किन देशमा कृषि उत्पादनमा चासो देखिएन ?


दीपक बस्नेत, सचिव, जनप्रजातान्त्रिक पार्टी नेपाल एवं कृषि अभियान्ता

  1. अहिलेको व्यवस्था वा दलका नेताहरु, कर्मचारी र संवैधानिक निकाय लगायत कानुनको अभावमा काम गर्न सकिरहेका छैनन् । त्यसैले मनलाग्दी चलिरहेको अवस्था छ । भएको कानुन पनि प्रभावकारी कार्यान्वयन भएका छैनन् । अब राजसंस्था र सनातन हिन्दु राष्ट्र कसरी आउंछ त ? हाम्रो देश राजासंस्थाले नै बनाएको हो । हाम्रो संस्कार सनातनमा आधारित छन् । राजसंस्था र सनातन हिन्दु अधिराज्य आवश्यकताको सिद्धान्त पनि यसमा लागू हुन्छ । जनता निणर्ायक भन्ने सास्वत सत्य कुरा दल विशेषको लागि मात्र नभई अरुको लागि पनि त होनी होईन र ? नेपाल धर्म संस्कृतिले बनेको मुलुक हो, राजनैतिक कारणले होईन । मन्दिर नै मन्दिरको देश हो नेपाल । स्मंरण रहोस, यदि कानुनको पालना गर्ने हो राजसंस्था अनिवार्य छ । र अर्को अनुशासनमा बांध्ने काम धर्मले नै गर्छ, आखिर देश चलाउने त कानुनले त हो ।

किन देशमा कृषि उत्पादनमा चासो देखिएको छैन ?
हाम्रो देशलाई कृषि प्रधान देश भनिन्छ र हो पनि । नेपाल सानो देश भएपनि भौगोलिक विविधता अचम्मको रहेको छ र त्यही भौगोलिक अवस्था अनुसार उत्पादनमा जोड गर्न सकिन्छ, तर त्यसो गरिएन । अहिले भारतबाट आउने उत्पादन सस्तो र नेपाली उत्पादन महंगो छ भनिएको छ जुन अत्यन्त सुनियोजित बनाइएको हो । नेपाली उत्पादन महंगो छैन तर पर्याप्त उत्पादन भने हुनैपर्छ । नेपालको उत्पादन विश्वमै सस्तो रहेको छ, तर भ्रम फैलाईयो । तीव्र उत्पादन हुने वित्तिकै प्रतिस्पर्धा बढ्छ र सस्तो हुन्छ । हाम्रो ऐन नियमले पनि उत्पादन जोड गरेन । त्यसैले उत्पादनमा जोड गर्न सकिएको छैन । त्यसरी कलकारखाना र उत्पादन नभएकाले गरीव र बेरोजगार बढिरहेका छैनन् । रोजगारी र पढ्नको लागि विदेश जाने युवायुवतीहरु रोक्न सकिएन भने देशको अस्तित्व नै हराउन सक्छ । यसमा अब सम्वन्धित निकायले सोच्नैपर्छ, हामी त सोचरहेकै छौं । देशको विकास हुन नसक्नुले नै उत्पादन नहुनुले हो । त्यसैले उत्पादन र देश रक्षाको लागि हामी लडिरहन्छौं ।

राज्यले उत्पादनमा जोड गर्न नसक्नुको कारण के होला ?
देशमा अझै पनि राजनीतिक र आर्थिक लगायत थुप्रै विकृति विसंगति र समस्या रहेका छन् । जनसंख्याको आधा प्रतिशत जनता रोजगारीको लागि खाडी मुलुक तथा तेस्रो मुलुक धाईरहेका छन् अथवा जान बाध्य छन् । यसो हुनुमा राजनीतिक दलहरुको भिजन नहुनु र गलत रवैयाले मुख्य भूमिका रहेको छ । निस्चित व्यापारी र दलका नेताहरुले देशलाई ल्ट्ने काम मात्र गरिरहेका छन् । देश ल्ट्नेहरुलाई तत्कालैलाई हटाउन सके मात्र देश बन्दछ । त्यसरी जनतालाई विदेशीनबाट रोक्न सकिन्छ र रोजगारी दिने मात्र बनाउने होईन, धनी बनाउने शुत्र हामीसंग छ । सबै मिलेर विकासको वातावरण बनाउन सक्दा मुलुक सम्पन्न हुन्छ । कृषि प्रदान देश भएर पनि पनि किसानको सम्मान र कुषिको आधुनिकीकरण गर्ने योजना कसैसंग नहुंदा नेपाली जनताले दुख पाईरहेका छन् । त्यसैले हाम्रो एजेण्डा मुख्यतः उत्पादन तथा कृषि क्रान्ति नै हो । आफ्नै देशमा हुने उत्पादनमा पनि हामीले जोड गर्न नसक्दा अर्काको देशबाट ल्याएर खाद्यान्न खानु परेको छ । यसलाई निरुत्साहित गरेर अघि बढ्ने हाम्रो योजना रहेको छ ।
उत्पादन बढाउंदा हुने फाइदा के हो ?
नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं । यति पनि गर्न सक्नुहुन्न भने देश हामीलाई चलाउन दिनुहोस । देशलाई यसरी अंध्यारोतिर धकेल्ने अधिकार कसैलाई छैन । अब अति नै भईसकेको छ, क्षति धेरै भईसकेको छ, त्यसैले सबैमा सत्बुद्धि पलाओस् नत्र हामी चुप लागेर बस्न सक्ने अवस्था रहदैन ।

