देश भोकमरीको चपेटामा पर्नसक्ने अवस्था रहेको छ


दीपक बस्नेत 
            दुर्गा प्रसाईले मंसिर-७ मा प्रर्दशनको तयारी गर्नुभएको छ, त्यसमा म लगायत हाम्रो पार्टीको ऐक्यबद्धता रहेको छ । उहाँले राजसंस्था, सनातन हिन्दु राज्य र समसामयिक एजेण्डा रहेको छ । वास्तवमा देश माफियाहरुले नै चलाईरहेको जस्तो छन् । वित्तिय वा बैक लगायतमा भएको विकृति विरुद्ध आवाज जरुरी थियो, छ । जनताको पैसामा मोज गर्ने अधिकार कसैलाई छैन । बैकका सिईओहरुलाई वार्षिक करोडौं तलव दिने गरेको सुनिन्छ, कमिशन पनि त्यसरी नै खाने गरेको चर्चा हुन्छ । अर्को अनावश्यक कर्मचारी राखी दिईने तलव भत्ता नियमन गर्ने काम राष्ट्र नेपाल बैंक लाग्नैपर्छ । ७.५ प्रतिशतमा पास भएको ऋण थाहै नदिई १५ प्रतिशत पुर्‍याउंदा राज्यको ध्यान केन्द्रीत किन हुंदैन ? आखिर मिटरव्याजी त वित्तिय संस्थाहरु नै देखिए नि ।
काठमाडौं । नेपाल सनातनदेखि एक हरेक कोणबाट सुन्दर शान्त रहंदै आएको छ । असान्त बनाउन नखोजिएको होइन तर हाम्रा पूर्खाहरुको वलिदानले नेपाल संधै स्वतन्त्र रह्यो । कसैको अन्डरका रहेन । त्यस्तो बलिया देशलाई वर्तमान शासक वर्गले भोकमरीमा पर्न सक्ने अवस्थामा पुर्‍याएका छन् । लाखौं युवा युवतीहरु विदेशीन बाध्य बनाइएको छ । आजको दिनमा नेपाल यस्तो अवस्थमा पुर्‍याइएको छकि विवाहमा जन्ती र मृत्युमा मलामी पाउन समेत गाह्रो हुने स्थितिमा पुगेको छ । यस्तो किन भयो त भन्दाखेरी राज्यले अन्तराष्ट्रिय विमानस्थलमा विदेशीनेको भीड देख्न सकेन । यसलाई रोक्ने उपाय हामीसं रहेको छ । यदि सरकारले देश बनाउन चाहन्छ भने उत्पादन तथा कृषिमा जोड गर्नैपर्छ । त्यसो गर्न सक्दा हाम्रो उत्पादनले रोजगारी र देशलाई आत्मा निर्भर बनाउनुको साथै विश्वमै निर्यात गर्न सकिन्छ । आजको विश्वव्यापी जमानामा असम्भव भन्ने कुरा केही छैन । किनकि नेपालमा समुद्र बाहेक सबै सम्भावना रहेको छ ।
नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं । यति पनि गर्न सक्नुहुन्न भने देश हामीलाई चलाउन दिनुहोस । देशलाई यसरी अंध्यारोतिर धकेल्ने अधिकार कसैलाई छैन । अब अति नै भईसकेको छ, क्षति धेरै भईसकेको छ, त्यसैले सबैमा सत्बुद्धि पलाओस् नत्र हामी चुप लागेर बस्न सक्दैनौ ।
ठुला कुरा गरेर मात्र देश चल्दैन । देश बनाउनको लागि राष्ट्रिय संकल्प अनिवार्य छ । हाम्रा सांसद मन्त्री तथा उच्च पदस्थहरुले घरघरमा कौसी तथा करेसाबारीमा आफुले खानपुग्ने तरकारी त लगाऔं, अनि त्यहीबाट सोच बदलिन सुरु हुन्छ । के हामीले जे कुरामा पनि विदेशीको मुख ताक्ने हो ? यसले हामीलाई कहां पुर्‍याइ सक्यो, अब सबैले समिक्षा गर्नै पर्छ । देशलाई बनाउनको लागि हामीसंग स्पष्ट सोलुशन वा भिजन रहेको छ । मैले विगतमा पनि भनिसकेको छुकि नेपाललाई बनाउन धेरै गाह्रो छैन, सोच मात्र बदलिन जरुरी रहेको छ ।
मुख्यतः कृषि क्रान्ति, स्वास्थ्य, शिक्षा र उत्पादनमा जोड गर्ने वित्तिकै नेपालको आर्थिक उन्नति भईहाल्छ । छोटोमा भन्नु पर्दा स्वास्थ्यमा वर्षको एक हजार रुपैयाँ बिमा गर्न सकिन्छ । यसरी मात्र जनताको निशुल्क स्वास्थ्य उपचार गर्न सकिन्छ । शिक्षालाई व्यवहारिक बनाउने गरि अध्यापन दिनुपर्छ । स्कुलदेखि नै विषयगत सहित कृषि, प्राविधिक (इन्जिनिरिङ लगायत…) र सम्पूणर् मेकानिकल सम्वन्धी पढाई हुंदा सबै काम पोख्त हुन्छन् र आफुले जानेको काम अनुसारको पेशा अंगाल्न सक्छन् । त्यसो हुंदा देश विदेश सबै ठाउँमा राजगारीका लागि बिक्न सक्छन् ।
