काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निणर्य गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निणर्य गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनकारी दिइन् । पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निणर्य गरेको मन्त्री शर्माले बताइन् । उनले केही दिनमै सो निणर्य कार्यान्वयनमा लैजाने प्रक्रिया सुरू हुने बताइन्।
टिकटकको प्रभाव बढ्दै जाँदा फेसबुक र युट्युबसहित मुलधारका भनिएका सञ्चारमाध्यमको अस्तित्व रक्षाको चुनौति देखिएको थियो । टिकटकले मानिसहरूलाई आकर्षित गरेपछि प्रतिस्पर्धाका लागि फेसबुकले रिल र युट्युबले सर्ट ल्याएका थिए । तर पनि उनीहरूले टिकटकमा पुगेका उपभोक्ता फिर्ता लिन सकेका थिएनन् ।
नेृपालमा पनि समाचार र सूचना टिकटकमा नपुर्याउँदासम्म मान्छेले थाहा नपाउने भैसकेका थिए । भारतले चिनियाँ एपमाथि प्रतपिबन्ध लगाउन सरकार माथि पटक पटक दबाब दिँदै आएको थियो । नेपालका मुलधारका सञ्चार माध्यमहरू पनि अस्तित्व जोगाउनकै लागि भए पनि टिकटकमा कन्टेटसहित उपस्थित भएका थिए तर सरकारले बिकृतिको बाहना बनाएर सिर्जना र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाएको छ ।