आरके शर्मासहित पाँच जनाविरूद्व एनआरएनएका अध्यक्ष बद्री केसीले दिए प्रहरीमा उजुरी


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बद्री केसीले अध्यक्षमा पराजित आरके शर्मासहित पाँचजनाविरूद्व प्रहरीमा उजुरी दिएका छन् । आरेक पक्षले ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र कर्मचारीहरूलाई काम गर्न नदिने हेतुले बाट खतरा रहेको भन्दै कसीले सुरक्षाको माग समेत गरेका छन् ।

‘कार्यालयमा प्रवेश गरी अनाधिकृत रुपमा जीउ, ज्यान र सम्पत्तिमा हानी नोक्सानी पुर्‍याउने हेतुले धम्की दिने लगायत कार्य गरी संघको दैनिका कार्य सम्पादनमा समेत असर परिरहेको छ,’ उजुरीमा भनिएको छ ।

मंगलबार एनआरएनएको बालुवाटारस्थित कार्यालयमा केसी पक्ष र निर्वाचनमा पराजित आरके शर्मा पक्षबीच झडप भएको थियो । पूर्व मन्त्री एवम् एमाले नेता महेश बस्नेतसहितका नेता कार्यकर्ताको उपस्थितिमा नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन कार्य चलिरहेका बेला दुई पक्षबीच झडप भएको हो ।

आरकेको नेतृत्वमा बुद्धि सागर सुवेदी, गंगाधर गौतम, ठाकुर प्रसाद ढुङ्गाना, ओम शर्मा लगायत व्यक्तिहरु संघमा कुनै जानकारी नदिई गैरकानूनी र अनाधिकृतरुपमा प्रवेश गरी पूर्व मन्त्री महेश बस्नेतलाई गाली गलौज गरी अनुमतिबिना फोटो खिच्ने, व्यक्तिगत चरित्र, आचरण, नैतिकता र ख्यातिलाई होच्याई चरित्र हत्या गर्ने र संघको कार्यालयमा हुलदङ्गा गर्ने कार्य गरेको भन्दै उनीहरूमणथि कारबाहीको माग गरिएको छ ।


सम्बन्धित खवर