हामीले कम्पोष्ट वा रसायनिक मल उत्पादनमा जोड गर्न लागि परेका छौं । हिमाली क्षेत्रमा स्याउ उत्पादनमा जोड गर्नेछौं । तराई मधेशमा धान उत्पादन र माछा पालनमा जोड गर्ने छौं । कोसी मेची जोडेर माछा लगायत त्यहां उत्पादन हुने खाद्यान्न उत्पादन गर्नेछौं । पहाडको हकमा तरकारी, फलफुल र पशपंक्षी लगायतको उत्पादन गर्न सकिन्छ । यसबाट अहिले भईरहेको व्यापार घाटा घटाउन सकिन्छ । यसले कृषि क्रान्तिको लागि ठुलो ढोका खोल्नेछ । हामीले उत्पादन गर्ने खाद्यान्नलाई किसान बैंक बनाई बिना बिचौलिया उपभोक्ताको घरघरमा पुर्‍याउन सकिन्छ । कृषकको उत्पादनलाई औद्योगिकरण तथा कोल्ड स्टोर गरि किसानलाई धनी बनाउनुपर्छ ।
थोरै प्रसंग बदल्न चाहन्छु, दुर्गा प्रसाईले मंसिर-७ मा प्रर्दशनको तयारी गर्नुभएको छ, त्यसमा म लगायत हाम्रो पार्टीको ऐक्यबद्धता रहेको छ । उहाँले राजसंस्था, सनातन हिन्दु राज्य र समसामयिक एजेण्डा रहेको छ । वास्तवमा देश माफियाहरुले नै चलाईरहेको जस्तो छन् । वित्तिय वा बैक लगायतमा भएको विकृति विरुद्ध आवाज जरुरी थियो, छ । जनताको पैसामा मोज गर्ने अधिकार कसैलाई छैन । बैकका सिईओहरुलाई वार्षिक करोडौं तलव दिने गरेको सुनिन्छ, कमिशन पनि त्यसरी नै खाने गरेको चर्चा हुन्छ । अर्को अनावश्यक कर्मचारी राखी दिईने तलव भत्ता नियमन गर्ने काम राष्ट्र नेपाल बैंक लाग्नैपर्छ । ७.५ प्रतिशतमा पास भएको ऋण थाहै नदिई १५ प्रतिशत पुर्‍याउंदा राज्यको ध्यान केन्द्रीत किन हुंदैन ? आखिर मिटरव्याजी त वित्तिय संस्थाहरु नै देखिए नि ।
हिजोका दिनमा गाउंघरमा केही ठालुहरुले विभिन्न तमसुक बनाई लुटिन्थ्यो । जति तिरे पनि सांवा व्याज नघट्ने । ती सामन्तीहरुको परिष्कृत रुप अहिलेका वित्तिय संस्थाहरु भए । त्यसैको कपी गरेर लुटिरहेका छन् । त्यसैले यस्ता विकृति विरुद्ध एकजुट हुन आवश्यक छ । म अर्को उदाहरण पनि पेश गर्न चाहन्छुकि, एउटा सर्वसाधारण, मजदुर तथा किसानले व्यवसाय गर्छु भन्दाखेरी कुनै पनि बैंकले लोन दिदैन, वषौं झुलाउंछन् । तर कुनै माफिया छ भने धितो पनि नभई कमिशनको लोभमा तुरुन्तै लोन पास हुन्छ । कृषकको लागि भनिएको अनुदान कति कृषकले पाए त ? यस्ता अनेक वेतिथिले देशलाई गरिव माथि गरिव बनाईरहेको अवस्थामा प्रसाईजीको अभियानलाई हाम्रो समर्थन रहन्छ । तर उहांले तथ्यगत भई दह्रोसंग वहस गरि अभियानलाई बलियो बनाउनु पर्दछ ।
भर्खरै मात्र जाजरकोट, रुकुम पश्चिम लगायत १४ जिल्लामा भुकम्पको महामारीले कणर्ाली आक्रान्त बनेको छ । यस दुखद् क्षणमा लगायत हाम्रो पार्टी दुख व्यक्त गर्दछौं । मृतकको परिवारप्रति गहिरो समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । यस्तो अवस्थामा व्यक्ति भन्दा पनि राज्यको भूमिका ठुलो हुन्छ । जनतामा राज्य छ भन्ने अनुभुति यस्तै भयावह अवस्थाले देखाउने हुंदा निष्पक्ष भएर काम गर्न सरकारलाई अनुरोध गर्दछौं । साथै विगतमा जस्तो दैवी प्रकोपमा परि पिडित भएकाको नाममा आएको राहतमा भ्रष्टाचार नहोस् । नत्र मृत्यू डण्ड दिने कानुन बन्नबाट कसैले रोक्न सक्दैन ।
(बस्नेत जनप्रजातान्त्रिक पार्टी नेपालको सचिव हुन्)


सम्बन्धित खवर