार र देबु परियारको कान्छी सुपुत्रीको रूपमा जन्मिनुभएकी उहाँ सानैदेखि बोल्नमा नडराउने स्वाभावकी हुनुहुन्थ्यो । मनमा लागेको कुरा निर्धक्क भन्न सक्ने र लेख्न सक्ने भएकैले उहाँले सानैदेखि मञ्च पाउन थाल्नुभयो ।

नेपाली जनता दलको सहसचिव समेत रहनुभएकी परियार स्थानीय तहको निर्वाचन – २०७९ मा नीलकण्ठ नगरपालिका धादिङको मेयर पदको उम्मेद्वार हुनुहुन्थ्यो । हारजीत भन्दापनि उहाँ संघर्षको मैदानमा उत्रिनु नै ठूलो ठान्नुहुन्छ ।

उहाँ बुटिक तथा सिलाई बुनाईका प्रशिक्षक पनि  हुनुहुन्छ । विभिन्न सामाजिक संस्थाहरूमा पनि उहाँको संलग्नता छ । विशेषत: दलित , विपन्न तथा सीमान्तकृत महिलाहरुलाई स्वरोजगार बनाउन सिलाई बुनाई तथा सीपमूलक प्रशिक्षण दिने अभियानमा उहाँको सक्रियता प्रशंशनीय छ ।

नेपाली जनता दलको समावेशी र समानुपातिक प्रतिनिधित्वको मुद्दाको कारण राजनीति प्रति आकार्षित भएको बताउने उहाँ भविष्यमा पनि दलित , विपन्न तथा सीमान्तकृत महिलाहरुको लागि स्वरोजगार तथा जनचेतना मूलक काम गर्ने बताउनु हुन्छ । “बागमती प्रदेश आफ्नो कर्मथलो भएकाले समस्त बाग्मती प्रदेशबासी जनसमुदायले विश्वासको मत दिनुहुने छ भन्नेमा आशावादी छु । र यही प्रदेशको समग्र विकास र निर्माणमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । ” उहाँले भन्नुभयो ।


सम्बन्धित खवर