कडा कानुन बन्न नसक्दा देश बनेन


दीपक बस्नेत, सचिव, जनप्रजातान्त्रिक पार्टी नेपालका सचिव

“हाम्रो देश एकल र एकात्मक राज्य हो, धर्म, परम्परा र कला संस्कृतिको रक्षा गर्नका लागी र देशलाई विघटनबाट रोक्नका लागी पनि हिन्दु अधिराज्य र राजसंस्था चाहिन्छ । त्यसैले हामीले देश बचाउन र नागरिकको संरक्षर, स्वामित्वको अधिकार र अस्तित्वको संरक्षरको लागि राजसंस्था भनेका हौं । २०४७ सालको संविधान फालेर संघीय गणतन्त्र घोषणा पछि झन देश असफलताको बाटोमा जाँदैछ र यसलाई रोक्नुपर्छ भन्ने गहन संकल्प सहित हामीले यस पार्टी गठन गरेका हौं । हामी जनाधार निर्माण गर्ने बाटोमा निरन्तर लागिरहेको छौ । अब छिट्टै यस व्यबस्थाको परिवर्तनको लागी एकताबद्ध छौं ।

के देशमा धेरै विसंगति मौलाएकै हुन् ?
देशमा लामो समय राजनीतिक द्धन्द हुनुको साथै महामारी भुकम्प, भारतको नाकाबन्दी र कोरोना महामारी समेत चल्यो । जुन खड्गो अझै रोकिएको छेन । भुकम्प तथा कोरोनाको समयमा ८० प्रतिशत परनिर्भर हुनपुगेको नेपाल झन बढेको अवस्था छ । यसको कारण के हो भन्दाखेरी राज्यले उत्पादनमा जोड गर्दै गरेन । उत्पादनमा मात्रै जोड गरेको भए देश विकाशोन्मुखबाट विकासशील मुलुक बन्न सक्दथ्यो । म त भन्दछु, कि देशमा उत्पादन नहुनुको कारणलेराजनीतिक, सामाजिक आर्थिक लगायतमा अस्थिरता बढिरहेको छ । जब मान्छे व्यस्त हुने विक्तिकै अरु गलत काम गर्नै भ्याउदैन । किनकि मुहानले पनि आफ्नो बाटो आफै खोज्छ । मान्छे पनि त्यस्तै हो । हरेक युवा युवती, टोल, गाउँ, पालिकाहरु सबै मिलेर उत्पादनमा लाग्नुको विकल्प छैन ।

देशमा सिस्टम नै बनेन, चलाउनै चाहेनन् । बलिया सिस्टम बने जुन व्यवस्था, दल र नेता जति खराव भए पनि खासै फरक नपर्ला । यसरी जांदा देशलाई उन्नतिमा लानको उत्पादनमा जानबाट कसैले रोक्न सक्दैन । त्यसरी जनतालाई विदेशीनबाट रोक्न सकिन्छ र रोजगारी दिने मात्र बनाउने होईन, धनी बनाउन सकिन्छ । सबै मिलेर विकासको वातावरण बनाउन सक्दा मुलुक सम्पन्न हुन्छ । कृषि प्रदान देश भएर पनि पनि किसानको सम्मान र कुषिको आधुनिकीकरण गर्ने योजना कसैसंग नहुंदा नेपाली जनताले दुख पाईरहेका छन् । त्यसैले हाम्रो एजेण्डा मुख्यतः उत्पादन तथा कृषि क्रान्ति नै हो । आफ्नै देशमा हुने उत्पादनमा पनि हामीले जोड गर्न नसक्दा अर्काको देशबाट ल्याएर खाद्यान्न खानु परेको छ । यसलाई निरुत्साहित गरेर अघि बढ्ने हाम्रो योजना रहेको छ ।

