रघुको निर्देशनमा ‘खुसीको क्रिसमस ह्याप्पी मेरी क्रिसमस’


फिल्म । नेपाली फिल्मका निर्माता तथा राजनीतिज्ञ रघु परियार निर्देशक बनेका छन् । उनको निर्देशमा ‘खुसीको क्रिसमस ह्याप्पी क्रिसमस’ बोलको गीतको भिडियो तयार भएको छ । फिल्म निर्माणमा रहेका रघु भिडियोमा भने निर्देशक बनेका छन् । उनले आउँदो क्रिसमसलाई ध्यानमा राख्दै गीत तयार गरिएको बताए । केही दिन अगाडी मात्र रेकर्ड गरिएको गीतको भिडियो तयार भएको हो ।

भिडियोमा समेत रघु देखिएका छन् । उनीसँगै इन्दिरा पोखरेललाई देख्न सकिन्छ । गीतमा पुरुषोत्तम न्यौपाने, अमृता रेग्मी, शीवराज गौतमले स्वर दिएका छन् भने पुरुषोत्तमकै संगीत र रघुको शब्द रहेको छ । यसलाई दिपेन बस्नेतले छायांकन गरेका हुन् । नेपाल जनता दलका वरिष्ठ उपाध्यक्ष समेत रहेका रघुको निर्माणमा नेपाली इन्डियन फिल्म ‘सायरा’ निर्माण हुँदैछ । यसको छायांकन सन् २०२३ मा गर्ने तयारी निर्माण पक्षको छ ।


सम्बन्धित खवर