कुषि उत्पादनमा सिंचाई समस्या छ नि ?
देशको उत्पादन भनेकै कृषि हो र बनाउनुर्छ । कृषि संगसंगै सिंचाईलाई जोड्नुपर्छ । कृषक-कृषि-उत्पादन र बजारसंगै सिंचाई जोडिनुपर्छ । कृषकले उत्पादन गरेको कृषिलाई कसरी बजारीकरण गर्ने त ? कृषकले सहि मुल्य पाउनको लागि स्टोरेज कोल्ड स्टोरेज गर्न सकियो सकियो कि सकिएन ? यदि देश विकासमा कृषिसंग जोडिन सकियो भने हरेक व्यक्ति बिजी हुने माध्यम हुन्छ । आ-आफ्नो उत्पादनमा कृषक बिजी भयो भने हरेक सहजीकरण देखिन्छ । उत्पादन बढ्ने वित्तिकै चोरी डकैटी झैझगडा सबै न्युनिकरण हुन्छ । जनता अनुशासित हुन्छन् । यसको लागि हामी उत्पादनमै जोड गर्नुपर्छ । हामीले गर्ने उत्पादन देशमा खपत गरेर देशविदेश पुर्‍याउन सकिने खालको हुनुपर्छ र सकिन्छ पनि ।

देशमा कृषि क्रान्ति किन हुन सकिरहेको छैन ?
हाम्रो देश कृषि प्रदान देश हो । त्यसैले हाम्रो एजेण्डा मुख्यतः उत्पादन तथा कृषि क्रान्ति नै हो । आफ्नै देशमा हुने उत्पादनमा पनि हामीले जोड गर्न नसक्दा अर्काको देशबाट ल्याएर खाद्यान्न खानु परेको छ । यसलाई निरुत्साहित गरेर अघि बढ्ने हाम्रो योजना रहेको छ । हरेक देश वा विश्वको तथ्यांक जोडिने वित्तिकै उत्पादन भन्ने बुझिन्छ । उत्पादन गर्नको लागि उचित विउ र उचित स्थान के ? अब कृषि उत्पादन मार्फत जनतालाई तयार पारी कृषि क्रान्ति गराउन जरुरी छ । हामी विशेष स्थान सहितको कुषिमा जोड गर्नेछौं । वास्तवमा हाम्रो भुभाग र भौगोलिक बनोट राम्रो भएका कारण पनि कृषि उत्पादन बलियो रहेको छ । त्यसैले त नेपाललाई कृषिप्रधान देश भनिएको हो । हिमाली क्षेत्रलाई स्याउ मार्फत आत्मानिर्भर बनाउन सकिन्छ । जापान हिमाली क्षेत्र बढी भएको देश हो । त्यहां स्याउ उत्पादन मार्फत आत्मानिर्भर भईरहेको छ भने नेपाल झन भौगोलिक बनोट अनुसारको उत्पादन गर्न सक्दा हाम्रो देश आफै आत्मानिर्भर हुन्छ । अब देशमै सिंचाई गर्ने वातावरण बनाउनुपर्छ । म त अझ भन्छुकी बाग्मति नदीलाई कोसी र मेचीमा जोडी सिंचाई गर्नुपर्छ । पस्चिम महाकाली र कालीगण्डकीको पानीलाई सिंचाईमा उपयोग गरि उत्पादनमा जोड गर्नुपर्छ । देश विदेशमा रहेका नेपालीलाई जोडेर उत्पादनमा जोड गर्नेछौं । यसरी जान सक्दा कुनै पनि नेपाली युवाहरु रोजगारीको लागि विदेशीन पर्दैन ।

