दलका नेताहरु असफल भएकोले यस निर्वाचनमा स्वतन्त्रहरुले जित्नुपर्छः ढकाल


विष्णुप्रसाद ढकाल, स्वतन्त्र उम्मेदवार, काठमाडौं क्षेत्र नं. ६

             काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. २ का स्थाई बसोबास गर्ने यहि माटोमा चिर परिचित काठमाडौं जिल्ला साविक काभ्रेस्थली गा.वि.स. हाल तारकेश्वर नगरपालिका वडा नं. २ का ट्राफिक चिन्ह लिई स्वतन्त्र उम्मेद्वारका रुपमा यहांहरुको अमुल्य मतको अपेक्षा गरेको छु । विगत लामो समयसम्म नेपाली कांग्रेस पार्टीको सक्रिय सदस्य भई राजनीति गर्दै आएकोमा पार्टीको नीति सिद्धान्त अनुसार जनताको अपेक्षा अनुसार विकास निर्माणका काम गर्दै आएकोमा हाल राजनीतिक परिवेश सत्ता मोहमा केन्द्रीत भएको र आप्mना आसेपासे मात्र कार्यकर्ता हुन, अरु होईनन् भन्ने मान्यता बोक्ने कुर्सीका लागि जुन दलसंग पनि एकता गर्ने राज्य संचालन गर्ने तौर तरिका पनि बदलिएकोले म महासमिति सदस्यसम्म भएको व्यक्ति पार्टीको गतिविधि चित्त नबुझेकोले केहि समयदेखि स्वतन्त्र रुपमा क्रियासिल रहंदै आएको छु । यहि मंसिर ४ गते हुन गईरहेको संसदीय निर्वाचनमा उम्मेद्वार भई विकास निर्माण, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक लगायतका क्षेत्रमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

म सुरुदेखि नेपाली कांग्रेसमा आबद्ध भई जन्म सिद्ध कांग्रेसी अथवा प्रजातन्त्रवादी भन्न रुचाउँछु र हुं । नेपाली कांग्रेसले जब नेपाली जनताको गास, वास, कपास, शिक्षा, स्वास्थ्य, र रोजगारको एजेण्डालाई छाड्यो । कम्युनिष्टहरुसंग मिलेर विदेशी भुमीमा १२ बुंदे सहमति गरि राजसंस्था, हिन्दु अधिराज्य नेपाल फ्यांकी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा हिंड्यो । अर्को नातावाद, कृपावाद र धनवाद हिंड्न थालेपछि हजारौं इमान्दार नेता, कार्यकर्ता र शुभचिन्तक पलायन र रुष्ट र असन्तुष्टि बढ्न थालेपछि हामीले नेपाली काग्रेसबाट विद्रोह गरि वी.पी. कांग्रेस स्थापना गरेको तर पार्टी भित्र सभापति सुशिलमान शेरचनसंगको गलत रवैया र वैचारिक असहमति भएपछि उक्त पार्टी त्याग गरि स्वतन्त्र रुपमा अघि बढिरहेको छु । अब दल भन्दा पनि स्वतन्त्र व्यक्तिहरुको आवश्यकता रहेको छ । दलहरु असफल भएकाले स्वतन्त्र व्यक्तिहरुले चुनाव जित्नु जरुरी छ । यस निर्वाचनले स्वतन्त्रहरुको पल्लाभारी हुने पक्का रहेको छ । किन भने दलहरु असफल भएकोले जनताले विकल्प खोज्नु स्वाभाविक हो ।

