जाजरकोट केन्द्र बिन्दु भई गएको भुकम्प पिडितका लागि क्यासिनो संघले गर्‍यो ३५ लाख आर्थिक सहयोग


काठमाडौं । नेपालका क्यासिनोहरुको साझा संस्था नेपाल क्यासिनो संघले जाजरकोट तथा पश्चिम रुकुममा भुकम्पबाट प्रभावित बनेकाहरुका लागि रु. पैतिस लाख सहयोग गरेको छ । संघका अध्यक्ष बिनोद श्रेष्ठको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रु. ३५ लाख बराबरको चेक हन्तान्तरण गरेको हो । संघले दिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने छ ।

यसैगरी क्यासिनो एशोसियसन अफ नेपालका साथै डेल्टिन क्यासिनो ,क्यासिनो माजोङ,महजोङ नेपालगञ्ज, क्यासिनो प्यालेस नेपाल ,क्यासिनो प्राइड, बेलिज क्यासिनो र क्यासिनो भेगासले पाँच पाँच लाख सहयोग जुटाएर क्यासिनो संघलाई प्रदान गरेका थिए । सोही रकम क्यासिनो संघले जाजरकोट तथा रुकुम पश्चिममा गएको भुकम्पका पिडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

रकम हस्तान्तरण गर्न प्रधानमन्त्री निवास बालुवाटारमा संघका अध्यक्ष बिनोद श्रेष्ठ सहितको टोली पुगेर हस्तान्तरण गरिएको थियो । सो अवसरमा सांस्कृति तथा पर्यटन मन्त्री सुजन किराँतीको समेत उपस्थिति रहेको थियो । सहयोग कोषमा जम्मा गरेकोमा प्रधानमन्त्री प्रचण्डले संघलाई धन्यवाद प्रदान गर्नु भएको थियो । भने संघका प्रतिनिधिले आफूहरुको सहयोग पिडित समक्ष छिटो पुग्ने अपेक्षा गरेको बताएका थिए । जाजरकोटको बारेकोट गाउँपालिका एक रामीडाँडा केन्द्रबिन्दु भएर कार्तिक १७ गते राती ६.४ म्याग्निच्युटको भुकम्प गएको थियो ।


सम्बन्धित खवर