नेपाली कांग्रेस यही ढंगले अघि बढे इण्डियन कांग्रेसकै हालत हुन्छः ढकाल


विष्णुप्रसाद ढकाल, राष्ट्रवादी तथा प्रजातान्त्रिक व्यक्तित्व

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. २ का स्थाई बसोबास गर्ने यहि माटोमा चिर परिचित काठमाडौं जिल्ला साविक काभ्रेस्थली गा.वि.स. हाल तारकेश्वर नगरपालिका वडा नं. २ का स्थानीय वासिन्दा हुन् । विगत लामो समयसम्म नेपाली कांग्रेस पार्टीको सक्रिय सदस्य भई राजनीति गर्दै आएकोमा पार्टीको नीति सिद्धान्त अनुसार जनताको अपेक्षा अनुसार विकास निर्माणका काम गर्दै आएकोमा हाल राजनीतिक परिवेश सत्ता मोहमा केन्द्रीत भएको र आप्mना आसेपासे मात्र कार्यकर्ता हुन, अरु होईनन् भन्ने मान्यता बोक्ने, कुर्सीका लागि जुन दलसंग पनि जाने, राज्य संचालन गर्ने तौर तरिका पनि बदलिएकोले म कांग्रेसको महासमिति सदस्यसम्म भएको व्यक्ति पार्टीको गतिविधि चित्त नबुझेकोले स्वतन्त्र रुपमा क्रियासिल रहंदै आएको छु ।

म सुरुदेखि नेपाली कांग्रेसमा आबद्ध भई जन्म सिद्ध कांग्रेसी अथवा प्रजातन्त्रवादी भन्न रुचाउँछु र हुं । नेपाली कांग्रेसले जब नेपाली जनताको गास, वास, कपास, शिक्षा, स्वास्थ्य, र रोजगारको एजेण्डालाई छाड्यो । कम्युनिष्टहरुसंग मिलेर विदेशी भुमीमा १२ बुंदे सहमति गरि राजसंस्था, हिन्दु अधिराज्य नेपाल फ्यांकी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा हिंड्यो । अर्को नातावाद, कृपावाद र धनवाद हिंड्न थालेपछि हजारौं इमान्दार नेता, कार्यकर्ता र शुभचिन्तक पलायन र रुष्ट र असन्तुष्टि बढ्न थालेपछि हामीले नेपाली काग्रेसबाट विद्रोह गरि वी.पी. कांग्रेस स्थापना गरेको तर पार्टी भित्र सभापति सुशीलमान शेरचनको गलत रवैया र वैचारिक असहमति भएपछि उक्त पार्टी त्याग गरि स्वतन्त्र रुपमा अघि बढिरहेको छु । मसिर ४ को चुनावले स्वतन्त्रहरुको एजेण्डा बलियो बलियो भएको छ । किन भने दलहरु देश बनाउन असफल भएकोले स्वतन्त्रहरुको एजेण्डा वा आवाज बलियो हुनैपर्छ ।
मंसिर ४ को चुनावी यात्रा पछि मलाई विभिन्न दलहरुले बोलाई रहेका छन् । कांग्रेसकै शेखर कोईराला समूह, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेपाल समाजवादी कांग्रेसले आफ्नो पार्टीमा बोलाई रहेका छन् । साथै कृष्ण कंडेल समेतले नयाँ अभियान मिलेर गरौं भनिरहनु भएको छ । तर तत्कालै कुनै दल समाउने पक्षमा म छैन, स्वतन्त्र पक्षधर वा स्वतन्त्र अभियानमै रहन्छु । विपी कांग्रेसको साथीहरुले पनि बोलाई रहेको छ । विपी कांग्रेसको चुनावमा सर्वनाक हार हुनुमा चुनावको अवधिमा सभापति सुशीलमान शेरचनको गलत अभिव्यक्तिको कारण हो । यदि विपी कांग्रेसलाई राम्रो ढंगले अगाडि बढाउने हो भने वर्तमान पदाधिकारीहरुले चुनावी परिणामको नैतिक जिम्मेवारी लिदै राजिनामा दिनुपर्छ । सुशीलमान शेरचनकै कारण विपी कांग्रेस सक्कियो । हिजोका दिनमा सुशीलमानका बुबा योगेन्द्रमान शेरचनले देशको लागि ज्यान गुमाए, सत्ता चाहिएन । गणेशमान सिंहले पाएको प्रधानमन्त्री पद छाडे । सत्ताको लोप गरेनन् तर तिनै त्यागी नेताका छोरा सुशीलमान र प्रकाशमान सिंह सत्ता, पैसा र पद मात्र चाहिने, अरुलाई देख्दै नदेख्ने एकै खालका भए, जुन विडम्वनापूर्ण रहेको छ ।

