सर्वोच्चद्धारा रिगलको कैद मिनाहा बदर, नेपालगञ्जबाट पक्राउ


काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ । बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निणर्यलाई बदर गर्ने परमादेश दिएको हो ।

चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएका थिए । बाँकी कैद माफी पाएर रिगल संविधान दिवसको दिन छुटेका थिए । त्यस निणर्यविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

नेपाली कांग्रेसका नेता योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निणर्य बदर गरेसँगै जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई नेपालगञ्जबाट पक्राउ गरेको हो ।

संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निणर्य बदर गर्दै सर्वोच्च अदालतले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो। बिहीबार सर्वोच्च अदालतले रिगलको बाँकी कैद माफी गर्ने निणर्य बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । अदालतले रिगललाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको थियो ।


सम्बन्धित खवर