कृषि प्रधान देशमा उत्पादन खोई ?


दीपक बस्नेत, सचिव, जनप्रजातान्त्रिक पार्टी नेपाल

देशको राजनीतिक आर्थिक अवस्थालाई कसरी हेर्नु भएको छ ?
हाल देशमा ३ करोडको हाराहारी जनसंख्या रहेको छ । देशमा राजनीतिक र आर्थिक लगायत थुप्रै विकृति विसंगति र समस्या रहेका छन् । जनसंख्याको पचास प्रतिशत जनता रोजगारीको लागि खाडी मुलुक तथा तेस्रो मुलुक धाईरहेका छन् अथवा जान बाध्य छन् । यसो हुनुमा राजनीतिक दलहरुको भिजन नहुनु र गलत रवैयाले मुख्य भूमिका रहेको छ । निस्चित व्यापारी र दलका नेताहरुले देशलाई ल्ट्ने काम मात्र गरिरहेका छन् । देश ल्ट्नेहरुलाई तत्कालैलाई हटाउन सके मात्र देश बन्दछ । त्यसरी जनतालाई विदेशीनबाट रोक्न सकिन्छ र रोजगारी दिने मात्र बनाउने होईन, धनी बनाउने शुत्र हामीसंग छ । सबै मिलेर विकासको वातावरण बनाउन सक्दा मुलुक सम्पन्न हुन्छ । कृषि प्रदान देश भएर पनि पनि किसानको सम्मान र कुषिको आधुनिकीकरण गर्ने योजना कसैसंग नहुंदा नेपाली जनताले दुख पाईरहेका छन् । त्यसैले हाम्रो एजेण्डा मुख्यतः उत्पादन तथा कृषि क्रान्ति नै हो । आफ्नै देशमा हुने उत्पादनमा पनि हामीले जोड गर्न नसक्दा अर्काको देशबाट ल्याएर खाद्यान्न खानु परेको छ । यसलाई निरुत्साहित गरेर अघि बढ्ने हाम्रो योजना रहेको छ ।

आर्थिक उन्नतिको खाका के छन् त ?
कृषि क्रान्ति, स्वास्थ्य, शिक्षा र उत्पादनमा जोड गर्ने वित्तिकै नेपालको आर्थिक उन्नति भईहाल्छ । स्वास्थ्यमा वर्षको एक हजार रुपैयाँ बिमा गर्न सकिन्छ । यसरी मात्र जनताको निशुल्क स्वास्थ्य उपचार गर्न सकिन्छ । शिक्षालाई व्यवहारिक बनाउने गरि अध्यापन दिनुपर्छ । स्कुलदेखि नै विषयगत सहित कृषि, प्राविधिक (इन्जिनिरिङ लगायत…) र सम्पूणर् मेकानिकल सम्वन्धी पढाई हुंदा सबै काम पोख्त हुन्छन् र आफुले जानेको काम अनुसारको पेशा अंगाल्न सक्छन् । त्यसो हुंदा देश विदेश सबै ठाउँमा राजगारीका लागि बिक्न सक्छन् ।

उत्पादन तथा कृषि क्रान्तिको कुरा पनि गर्नु भएको छनि ?
हो, तर मुखले मात्र कृषि क्रान्ति भन्ने पक्षमा हामी छैनौ । उत्पादनमा जोड गर्न हामीले कम्पोष्ट र रसायनिक मल उत्पादनमा जोड गर्न लागि परेका छौं । हिमाली क्षेत्रमा स्याउ उत्पादनमा जोड गर्नेछौं । तराई मधेशमा धान उत्पादन र माछा पालनमा जोड गर्ने छौं । कोसी मेची जोडेर माछा लगायत त्यहां उत्पादन हुने खाद्यान्न उत्पादन गर्नेछौं । पहाडको हकमा तरकारी, फलफुल र पशपंक्षी लगायतको उत्पादन गर्न सकिन्छ । यसबाट अहिले भईरहेको व्यापार घाटा घटाउन सकिन्छ । यसले कृषि क्रान्तिको लागि ठुलो ढोका खोल्नेछ । हामीले उत्पादन गर्ने खाद्यान्नलाई किसान बैंक बनाई बिना बिचौलिया उपभोक्ताको घरघरमा पुर्‍याउने छौं । कृषकको उत्पादनलाई औद्योगिकरण तथा कोल्ड स्टोर गर्छौं ।