हाम्रा दलका नेताहरुले देश बनाउन किन चाहेनन् ?
अरुलाई हामी आरोप लगाउंदैनौं । देश अब हामी बनाउंछौं । तर देश बनाउनको लागि राष्ट्रिय संकल्प भने अनिवार्य छ । के हामीले जे कुरामा पनि विदेशीको मुख ताक्ने हो ? यसले हामीलाई कहां पुर्‍याइ सक्यो, अब सबैले समिक्षा गर्नै पर्छ । देशलाई बनाउनको लागि हामीसंग स्पष्ट सोलुशन वा भिजन रहेको छ । मैले विगतमा पनि भनिसकेको छुकि नेपाललाई बनाउन धेरै गाह्रो छैन, सोच मात्र बदलिन जरुरी रहेको छ । मुख्यतः कृषि क्रान्ति, स्वास्थ्य, शिक्षा र उत्पादनमा जोड गर्ने वित्तिकै नेपालको आर्थिक उन्नति भईहाल्छ । हामीले कम्पोष्ट वा रसायनिक मल उत्पादनमा जोड गर्न लागि परेका छौं । हिमाली क्षेत्रमा स्याउ उत्पादनमा जोड गर्नेछौं । तराई मधेशमा धान उत्पादन र माछा पालनमा जोड गर्ने छौं । कोसी मेची जोडेर माछा लगायत त्यहां उत्पादन हुने खाद्यान्न उत्पादन गर्नेछौं । पहाडको हकमा तरकारी, फलफुल र पशपंक्षी लगायतको उत्पादन गर्न सकिन्छ । यसबाट अहिले भईरहेको व्यापार घाटा घटाउन सकिन्छ । यसले कृषि क्रान्तिको लागि ठुलो ढोका खोल्नेछ । हामीले उत्पादन गर्ने खाद्यान्नलाई किसान बैंक बनाई बिना बिचौलिया उपभोक्ताको घरघरमा पुर्‍याउन सकिन्छ । कृषकको उत्पादनलाई औद्योगिकरण तथा कोल्ड स्टोर गरि किसानलाई धनी बनाउनुपर्छ ।

अहिलेको व्यवस्था गलत कि दलका नेता ?
अहिलेको व्यवस्था गलत कि दलहरु भन्ने प्रश्न उठिरहेको छ । मैले बुझेको कुरा के हो भने मुख्यत ः कानुन नै हो । कानुन राम्रो हुने वित्तिकै व्यवस्था वा दलहरुले केही गर्न सक्दैन । हामी यो संविधान मान्छौं , लोकतन्त्र पनि मान्छौं, गणतन्त्र पनि मान्छौं तर पनि कानुन चाही मुख्य कुरा हो । मत दावीका साथ भन्छु कि, नेपालमा विभिन्न समयमा विभिन्न संविधान त बने तर प्रभावकारी कानुन बनेन, बनाउन चाहेनन् । त्यसैले देशले गति लिन सकेन । जंगबहादुरको देवानी संहिता समेत भर्खरै मात्र परमार्जन गरिएको छ । देश बनाउने हो भने कडा भन्दा कडा कानुन बनाउन जरुरी छ । कानुनले काम गर्ने हो भने ठुलो सानो कोही पनि हुंदैन । आ -आफ्नो भूमिकामा काम गर्ने गरी कानुन बनाउन जरुरी छ । त्यसैले हामी व्यक्तिको विरोध गर्दैनौ, व्यवस्थाको पनि गर्दैनौं । हाम्रो जोड भनेको कानुन बनाउने र देश बनाउने नै हो र उत्पादनमा जोड गर्छौ । कानुन भन्दा बाहिर कोही हुनुहुंदैन ।

अहिलेको व्यवस्था वा दलका नेताहरु, कर्मचारी र संवैधानिक निकाय लगायत कानुनको अभावमा काम गर्न सकिरहेका छैनन् । त्यसैले मनलाग्दी चलिरहेको अवस्था छ । भएको कानुन पनि प्रभावकारी कार्यान्वयन भएका छैनन् । अब राजसंस्था र सनातन हिन्दु राष्ट्र कसरी आउंछ त ? हाम्रो देश राजासंस्थाले नै बनाएको हो । हाम्रो संस्कार सनातनमा आधारित छन् । राजसंस्था र सनातन हिन्दु अधिराज्य आवश्यकताको सिद्धान्त पनि यसमा लागू हुन्छ । जनता निणर्ायक भन्ने सास्वत सत्य कुरा दल विशेषको लागि मात्र नभई अरुको लागि पनि त होनी होईन र ? नेपाल धर्म संस्कृतिले बनेको मुलुक हो, राजनैतिक कारणले होईन । मन्दिर नै मन्दिरको देश हो नेपाल । स्मंरण रहोस, यदि कानुनको पालना गर्ने हो राजसंस्था अनिवार्य छ । र अर्को अनुशासनमा बांध्ने काम धर्मले नै गर्छ, आखिर देश चलाउने त कानुनले त हो ।

