नेपालले भारतलाई पठायो कूटनीतिक नोट


काठमाडौं । नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । महाकाली नदी अतिक्रमण गरी भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहेको सन्दर्भमा रोक्न माग गर्दै नेपालले कूटनीतिक नोट पठाएको हो । एक वर्षयता भारतीय पक्षले उत्तराखण्डको धार्चुलातर्फबाट सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी तटबन्ध बनाइरहेको छ ।

उक्त तटबन्धनको विरोधमा उत्रिएका दार्चुलास्थित नेपाली नागरिकमाथि भारतीय पक्षले लगातार आक्रमण गरिरहेपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएको हो । सोमबार गृहमन्त्रालयले दार्चुलाको सीमा क्षेत्रमा भईरहेका घटनाबारे तयार पारेको स्थलगत प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएपछि मंगलबार नेपालले भारतलाई कुटनीतिक नोट पठाएको हो ।

 


सम्बन्धित खवर

अन्तर्वार्ता

स्वास्थ