तर देशलाई भ्रष्टाचारले गिजोलेको छ, यसलाई रोक्न के गर्नु पर्ला ?
हो नेपाललाई मुख्यतः व्यवस्था र भ्रष्टाचारले गाँजेकै छ । भ्रष्टाचार रोक्न राष्ट्रिय संकल्प आवश्यक छ । विकास निर्माणमा हुने भ्रष्टाचार रोक्न कठोर बन्नैपर्छ । संस्थागत रुपमा रहेको भ्रष्टाचार रोक्न नयाँ नितीनियम र कानुन बनाउने छौं । जस्तो कुनै पनि आवश्यक सडकहरु पूरा नरहुन्जेलसम्म अर्को सडक सुरुवात नगर्ने कानुन बनाईनेछ । यसले हिउँदभरी सडक खन्ने र बर्खा भरि बगाउने अनि भ्रष्टाचार गरिरहने अहिलेको प्रक्रिया बन्द हुन्छ । विकास निर्माण लगायत अन्य कामलाई पनि त्यसरी नै अघि बढाउने छौं ।

कर्मचारीतन्त्रमा पनि विकृति उत्तिकै छन् त ?
राष्ट्रसेवक कर्मचारीहरुलाई सुविधा सम्पन्न बनाईनेछ । आठ घण्टा डियुटीको समय छुट्याईने छ । माथि उल्लेखित उत्पादनमा जोड गर्ने बित्तिकै देशको ढुकुटी आर्थिक रुपमा बलियो हुन्छ । अहिले तलव सुविधा कम भएर पनि भ्रष्टाचार भईरहेको भन्ने छ । सुविधा सम्पन्न तलव सुविधा दिंदा पनि पनि भ्रष्टाचार गरेमा सिधै बर्खास्त गर्ने कानुन बनाईनेछ । अझ भन्न चाहन्छौंं की भ्रष्टाचार अवस्था हेरेर मृत्यू डण्डसम्मको कानुन बनाउन लागि पर्नेछौं । टे्रड युनियन व्यवस्था हटाउने र एनजिओ/आइएनजिओ समेत खारेज गरिनेछ । स्मरण रहोस, अमेरिका जस्तो देशमा समेत ट्रेड युनियनले दुख दिएपछि अधिकार नियन्त्रण गरिएको छ । सिंगापुर समेत ट्रेड युनियन खारेज गरेपछि तिव्र विकास गरेको हो । नेपाल विकास हुन नसक्नुको अर्को कारण ट्रेड युनियनको व्यवस्था पनि हो । हामीले धेरै ठुला कुरा गरेका छैनौ । माथि उल्लेखित थोरै कामको सुरुवात गर्दा मात्रै पनि देश सम्पन्न हुन्छ, देश सम्पन्न भएपछि जनता पनि सम्पन्न र खुसी भईहाल्छन् ।

सेना तथा प्रहरी अथवा सुरक्षाको हकमा कसरी अगाडि बढ्नुहुन्छ ?
हामीले सुरक्षा अथवा सेना तथा प्रहरी लगायत निकायलाई सुरक्षाको अलावा देश विकासमा लगाउने कानुन निर्माण गर्नेछौं । सडक, लगायत अन्य विकास निर्माण र जलविद्युत उत्पादनमा जोड गरिनेछ । यसबापत थप सेवा सुविधा हुने बिक्तिकै उनीहरुमा जोस जाँगर बढ्नेछ । बिजुली गाडीमा जोड गर्दै राजधानी, काठमाडौ र झापाको कांकडभित्ता र पूर्व पस्चिम लगायतमा सेवा सञ्चालन गरिनेछ । जसले अहिले महंगो मुल्यमा आयत गर्नु परेको पेट्रोल डिजेलको अन्त्य गर्न सघाउँछ । पर्यटनको विकास गर्न सगरमाथाको फेदीसम्म चार लेनको बाटो निर्माण गरिने छ । सुरक्षा दिनुको साथै उनीहरुलाई सेवा सुविधामा जोड गरिने छ । साथै धार्मिक पर्यटनलाई प्राथमिकता दिईने छ ।

