काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सञ्जिला कुमारी यादवलाई मधेस प्रदेशसभाका समानुपातिक सांसद बनाउने निणर्य गरेको छ ।
पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवलाई मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने निणर्य गरेको हो ।
बिन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा जसपाले यादवलाई सिफारिस गर्ने निणर्य गरेको कार्यकारिणी सदस्य प्रकाश अधिकारले जानकारी दिए ।
बैठकमा संसदमा रहेको विभिन्न विधेयकहरुमाथि पनि छलफल भएको उनले जानकारी दिए ।