घनेन्द्र बहादुर बस्नेत, अध्यक्ष, मितेरी पार्टी नेपाल
काठमाडौं । मितेरी पार्टी नेपालले आगामी मंसिर ४ को लागि प्रतिनिधिसभा चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणा पत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष घनेन्द्र बहादुर बस्नेतले यस पटक आफ्नो पार्टी संसदमा पुग्ने दावी गरे । साथै अब दल भन्दा पनि स्वतन्त्र व्यक्तिहरुको आवश्यकता रहेको पनि बताए । ठुला दल भनाउँदाहरु असफल भएकाले स्वतन्त्र व्यक्तिहरुले चुनाव जित्नु जरुरी छ । किन भने दलहरु असफल भएकोले जनताले विकल्प खोज्नु स्वाभाविक हो कार्यक्रममा बोल्दै बस्नेतले भने ।
हाम्रो पार्टी मुख्य गरी राष्ट्रियता, नेपालीहरुको एकता, सुशासन, शान्ति र विकासको अलावा प्रजातन्त्र र समाजवादलाई मुल सिद्धान्त बनाएर अघि बढिरहेको छ । सवल प्रजातन्त्रको दिगो स्थापना गरौं, स्वतन्त्र शान्ति क्षेत्र नेपाल राष्ट्रको सृजना गरौं । वाक स्वतन्त्रता, राजसंस्था, वैद्धिक सनातनहिन्दु अधिराज्य चाहन्छौं । पद बांढ्न ल्याईएको संघीयता गणतन्त्रको विरोधी हौं । अहिले देशमा जुन राज्य सत्ता सही ढंगले चलिरहेको छैन, सुशासन छैन, मात्र तानाशाह रहेको छ ।
विभिन्न देश हित विपरितका गरिएका सम्झौताले देशमा खतरा बढिरहेको छ । यदि राष्ट्र बचाउने हो भने राष्ट्रिय एकता तुरुन्त आवश्यक भईसकेको छ । प्रजातन्त्र नेपालको माटो सुहाउँदो र आत्मा सम्मान सहितको हुनुपर्छ । मितेरी पार्टी नेपालले वर्तमान शासक वर्गहरु हत्या, अपहरण, बलात्कार, कुसाशनको संरक्षक बनेको र राज्यसत्ता चलाउन समेत असफल भएको भन्दै निरन्तर आवाज उठाउदै आएको छ ।
राजतन्त्र, वैद्धिक सनातन हिन्दु अधिराज्य र जनता विना देश जोगिदैन । नेपाली जनता पिडामा छन् । जसलाई विस्वास गर्छन उनीहरुबाट धोका मात्र भएको छ । गास, वास, कपास, स्वास्थ्य, शिक्षा र रोजगार पाउन सकेनन् । सरकार पुरै भ्रष्ट रहेको छ । विदेशीको इसारा विना सरकार चल्नै सक्दैन । जब मुलकमा २००७ मा प्रजातन्त्र र २०४७ सालको बहुदलको घोषणा भएपनि प्रजातन्त्र संस्थागत हुन सकेन, चिन्तित छौं । जस पश्चात माओवादी १० वर्ष युद्धबाट भयो देशमा ठुलो नोक्सान भयो ।
२०४७ सालको संविधान फालेर संघीय गणतन्त्र घोषणा पछि झन देश असफलताको बाटोमा जाँदैछ र यसलाई रोक्नुपर्छ भन्ने गहन संकल्प सहित हामीले यस पार्टी गठन गरेका हौं । हामी जनाधार निर्माण गर्ने बाटोमा निरन्तर लागिरहेको छौ । अब छिट्टै यस व्यबस्थाको परिवर्तनको लागी एकताबद्ध छौं । अब हामी देश र जनतालाई प्रजातन्त्रको अनुभुती दिलाएर व्यवहारिक रुपमै जसले अहिलेको व्यबस्थालाई भङ्ग गरेर नेपाल र नेपाली भएर बाँच्ने, देशलाई समृद्धको बाटोमा लगेर जनतालाई भ्रष्टाचार निर्मुल पारी सुशासन र देशको समृद्धि हासिल गर्ने तर्फ केन्द्रित हुनेछौं । त्यसैले हाम्रो अहिलेको प्रमुख एजेण्डा भनेको सगरमाथा जस्तै उच्च बनाउँदै विकसित राष्ट्र बनाउनु हो ।