मैले चुनावी अभियानबाट धेरै कुरा सिक्ने अवसर पाएं । स्वतन्त्रहरुको जुन आवाज र एजेण्डा हो, त्यसले जितेको छ । पुराना विसंगति, विकृति र भ्रष्टाचार विरुद्ध शसक्त आवाज बनेको छ । देशको राजनीतिलाई कसरी हेर्नु भएको भन्ने प्रश्नमा ढकाल भन्छन्, यी दलहरुको वर्चश्व रहुञ्जेल देश बन्दैन, विकास हुंदैन । त्यसैले पनि स्वतन्त्र तथा नयाँ शक्तिको उदय हुनैपर्छ । त्यसरी बहुमतद्धारा संविधान संशोधन गरि संघीयता खारेज गर्नुपर्छ । हिन्दु राज्य, संवैधानिक राजसंस्था र अखण्ड नेपाल बनाउनुपर्छ । धेरै राजा हुनु भन्दा एउटै राजा ठिक भन्ने आवाज जनताले नै भनिरहेका छन् । र आजको आवश्यकता पनि त्यहि हो । सुसाशन विना देश बन्दैन । यी काम गर्नको लागि माथिको हरफमा पनि भनिसकेको छु की नयाँ शक्तिको अनिवार्य आवश्यकता रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिनुलाई के भन्नुहुन्छ ? भन्छन्, रवि लामिछानेको पार्टी सरकारमा जानु गल्ती थियो, सरकारमा गईसकेपछि सरकार छाड्नु अर्को गलत भयो । फरक ढंगले अघि बढ्ने उद्देश्य लिएको राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ ढंगले अघिबढ्नु जरुरी छ । रवि लामिछानेले मिडिया माथि जुन टिप्पणी गर्नु भएको छ, मिडिया पनि सत्यतथ्य ढंगले अघि बढ्नुपर्छ । अर्को कुरा अदालतमा धेरै मुद्धाहरु वषौंदेखि फैसला हुन सकिरहेको छैन तर रवि लामिछानेको मुद्धा यति छिटो पैmसला हुनुलाई दालमा कुछ काला छ भन्ने प्रमाणित हुन्छ । उनी माथि पुर्वाग्रह राखिएको प्रष्ट देखिन्छ ।

आज नेपाली कांग्रेसले आज सत्ता लिप्सा र आफ्नै कारणले सारा सत्ता गुमाउन पुगेको छ । कांग्रेस पार्टी यहि खालको गल्ती गर्दै जाने हो भने इण्डियन कांग्रेसको हालत हुन्छ । सभापति शेरबहादुर देउवाकै कारण आज कांग्रेसको यो हालत भएको हो । अहिले संसदमा पार्टी ठुलो दल भएको भन्ने छ, माओवादीको कारण संसदमा ठुलो दल बनेको हो । तर कांग्रेसले माओवादीलाई भोट हालेन, त्यसको थुप्रै प्रमाण म संग रहेको छ । कांग्रेस सत्ता विना बाँच्न सक्दैन । अर्को कांग्रेसको अहिलेको नेतृत्वबाट देशले राजनीतिक, आर्थिक उन्नति, स्वास्थ्य शिक्षा र रोजगारी पाउंदैन । प्रतिपक्षमा बस्नुपर्नेमा सत्ता लिप्साकै कारण लाज पचाएर प्रचण्ड सरकारलाई संसदमा भोट हाल्यो । भोट हाल्नु नै रहेछ त प्रचण्डलाई साढे दुई वर्ष प्रधानमन्त्री दिएको भए, आज सारा सत्ता गुम्दैनथ्यो नि । म एउटा कुरा तपाईको मिडिया मार्फत खुलासा गर्दछु, कांग्रेसकै पदाधिकारीहरुले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन चाहदैनथ्यो । त्यसैले अहिले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको बहस चलिरहेको छ । राष्ट्रपति कांग्रेसले पाउने सम्भावना पनि रहेको छ, जुन माओवादीको हालमा रहेको छ । यदि यहि ढंगले जाने हो भने प्रचण्ड पाँच वर्ष नै प्रधानमन्त्री बन्न सक्छन् तर प्रचण्डले राष्ट्रपतिमा एमालेसंग सहमति गरेको हो भने इमान्दारितामा प्रश्न उठ्छ । यदि प्रचण्डले आफ्नो राजनीति नसकाउने हो भने एमालेको पुर्वसहमति अनुसार नै अघि बढ्नु पर्छ भन्ने मेरो सल्लाह दिन चाहन्छु ।

अहिले नेपालको राजनीतिमा केपी ओली नै राजनेता हुन् । चुनावमा पाँच दलसंग एक्लै सामना गर्नेदेखि लिएर वर्तमान अवस्थामा कांग्रेस अनिर्णित भएको अवस्थामा प्रचण्डलाई प्रधानमन्त्री बनाएर देशलाई निकास दिए । देशको राष्ट्रवादी एजेण्डामा उनको अडान कायमै रहेको छ । अहिले कांग्रेसमाबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाको अलावा शेखर कोइलाको पनि चाहना रहेको मैले पाएको छु । स्वतन्त्र व्यक्तिहरुको चर्चा पनि भईरहेको अवस्थामा दलीय व्यवस्थामा दलकै तर्फबाट राष्ट्रपति हुनुपर्दछ भन्ने मेरो सोच रहेको छ ।

म वी.पी.कोईरालाको सञ्चा अनुयायी हुं । उहांले भन्नुभए जस्तै एक हल गोरु, एउटा झुपडी र दुहुनो गाई जुन परिकल्पना गर्नु भएको थियो त्यसकै पक्षमा निरन्तर लागिरहेको छु, लागि रहनेछु । म मुख्य गरी राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मुल सिद्धान्त बनाएर अघि बढिरहेको छु । वाक स्वतन्त्रता, राजसंस्था, हिन्दु अधिराज्य चाहन्छौं । पद बांढ्न ल्याईएको संघीय गणतन्त्रको विरोधी हुं । एमसिसि, एसपीपीको विरोधी हुं । अहिले देशमा राज्य सत्ता सही ढंगले चलिरहेको छैन, सुशासन छैन, मात्र तानाशाह रहेको छ । यसको विरुद्ध निरन्तर आवाज उठाउनेछु ।

 


सम्बन्धित खवर