काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्तीमा काठमाडौं महानगरका प्रमु बालेन्द्र शाहले पनि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको नियति नियति दोहोर्याएका छन् । बस्तीमा डोजर सहित पुेका प्रहरी र सुकुम्बासीबीच दोहोरो झडप भएको छ ।
बस्ती हटाउन पुगेको प्रहरीलाई सुकुम्बासीले आक्रमण गरेपछि दोहोरो झडप भएको हो । बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले यसअघि नै सकुम्बासीबस्ती हटाउन अल्टिमेटम दिएकोमा खाली नगरेपछि महानगरप्रहरीसहित नेपाल प्रहरी हटाउनका लागि पुगेको थियो ।
समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । प्रहरीलाई स्थानीयले बस्तीमा प्रवेश गर्न रोक्दै ढुंगा प्रहार गरेपछि दोहारो झडप भएको हो । स्थानीयको ढुंगा प्रहारबाट २५ जना नगरप्रहरी घाइते भएका छन् । ढुंगा प्रहारबाट महानगरका एसपी राजु पाण्डेकै टाउको फुटेको छ ।
यता महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा हातहतियारसहित प्रर्दशनमा उत्रिएकाहरुलाई नियन्त्रणमा नलिई आफूहरु नफर्किने चेतावनी दिएका छन् ।
सो बस्तीमा अनाधिकृत रुपमा बनाइएको टहरा हटाउन पुगेका काठमाडौं महानगरपालिकाको डोजरलाई स्थानीयले अवरोध गर्ने क्रममा अवैध रुपमा हातहतियार समेत प्रहार भएको उल्लेख गर्दै उनले त्यस्ता अपराधिक गतिविधिमा संलग्नहरुलाई कारबाही नगरी आफूहरु सो क्षेत्रबाट नफर्किने बताएका हुन् ।
सोमबार अपरान्हदेखि सो बस्तीमा स्थानीयले डोजर चलाउने कार्यमा अवरोध गर्दै ढुंगामुडा समेत प्रहार गरेपछि महानगर प्रहरी बलका प्रमुख पाण्डेसहित करिव १० जना सुरक्षाकर्मी घाइते भएका छन् । अपराधिक गतिविधिमा संलग्न भएकाहरुले स्थितिलाई तनावपूर्ण बनाएको भन्दै महानगर प्रहरी बलका प्रमुख पाण्डेले उनीहरुलाई नियन्त्रणमा लिने र कानुन बमोजिम कारबाही हुने स्पष्ट पारे ।
यता, स्थानीयले भने आफूहरुलाई कुनै विकल्प नदिई बस्ती हटाउन खोजेको भन्दै काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र गृहमन्त्री बालकृष्ण खाणविरुद्ध चर्को नाराबाजी लगाउँदै प्रर्दशन गरिरहेका छन् ।
अहिले सो भीडलाई नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाले सुरक्षाकर्मीको परिचालनलाई व्यापक बनाएको छ । अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले गत मंसीर ४ गते भित्र अनाधिकृतरुपमा बनाइएको सो बस्तीको टहरा खाली गर्न निर्देशन दिएको थियो । तर सो निर्देशनको पालना नभएपछि बस्ती हटाउन डोजर परिचालन गर्नु परेको बताइएको छ ।