देशमा आर्थिक उत्पादन छैन, देश भष्ट्राचारमा लिप्त छ, महाकाली, कोसी, गण्डक लगायत बेचे, आज फेरी लिम्पियाधुरा र लिपुलेक, एसिसि र नागरिक विधयक जस्ता राष्ट्रघाती सम्झौता गरिरहेका छन् । २०४७ सालपछि बहुदलको नाममा देशका कलकारखाना लगायत सम्पत्तिहरु बेचेर खाए । त्यसैले देशको रक्षाको लागी र अभिभावकीय भूमिकाको लागि पनि संवैधानिक राजसस्थांको बाटोमा हामी उभिएका हौं । हामीले नेपालको माटो सुहाउँदो र ऐतिहासिकताको आधारमा हाम्रो पार्टीले राष्ट्रिय एकता र विखण्डनबाट रोक्न पनि राजसंस्था चाहिन्छ भनेका छौं ।
हाम्रो देश एकल र एकात्मक राज्य हो, धर्म, परम्परा र कला संस्कृतिको रक्षा गर्नका लागी र देशलाई विघटनबाट रोक्नका लागी पनि हिन्दु अधिराज्य र राजसंस्था चाहिन्छ । त्यसैले हामीले देश बचाउन र नागरिकको संरक्षर, स्वामित्वको अधिकार र अस्तित्वको संरक्षरको लागि राजसंस्था भनेका हौं ।
यस निर्वाचनमा आफ्नो पार्टीले उत्साहित सिट ल्याउने र जनताले पनि हाम्रो इमान्दारिता गतिविधि हेरिरहेका उनी सुनाउँछन् । यस निर्वाचन क्षेत्रको आवश्यकता अनुसार चुनावी घोषणा पत्र वा प्रतिबद्धता पत्र बनाउँदै चुनाव प्रचार तीव्र गरेको छ । निर्वाचन क्षेत्र, नगर, वडा आम शुभचन्तकहरुको बाक्लो उपस्थिति चुनावी प्रचार गर्नुको साथै विभिन्न व्यक्तिहरु सयौंको संख्यामा उपस्थित भएर देशभरि चुनावी प्रचार गरिरहेको सुनाए ।
निर्वाचन क्षेत्रको विकास र सुशासनमा जोड गर्ने योजना बनाएका घनेन्द्र बहादुर बस्नेतले आफ्नो पार्टीको जितलाई कसैले रोक्न नसक्ने ठोकुवा गरेका छन् । त्यसको लागि मतदाता र शुभचिन्तकहरु एकढिक्का भएर लाग्नुपर्ने उनको कथन रहेको छ । भ्रष्टाचार रहित सुशासन र समृद्ध समृद्ध मुलुक बनाउने मुख्य योजना हो । सामाजिक न्याय, दिगो विकास, मानव अधिकार, महिला अधिकार, जेष्ठ नागरिक जस्ता सवालमा जिम्मेवारी बोध गरी समृद्ध देश निर्माण गर्ने छौं उनले भने ।
फोहोर मैला हटाई वायुप्रदुषण रोक्ने, खानेपानी, सडक, ढल लगायत समस्या रहेका छन् यसलाई सुधारिनेछ । महिला र युवा उद्यमशील तालिम दिने, बालबालिकाहरुलाई नैतिकता र आध्यात्मिक सहितको व्यवहारिक र अनुशासित शिक्षामा जोड गरिनेछ । साथै ऐतिहासिक, धार्मिक साँस्कृतिक, प्राकृतिक आकर्षणका स्रोतसाधन र सम्पदालाई आर्थिक आर्जनको आधार बनाई काम गर्ने छौं । दक्ष, उद्यम शिलता र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराई व्यवस्थित शहर, जनउत्तरदायी, भ्रष्टाचारमुक्त देश बनाउने गरि काम गरिने छ ।
कृषि, वन जमीन, जंगल, जडिबुटी व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्दै योजनाहरु बनाई कार्यान्वयन गर्नेछौं । धार्मिक पर्यटन, नगर भित्रका ऐतिहासिक, धार्मिक साँस्कृतिक, प्राकृतिक आकर्षणका स्रोतसाधन र संम्पदालाई आर्थिक आर्जनको आधार बनाई काम गर्ने छौं । नगर क्षेत्रभित्र दक्ष, उद्यमशील र सु–संस्कृत नागरिक उत्पादन गर्न उत्कृष्ठ शिक्षाको विकास गरि माध्यमिक तहसम्म अनिवार्य पूर्ण निशुल्क र गुणस्तरीय शिक्षा सर्वसुलभ रुपमा गराउने छौं । पार्टीले जितेको खण्डमा पारिश्रमिक नलिइने र चर्को कर असुल्ने व्यवस्था हटाउने लगायत घोषणा पत्रमा मुख्य प्रतिबद्धता रहेका छन् ।