देशको नागरिकता समस्या कसरी हल गर्न सकिएला ?
नागरिकताको विषयमा अहिले भईरहेको बेतिथि हटाउन कडा कानुन बनाईने छ । वंशज, ठाउँ र जन्म मितिको आधारमा नागरिकता दिन सकिन्छ । यसो हुंदा हिजो अपारदर्शी रुपमा दिईएको नागरिकता स्वतः खारेज हुनछ । विदेशीसंग ऋण तथा पैसा नलिने कानुन बनाउने छौं । बरु उद्योग कलकारखानामा लगानी गर्न आग्रह गर्दछौं । त्यसकालागि उद्योगबाट उत्पादन बजारमा नजाउन्जेलसम्म के कसरी सुविधा दिन सकिन्छ दिईनेछ । किनकी आजको विश्वव्यापी खुल्ला अर्थ निती, भू-राजनीति र व्यापारलाई जोड गर्नैपर्छ । एमसिसि र विआरआई देशको हितमा नभएकोले खारेज गर्नुपर्दछ । साथै मिचिएका भुभाग कुटनीतिक माध्यमबाट फिर्ता गरिनेछ ।

अब थोरै राजनीतिक प्रसंगमा जाऔं, तपाईहरुको राजनीतिक एजेण्डा के-के हुन् ?
राजनीति एजेण्डामा राजसंस्था, अखण्ड नेपाल रहेको छ । हामीले शासकीय स्वरुपमा संवैधानिक राजा र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भन्दै आएका छौं । संघीयता तत्कालै खारेजी हुनुपर्छ, देशले संघीयता धान्न सक्दैन । हिन्दु, बुद्धिष्ट र मुस्लिमबाटै नेपाल बनेको बनेको हो । त्यसैले जनप्रजातान्त्रिक पार्टी नेपालको झण्डामा तीन तारा समावेश गरेका छौं । त्यसैगरी हिमाल, पहाड, र तराई मधेश जोड्ने गरीझण्डाको रंग तय गरेका छौं । पुरानै पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्लानै हुनुपर्नै र स्थानीय निकायलाई विकेन्द्रीकरण मार्फत बलियो बनाउनु पर्छ पार्टी स्पष्ट अडान रहेको छ ।

निर्वाचन प्रणालीलाई कसरी व्यवस्थित गर्न सकिएला ?
हामीले निर्वाचन प्रणालीलाई सुधार गर्न काम र भिजनको आधारमा भोट हाल्ने व्यवस्था गनेर्छौं । प्रचारप्रसारका क्रममा उसले राख्ने काम र योजनाका आधारमा जनताले भोट हाल्ने व्यवस्था हुंदा अहिले भईरहेको अस्वाभाविक आर्थिक चलखेल अन्त्य गर्न मद्दत गर्नेछ । साथै देश घात गर्नेलाई कडा डण्ड सजाय गर्ने कानुन बनाईने छ ।

अन्त्यमा पार्टीको सैद्धान्तिक मान्यता र आगामी यात्राबारे प्रष्ट पारिदिनुहोस न ?
पार्टीको संद्धान्तिक मान्यता राष्ट्रियता, शुद्धलियता समाजवाद र स्वाभिमान रहेको छ । माथि उल्लेखित देश विकासको खाका यसै सिद्धान्तमा आधारित रहेको छ । र हाम्रो अर्थ निती समाजवादमा आधारित हुनेछ । मंसिर १ गतेदेखि…. पार्टीको व्यापक संगठन निर्माण गर्ने साथै पार्टीको नीति, नियम र सिद्धान्तलाई दस्तावेजीकरण गर्दै जनताको घरदैलोमा पुग्ने छौं । साथै जन युवा लिग निर्माण गरि जनताको स्वंयमसेवकको रुपमा काम गर्ने छौं । २०८४ सालको चुनावसम्म पार्टीलाई स्थानीय निकाय र केन्द्र सरकारमा उपस्थिति हुने गरी अघि बढ्नेछौं ।


सम्बन्धित खवर