नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य, वर्षाले खेल प्रभावित


काठमाडौं । एसिया कपमा नेपालले भारतलाई २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको क्यान्डीमा भएको खेलमा नेपाल १० बल अगावै अलआउट हुँदै २३० रन बनायो । सम्मानजनक योगफल तयार पार्न आशिफ शेखले अर्धसतक प्रहार गरे । ९७ बल खेलेका उनले ८ चौकासहित ५८ रन बनाए । त्यस्तै सोमपाल कामीले ४८ रन बनाए ।

५६ बल खेलेका उनले दुई छक्का र एक चौका प्रहार गरे । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३८ रन बनाएर पेभेलियन फर्किँदा दीपेन्द्र सिंह ऐरीले २९ र गुल्शन झाले २३ रन बनाएर आउट भए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउण्न सकेनन् ।

भीम सार्की ७, रोहित पौडेल ५, कुशल मल्ल २ रन बनाउँदा, सन्दीप लामिछाने ९ र करण केसी २ रनमा अविजित रहे । ललिता राजबंशी भने शून्य रनमै आउट भए । त्यस्तै भारतका मोहम्मद सिराज र रविन्द्र जडेजाले तीन-तीन विकेट लिए भने मोहम्मद सामी, हार्दिक पाण्डे र श्रदुल ठाकुरले एक-एक विकेट लिए ।

यद्यपी एसिया कप-२०२३ मा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ । सोमबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा २३१ रनको लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा पानी परेको हो । हाल क्रिजमा भारतका कप्तान रोहित शर्मा र शुभमन गिल रहेका छन् ।


सम्बन्धित खवर