अर्को वी.पी.ले भन्नुभए जस्तै एक हल गोरु, एउटा झुपडी र दुहुनो गाई जुन परिकल्पना गर्नु भएको थियो त्यसकै पक्षमा निरन्तर लागिरहेको छु, लागि रहनेछु । म मुख्य गरी राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मुल सिद्धान्त बनाएर अघि बढिरहेको छु । वाक स्वतन्त्रता, राजसंस्था, हिन्दु अधिराज्य चाहन्छौं । पद बांढ्न ल्याईएको संघीयता गणतन्त्रको विरोधी हुं । एमसिसिको पनि विराधी । अहिले देशमा जुन राज्य सत्ता सही ढंगले चलिरहेको छैन, सुशासन छैन, मात्र तानाशाह रहेको छ । पदलाई भन्दा स्वाभिमान र विकास निर्माणलाई प्राथमिकता दिने उनी तारकेश्वर–२ काभ्रेस्थली निवासी हुन् वा त्यही कांठे रंथाने हुन् । सधै सामाजिक, राजनीतिक आन्दोलनमा सक्रिय उनी नेपालको प्रजातान्त्रिक आन्दोलनको चिरपरिचित नाम हो । नेपाली कांग्रेसमा उनी २५ वर्ष इकाई सभापति हुदै महासमिति सदस्य समेत भए । सामाजिक र राजनीतिक क्षेत्रमा विना स्वार्थ आफ्नै लगानीमा निरन्तर लागेको उनी सुनाउँछन् ।

यस काठमाडौं निर्वाचन क्षेत्र नं. ६ को चिरपरिचित उम्मेद्धवार हुनुको साथै स्थानीय जनताले मेरो कामलाई नजिकबाट हेरिरहेका उनी सुनाउँछन् । विभिन्न जनसरोकार समितिमा रहेर बाटो, ढल, सडक बत्ती र खानेपानी आदिको विकासमा निरन्तर भुमिका खेल्दै आएको छ । उनी उम्मेदवार बनेसंगै माहोल ह्वात्तै बढेको उनकै निर्वाचन क्षेत्रका वासिन्दाहरु वा मतदाताहरु बताउंछन् । यस निर्वाचन क्षेत्रको आवश्यकता अनुसार चुनावी घोषणा पत्र वा प्रतिबद्धता पत्र बनाउँदै चुनाव प्रचार तीव्र पार्दै छन् । निर्वाचन क्षेत्र, नगर, वडा आम शुभचन्तकहरुको बाक्लो उपस्थिति चुनावी प्रचार गर्नुको साथै विभिन्न व्यक्तिहरु सयौंको संख्यामा उपस्थित रहेका छन् ।

यस विर्वाचन क्षेत्रको विकास र सशासनमा जोड गर्ने योजना बनाएका प्रत्यासी विष्णु प्रसाद ढकालले आफ्नो जितलाई कसैले रोक्न नसक्ने ठोकुवा गरेका छन् । त्यसको मतदाता र शुभचिन्तकहरु एकढिक्का भएर लाग्नुपर्ने उनको कथन रहेको छ । भ्रष्टाचार रहित सुशासन र समृद्ध निर्वाचन क्षेत्र बनाउने मेरो मुख्य योजना हो । सामाजिक न्याय, दिगो विकास, मानव अधिकार, महिला अधिकार, जेष्ठ नागरिक जस्ता सवालमा जिम्मेवारी बोध गरी समृद्ध क्षेत्र निर्माण गर्ने छौं उनले भने ।

यस निर्वाचन क्षेत्रमा सुलभ ग्रामिण भेग दुवै रहेका छन् । तर राम्रो कामलाई निरन्तरता दिदै विकासमा अझै जोड गरिनेछ । फोहोर मैला हटाई वायुप्रदुषण रोक्ने, खानेपानी, सडक, ढल लगायत समस्या रहेका छन् यसलाई सुधारिनेछ । महिला र युवा उद्यमशील तालिम दिने, बालबालिकाहरुलाई नैतिकता र आध्यात्मिक सहितको व्यवहारिक र अनुशासित शिक्षामा जोड गरिनेछ । स्थानीय क्लब तथा टोल सुधार समिति लगायतसंग मिलेर सुझाव सल्लाह र योजना अनुसार अघि बढ्ने मेरो प्रतिबद्धता रहेको छ । साथै यस निर्वाचन क्षेत्र भित्रका ऐतिहासिक, धार्मिक साँस्कृतिक, प्राकृतिक आकर्षणका स्रोतसाधन र सम्पदालाई आर्थिक आर्जनको आधार बनाई काम गर्ने छौं । यस क्षेत्रभित्र दक्ष, उद्यमश र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराई व्यवस्थित शहर, जनउत्तरदायी, भ्रष्टाचारमुक्त वडा बनाउने गरि काम गरिने छ ।

