दीपक बस्नेत, सचिव, जनप्रजातान्त्रिक पार्टी नेपाल
“दुर्गा प्रसाईले मंसिर-७ गतेदेखि गर्ने भनिएकोे आन्दोलन उनकै कारण तुहिएको छ । त्यसमा म लगायत हाम्रो पार्टीको पनि ऐक्यबद्धता थियो । तर प्रसाई व्यक्तिवादी र व्यक्ति व्यक्तिलाई केन्द्रीत गरेर जुन अभिव्यक्ति दिने काम गरिरहनु भएको जुन गलत रहेको छ । अर्को ऋण लिएपछि सावाँ र ब्याज तिर्नै पर्छ । किनकि कुनै पनि वित्तिय संस्थामा जनताको पैसा रहने हुनाले मर्का पार्ने काम कहिकतैबाट अवरोध हुनुहुंदैन । राजनीति देश र जनताको लागि हुनुपर्छ । उहाँले राजसंस्था, सनातन हिन्दु राज्य र समसामयिक एजेण्डा जुन रहेको छ, यसमा भने हाम्रो समर्थन रहेको छ ।
हाम्रो देश किन बन्न सकेन ?
देशमा राजनीतिक र आर्थिक लगायत थुप्रै विकृति विसंगति र समस्या रहेका छन् । जनसंख्याको पचास प्रतिशत जनता रोजगारीको लागि खाडी मुलुक तथा तेस्रो मुलुक धाईरहेका छन् अथवा जान बाध्य छन् । यसो हुनुमा राजनीतिक दलहरुको भिजन नहुनु र गलत रवैयाले मुख्य भूमिका रहेको छ । निस्चित व्यापारी र दलका नेताहरुले देशलाई ल्ट्ने काम मात्र गरिरहेका छन् । देश ल्ट्नेहरुलाई तत्कालैलाई हटाउन सके मात्र देश बन्दछ । त्यसरी जनतालाई विदेशीनबाट रोक्न सकिन्छ र रोजगारी दिने मात्र बनाउने होईन, धनी बनाउने शुत्र हामीसंग छ । सबै मिलेर विकासको वातावरण बनाउन सक्दा मुलुक सम्पन्न हुन्छ । कृषि प्रदान देश भएर पनि पनि किसानको सम्मान र कुषिको आधुनिकीकरण गर्ने योजना कसैसंग नहुंदा नेपाली जनताले दुख पाईरहेका छन् । त्यसैले हाम्रो एजेण्डा मुख्यतः उत्पादन तथा कृषि क्रान्ति नै हो । आफ्नै देशमा हुने उत्पादनमा पनि हामीले जोड गर्न नसक्दा अर्काको देशबाट ल्याएर खाद्यान्न खानु परेको छ । यसलाई निरुत्साहित गरेर अघि बढ्ने हाम्रो योजना रहेको छ ।
देशमा उत्पादन पनि छैन, देश र जनताकोबारेमा पनि कसैले सोचेनन्, कारण के होला ?
नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं । यति पनि गर्न सक्नुहुन्न भने देश हामीलाई चलाउन दिनुहोस । देशलाई यसरी अंध्यारोतिर धकेल्ने अधिकार कसैलाई छैन । अब अति नै भईसकेको छ, क्षति धेरै भईसकेको छ, त्यसैले सबैमा सत्बुद्धि पलाओस् नत्र हामी चुप लागेर बस्न सक्दैनौ ।
ठुला कुरा गरेर मात्र देश चल्दैन, देश बनाउन राष्ट्रिय संकल्प चाहिन्छ होइन र ?
राम्रो प्रश्न गर्नु भयो । हामीले भनेको कुरा पनि त्यही हो । देश बनाउनको लागि राष्ट्रिय संकल्प अनिवार्य छ । हाम्रा सांसद मन्त्री तथा उच्च पदस्थहरुले घरघरमा कौसी तथा करेसाबारीमा आफुले खानपुग्ने तरकारी त लगाऔं, अनि त्यहीबाट सोच बदलिन सुरु हुन्छ । के हामीले जे कुरामा पनि विदेशीको मुख ताक्ने हो ? यसले हामीलाई कहां पुर्याइ सक्यो, अब सबैले समिक्षा गर्नै पर्छ । देशलाई बनाउनको लागि हामीसंग स्पष्ट सोलुशन वा भिजन रहेको छ । मैले विगतमा पनि भनिसकेको छुकि नेपाललाई बनाउन धेरै गाह्रो छैन, सोच मात्र बदलिन जरुरी रहेको छ ।
आर्थिक उन्नतिको खाका के के हुन सक्लान ?
मुख्यतः कृषि क्रान्ति, स्वास्थ्य, शिक्षा र उत्पादनमा जोड गर्ने वित्तिकै नेपालको आर्थिक उन्नति भईहाल्छ । छोटोमा भन्नु पर्दा स्वास्थ्यमा वर्षको एक हजार रुपैयाँ बिमा गर्न सकिन्छ । यसरी मात्र जनताको निशुल्क स्वास्थ्य उपचार गर्न सकिन्छ । शिक्षालाई व्यवहारिक बनाउने गरि अध्यापन दिनुपर्छ । स्कुलदेखि नै विषयगत सहित कृषि, प्राविधिक (इन्जिनिरिङ लगायत…) र सम्पूणर् मेकानिकल सम्वन्धी पढाई हुंदा सबै काम पोख्त हुन्छन् र आफुले जानेको काम अनुसारको पेशा अंगाल्न सक्छन् । त्यसो हुंदा देश विदेश सबै ठाउँमा राजगारीका लागि बिक्न सक्छन् ।
रासायनिक मलको कारखानी खोल्ने कुरा पनि गर्दै आउनु भएको छनि, किन ?
