प्रधानमन्त्रीको लागी काँग्रेसभित्र तीव्र प्रर्तिस्पर्धा – रामचन्द्र पौडेल एक मात्र शसक्त दावेदार


काठमाडौं । गत मंसिर ४ गते आइतबार भएको प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनपछि अधिकांश दलका नेताहरु तथा निर्वाचित सांसदहरुले देशको नेतृत्व सम्हाल्ने पद ‘प्रधानमन्त्री’ पाउनुपर्ने वा बन्ने घोषणा गरेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीका लागि शसक्त दावेदार हुन् । उनले भन्दै आएका छन् की एक पटक कार्यकारी पदमा पुगेर देशको सेवा गर्ने चाहना छ भन्दै आउन भएको छ । त्यसैले राष्ट्रपति पदमा समेत उनी लोभिएका छैनन् ।

यता नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले ‘अबको प्रधानमन्त्री म’ भन्दै मतदातासंग भोट माग्दै विजय समेत भएपछि अब प्रधानमन्त्री को बन्छ भन्ने अहिले चौतर्फी बहस सुरु भएको छ । उनले दावी गरे लगतै अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन रहने बताईसकेका छ्न् । साथै केन्द्रीय सदस्य शसांक कोइराला समेतले दावी गरे संगै अब प्रधानमन्त्री को बन्छ भन्ने अहिले चौतर्फी बहस संगै काँग्रेसभित्र चर्काचर्की समेत सुरु भएको छ । यसरी दावी गर्नुलाई पौडेल बाहेक शक्तिशाली मन्त्रालय हत्याउन प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवासंग बार्गेनिङ गरेका हुन् की भन्ने चर्चा पनि रहेको छ । अन्त्यमा गगनलाई उचाल्नेहरु कसैको साथ नपाउने अवस्था पनि आउन सक्छ, देउवा निकट एक केन्द्रीय सदस्यले भने ।

यसैक्रममा अबको प्रधानमन्त्रीमा आफ्नो विकल्प नभएको भन्दै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले समेत घोषणाका छ्न्, जुन स्वाभाविक मान्दछन् उनी निकट नेता तथा कार्यकर्ता र शुभचिन्तकहरु । प्रधानमन्त्रीको दावी गर्दै आएका नेता पौडेलले क्रमशः गठबन्धनका नेताहरुलाई भेट्दै आएका छन् । पार्टी भित्रका नेताहरु, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाललाई भेटे संगै उनको पनि चर्चा चुलिदै गएको हो ।

गठबन्धन नेताहरुले पनि प्रधानमन्त्रीमा पौडेलको दाबी स्वाभाविक हुने बताएपछि उनी सो गृहकार्यमा अगाडि बढेको बताईन्छ । यता गठबन्धन घटक दलका नेता माधव नेपालले गठन्धनको नेता पनि भएको र गठबन्धन बनाउन तपाईंले दुःख गर्नु भएकाले पनि यसपटक प्रधानमन्त्री पाउनुपर्छ भन्नेमा हाम्रो पार्टी पनि सकारात्मक छ भनेर बताएको विश्वस्त स्रोत बताउंछ ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले मुलुकलाई विकास, सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिन आफ्नो भूमिका देशले खोजेको र सो पुरा गर्न आफुले सक्ने बताउँदै आएका छन् । अबको प्रधानमन्त्री आफु नै हुने दाबी समेत गर्दै नेता पौडेलले भने, ‘देश विकास, सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ ।

त्यो कार्यभार पूरा गर्न कार्यकारी बन्न बाँकी छ, देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु, देशको विकास, उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टि पनि मसँग छ । कार्यकारी भूमिका खेलेर सुशासन दिने सामस्र्थ पनि छ ।’ सुशासन भए मात्रै राष्ट्रले समृद्धि हासिल गर्न सक्ने र सुशासन दिन कार्यकारी पदमा पुग्नेसंग नैतिक बल चाहिने भएकाले आफु प्रधानमन्त्रीको योग्य उम्मेदवार भएको उनको दावी छ ।

प्रधनमन्त्री बन्ने बताइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत चुनाबकै समयमा तनहुँमैै पुगेर नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकै नेतृत्वमा सरकार बन्ने बताईसकेको समेत उनले बताए । तनहुँ क्षेत्र नम्बर १ का सत्तारुढ गठबन्धनका उम्मेदवार पौडेलको चुनावी सभामा पुगेर प्रचण्डले तनहुँबाट चुनाव जिताएर पठाए उनी प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएपछि उनी प्रधानमन्त्रीको लागी दाबेदार भएको स्वतः स्पष्ट हुन्छ ।

त्यसो त कांग्रेस महामन्त्री गगन थापाले पनि आफूलाई प्रधानमन्त्रीको दाबेदारका रुपमा उभ्याएका छन् । उनको भनाइलाई अर्का महामन्त्री विशवप्रकाश शर्माले पनि समर्थन गरिसकेका छन् भने प्रधानमन्त्रीकालागि काँग्रेस सभापति शेरबहादुर देउवापनि लागि परेका छन् । तर उनले मुख नखोले पनि आफु निकट नेताहरुलाई समर्थन प्राप्त गर्न गठबन्धनका नेताहरु, साना दल तथा स्वतन्त्र सांसदहरुलाई भेट्नका लागि खटाई रहेका छन् ।

 


सम्बन्धित खवर

अन्तर्वार्ता

स्वास्थ