भने पछि लिडरसीप भन्दा पनि कानुनकै अभावले देश नबनेको हो त ?
अवश्य पनि । अहिले लिडरसीप होइन, प्रभावकारी कानुन चाहिएको छ । राजसंस्था, वैद्धिक सनातन हिन्दु अधिराज्य र जनता विना देश जोगिदैन । नेपाली जनता पिडामा छन् । जसलाई विस्वास गर्छन उनीहरुबाट धोका मात्र भएको छ । गास, वास, कपास, स्वास्थ्य, शिक्षा र रोजगार पाउन सकेनन् । सरकार पुरै भ्रष्ट रहेको छ । विदेशीको इसारा विना सरकार चल्नै सक्दैन । जब मुलकमा २००७ मा प्रजातन्त्र र २०४७ सालको बहुदलको घोषणा भएपनि प्रजातन्त्र संस्थागत हुन सकेन, चिन्तित छौं । जस पश्चात माओवादी १० वर्ष युद्धबाट भयो देशमा ठुलो नोक्सान भयो । जुन कानुनको अभावमा केही गर्न सकेनन् ।

सनातन हिन्दु अधिराज्य र राजसंस्था कसरी सम्भव होला ?
हाम्रो देश एकल र एकात्मक राज्य हो, धर्म, परम्परा र कला संस्कृतिको रक्षा गर्नका लागी र देशलाई विघटनबाट रोक्नका लागी पनि हिन्दु अधिराज्य र राजसंस्था चाहिन्छ । त्यसैले हामीले देश बचाउन र नागरिकको संरक्षर, स्वामित्वको अधिकार र अस्तित्वको संरक्षरको लागि राजसंस्था भनेका हौं । २०४७ सालको संविधान फालेर संघीय गणतन्त्र घोषणा पछि झन देश असफलताको बाटोमा जाँदैछ र यसलाई रोक्नुपर्छ भन्ने गहन संकल्प सहित हामीले यस पार्टी गठन गरेका हौं । हामी जनाधार निर्माण गर्ने बाटोमा निरन्तर लागिरहेको छौ । अब छिट्टै यस व्यबस्थाको परिवर्तनको लागी एकताबद्ध छौं ।

अब हामी देश र जनतालाई प्रजातन्त्रको अनुभुती दिलाएर व्यवहारिक रुपमै जसले अहिलेको व्यबस्थालाई भङ्ग गरेर नेपाल र नेपाली भएर बाँच्ने, देशलाई समृद्धको बाटोमा लगेर जनतालाई भ्रष्टाचार निर्मुल पारी सुशासन र देशको समृद्धि हासिल गर्ने तर्फ केन्द्रित हुनेछौं । त्यसैले हाम्रो अहिलेको प्रमुख एजेण्डा भनेको सगरमाथा जस्तै उच्च बनाउँदै विकसित राष्ट्र बनाउनु हो । हाम्रो देशको विकास किन भएन ? मुख्यतः राष्ट्रिय संकल्प भएन । अर्को माथिको हरफमा पनि भनिसकेको छु कि कानुनकै अभाव हो । त्यस्तै गरि मित्र राष्ट्र, हाम्रा दलहरु, कर्मचारीहरु आफ्नो व्यत्तिलगत स्वार्थमा मात्र लाग्दा देश बनेन ।

अन्त्यमा……………
अब देशको लागि काम नगर्नेलाई नेपाल आमाले माफ गर्दैनन् । अब त अत्ति भएको छ । अति भए पछि क्षति हुन्छ । कानुनको पालना गराउने अदालतमा घटि वा बढी सजाय भनेर गरिने फैसला वा कानुनी व्यवस्थाले चलखेल बढाईरहेको छ, चलखेल गर्ने वातावरण दिईरहेको छ । अदालत भनेको दुधको दुध, पानीको पानी छुट्याउने गरि फैसला गर्ने खालको हुनुपर्दछ । अदालत भनेको न्याय दिने प्रमुख ठाउं हो । त्यसैले जनताको विस्वास जगाउने गरि नियमको पालना सबैमा समान हुनुपर्दछ । कानुन सबैलाई बराबर हुनुपर्छ । देशमा विदेशी चलखेल बढिरहेको देखेसुनेकै छौं । बेलुनमा हावा कम भयो भने फुट्छ । हामी बलियो भयौं भने, हामी अरुसंग परनिर्भर भएनौं भने, हाम्रो समस्या अरुलाई सुनाएनौ भने र ऋण लिएनौ भने हामीलाई कसैले हेप्न सक्दैन । हाम्रो देशको वैज्ञानिक लगेर अर्कोले देश बनाईरहेको छ, अझ भन्नु पर्दा हामी माथि नै प्रहार गराईएको हून्छ । त्यो कारण के त भन्दाखेरी तीजनशक्तिहरु वा वैज्ञानिकहरुलाई आफ्नै देशमा सेटल गर्न नसक्नुले हो । आखिर आफ्नो देशमा अवसर नपाइसकेपछि उसले जहांसुकै अवसर त खोज्नै पर्‍यो नि । अहिले देशमा देखिएको अवस्था त्यही हो ।


सम्बन्धित खवर