हामीले कम्पोष्ट वा रसायनिक मल उत्पादनमा जोड गर्न लागि परेका छौं । हिमाली क्षेत्रमा स्याउ उत्पादनमा जोड गर्नेछौं । तराई मधेशमा धान उत्पादन र माछा पालनमा जोड गर्ने छौं । कोसी मेची जोडेर माछा लगायत त्यहां उत्पादन हुने खाद्यान्न उत्पादन गर्नेछौं । पहाडको हकमा तरकारी, फलफुल र पशपंक्षी लगायतको उत्पादन गर्न सकिन्छ । यसबाट अहिले भईरहेको व्यापार घाटा घटाउन सकिन्छ । यसले कृषि क्रान्तिको लागि ठुलो ढोका खोल्नेछ । हामीले उत्पादन गर्ने खाद्यान्नलाई किसान बैंक बनाई बिना बिचौलिया उपभोक्ताको घरघरमा पुर्याउन सकिन्छ । कृषकको उत्पादनलाई औद्योगिकरण तथा कोल्ड स्टोर गरि किसानलाई धनी बनाउनुपर्छ ।
दुर्गा प्रसाईको आन्दोलनमा तपाई सहभागी हुनु भएन किन ?
समय सान्दर्भिक प्रश्न गर्नु भयो । दुर्गा प्रसाईले मंसिर-७ गतेदेखि गर्ने भनिएकोे आन्दोलन उनकै कारण तुहिएको छ । त्यसमा म लगायत हाम्रो पार्टीको पनि ऐक्यबद्धता थियो । तर प्रसाई व्यक्तिवादी र व्यक्ति व्यक्तिलाई केन्द्रीत गरेर जुन अभिव्यक्ति दिने काम गरिरहनु भएको जुन गलत रहेको छ । अर्को ऋण लिएपछि सावाँ र ब्याज तिर्नै पर्छ । किनकि कुनै पनि वित्तिय संस्थामा जनताको पैसा रहने हुनाले मर्का पार्ने काम कहिकतैबाट अवरोध हुनुहुंदैन । राजनीति देश र जनताको लागि हुनुपर्छ । उहाँले राजसंस्था, सनातन हिन्दु राज्य र समसामयिक एजेण्डा रहेको छ, यसमा हाम्रो समर्थन रहेको छ । वास्तवमा देश माफियाहरुले नै चलाईरहेको जस्तो छन् । वित्तिय वा बैक लगायतमा भएको विकृति विरुद्ध आवाज जरुरी थियो, छ । जनताको पैसामा मोज गर्ने अधिकार कसैलाई छैन । बैकका सिईओहरुलाई वार्षिक करोडौं तलव दिने गरेको सुनिन्छ, कमिशन पनि त्यसरी नै खाने गरेको चर्चा हुन्छ । अर्को अनावश्यक कर्मचारी राखी दिईने तलव भत्ता नियमन गर्ने काम राष्ट्र नेपाल बैंक लाग्नैपर्छ । ७.५ प्रतिशतमा पास भएको ऋण थाहै नदिई १५ प्रतिशत पुर्याउंदा राज्यको ध्यान केन्द्रीत किन हुंदैन ? आखिर मिटरव्याजी त वित्तिय संस्थाहरु नै देखिए नि । त्यसैले यस्ता विकृतिहरु हट्न जरुरी छ ।
प्रसाईको बैक तथा वित्तिय संस्था विरुद्धको आन्दोलनलाई के भन्नुहुन्छ ?
वित्तिय संस्थाहरुले थुप्रै वदमासी गरेका छन् । यो कुरा प्रष्टै छ । त्यसलाई नेपाल राष्ट्र बैंकले सच्याउदै लानुपर्छ । हिजोका दिनमा गाउंघरमा केही ठालुहरुले विभिन्न तमसुक बनाई लुटिन्थ्यो । जति तिरे पनि सांवा व्याज नघट्ने । ती सामन्तीहरुको परिष्कृत रुप अहिलेका वित्तिय संस्थाहरु भए । त्यसैको कपी गरेर लुटिरहेका छन् । त्यसैले यस्ता विकृति विरुद्ध एकजुट हुन आवश्यक छ । एउटा सर्वसाधारण, मजदुर तथा किसानले व्यवसाय गर्छु भन्दाखेरी कुनै पनि बैंकले लोन दिदैन, वषौं झुलाउंछन् । तर कुनै माफिया छ भने धितो पनि नभई कमिशनको लोभमा तुरुन्तै लोन पास हुन्छ । कृषकको लागि भनिएको अनुदान कति कृषकले पाए त ? यस्ता अनेक वेतिथिले देशलाई गरिव माथि गरिव बनाईरहेको अवस्थामा राज्यले सहि नीति बनाउन जरुरी छ ।