कृषि, वन जमीन, जंगल, जडिबुटी व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्दै योजनाहरु बनाई कार्यान्वयन गर्नेछौं । धार्मिक पर्यटन, नगर भित्रका ऐतिहासिक, धार्मिक साँस्कृतिक, प्राकृतिक आकर्षणका स्रोतसाधन र सम्पदालाई आर्थिक आर्जनको आधार बनाई काम गर्ने छौं । नगर क्षेत्रभित्र दक्ष, उद्यमशील र सु–संस्कृत नागरिक उत्पादन गर्न उत्कृष्ठ शिक्षा प्रणाली निर्वाचन क्षेत्र भित्रै विकास गरि माध्यमिक तहसम्म अनिवार्य पूर्ण निशुल्क र गुणस्तरीय शिक्षा सर्वसुलभ रुपमा गराउने छौं । मैले जितेको खण्डमा पारिश्रमिक नलिइने र चर्को कर असुल्ने व्यवस्था हटाउने लगायत हाम्रो मुख्य प्रतिबद्धता रहेका छन् ।

ट्राफिक प्रहरी चिन्हलाई भोट किन ?

१) काठमाडौं क्षेत्र नं. ६ मा भौतिक पुर्वाधारहरुमा सडक, कुलो नहर विद्युत र टेलिफोन समेतका पुर्वाधारहरुलाई व्यवस्थित र वातावरण मैत्री बनाउन खाका तयार गरी ५ वर्ष भित्र सम्पन्न गर्नेछु ।

२) पाँच वर्ष भित्र निर्वाचन क्षेत्र भरि पाँच लाख विभिन्न जातका बोट विरुवा वृक्षारोपण गरी स्वच्छ वातावरणको निर्माण गर्दछु ।

३) भ्रष्टाचार मुक्त क्षेत्र घोषणा गरी प्रत्येक नागरिकले कानुन बमोजिम सम्पत्ति आर्जन गर्ने हिड्डुल गर्ने शान्त पुर्वक बस्न र बाँच्न पाउने, राज्यबाट प्रदान गरिएको सेवा सुविधा बिना झन्झट पाउने विषयमा योजना बनाई कार्यान्वयन गर्दछु । सो को लागि निर्वाचन क्षेत्रभर १० ठाउँमा स्वच्छ सेवा हटलाईन गुनासो केन्द्र स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

४) प्रत्येक निर्वाचन क्षेत्रका खेलकुद मनोरञ्जन केन्द्र र बाल उद्यान युवा केन्द्रीत व्यायामशाला वार्षिक ५ वटाको दरले निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

५) भ्रष्टाचार निर्मल गर्न स्थानिय निकायबाट र संघ प्रदेशबाट हुन योजनाको पारदर्शिता कायम राख्न अनुगमन समिति निर्माण गरी १५÷१५ दिनमा कार्य प्रगति विवरण पेश गर्ने गराउने प्रतिवद्धता व्यक्त गर्दछु ।

६) युवा उद्यमशिलतालाई उच्च प्राथमिकतामा राखी ५ वर्ष भित्र ५ वटा युवा स्वरोजगार तालिम केन्द्र स्थापना गर्न पहल गर्ने प्रतिवद्धता गर्दछु र
वार्षिक ५०० युवा युवतीलाई स्वरोजगार तालिम प्रदान गर्न मेरो मासिक भत्ता र सरकारबाट छुट्टै बजेट निकासा गर्ने पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

७) भ्रष्टाचार गर्ने व्यक्तिको पहिचान गरी त्यस्ता व्यक्तिलाई सामाजिक रुपमा निरुत्साहित गर्न भण्डाफोर अभियान गर्ने र स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नको लागि अख्तियार तथा सम्बन्धीत निकायमा सामुहिक उजुरी गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

८) गुणस्तरीय र सुलभ शिक्षा ।

९) आधारभुत स्वास्थ्य ।

१०) अपांगमैत्री तथा बालमैत्री पुर्वाधारहरु निर्माण ।

११) खानेपानी योजना ।

१२) नविकरणीय र बैकल्पिक उर्जा ।

१३) पर्यटन र पुर्वाधार विकास ।


सम्बन्धित खवर