कृषिमा भईरहेको बिचौलिया कसरी रोक्ने होला ?
कृषकले उत्पादन गर्ने उत्पादनको उचित मुल्य अपनाईनेछ बिचौलिया अन्त्य गरिनेछ । ७७ वटै जिल्लामा कोल्ड स्टोर बनाउंछौं । जस्तै कृषकले उत्पादन गरेको साग समेतलाई पन्ध्र दिनसम्म पनि कोल्ड स्टोरमा राखेर बेच्न सकिने वातावरण बनाईनेछ । देशमा चाहिने उत्पादन प्रयोग गरि विदेशमा समेत निर्यात गरिने छ । जापानमा एक केजी बन्दाको मुल्य तीन सय पर्छ, हामी कहां दश रुपैंयामा बिक्री भईरहेको छ । के अब हामी सय रुपैया केजीमा जापानमा निर्यात गर्न सक्दैनौ ? हाम्रो उत्पादनलाई सुरुमै जापानमा नै निर्यात गर्छौ । हाम्रो देशलाई श्रम गरि युवाहरु श्रममा लगि शोषण गरिरहेको छ । अब उसलाई हामीले उत्पादन बेच्नुपर्छ । त्यसरी बजारीकरण गर्न सक्दा ऋण तथा व्यापार घाटा अन्त्य गर्न सकिन्छ । यदि हाम्रो मुलुकको उत्पादन आजको दिनमा विश्वव्यापी बनाउन सक्यौ भने हामी छिट्टै धनी हुन्छौं ।

सिंचाईलाई कसरी जोड गर्न सकिएला ?
सिंचाईमा यदि हाम्रो देशको पानी मनिङडाईभर्सनको नाममा भारत पठाउने तयारी भईरहेको अवस्थालाई रोक्नुपर्छ । अब हाम्रो देशको नदी खोलानालालाई सिंचाईमा परिणत गर्नुपर्छ । बनिरहेका डाईभर्सनलाई अब बागमति, कोसी, मेची लगायत मिसाएर सिंचाई गर्नुपर्छ । तराईका खेतीयोग्य जमिनलाई सिंचाई गर्नैपर्छ, त्यो काम हामी गर्छौं । हाम्रो देशका प्रत्येक वन जंगल उपयोग भईरहेका छनन् । मुख्यतः हाम्रो महत्वपूणर् जडिबुटी खेर गईरहेका छन् । साथै ती बन जंगलका पातपतिङगरलाई प्रारंगरिक मल बनाउनुपर्छ र कृषकलाई जोड्नुपर्छ । साथै जैविक मलको फ्याक्ट्री संचालनमा ल्याउंछौं । सम्पूणर् कामलाई समायोजन गरि उत्पादन बेच्ने र कोल्ड स्टोर राखी व्यवस्थापन गर्छौ ।

बेरोजगार बढ्नुको कारण उत्पादन नभएरै हो त ?
कलकारखाना र उत्पादन नभएकै कारण युवाहरुको बेराजगार बढ्दो छ र विदेशीन बाध्य भएका छन् । नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं । यति पनि गर्न सक्नुहुन्न भने देश हामीलाई चलाउन दिनुहोस । देशलाई यसरी अंध्यारोतिर धकेल्ने अधिकार कसैलाई छैन । अब अति नै भईसकेको छ, क्षति धेरै भईसकेको छ, त्यसैले सबैमा सत्बुद्धि पलाओस् नत्र हामी चुप लागेर बस्न सक्दैनौ । मुख्यतः कृषि क्रान्ति, स्वास्थ्य, शिक्षा र उत्पादनमा जोड गर्ने वित्तिकै नेपालको आर्थिक उन्नति भईहाल्छ । छोटोमा भन्नु पर्दा स्वास्थ्यमा वर्षको एक हजार रुपैयाँ बिमा गर्न सकिन्छ । यसरी मात्र जनताको निशुल्क स्वास्थ्य उपचार गर्न सकिन्छ । शिक्षालाई व्यवहारिक बनाउने गरि अध्यापन दिनुपर्छ । त्यसो हुंदा देश विदेश सबै ठाउँमा राजगारीका लागि बिक्न सक्छन् ।

उत्पादन मात्र नभएर देश बनाउन अरु के के गर्न सकिन्छ ?
अहिलेको व्यवस्था वा दलका नेताहरु, कर्मचारी र संवैधानिक निकाय लगायत कानुनको अभावमा काम गर्न सकिरहेका छैनन् । त्यसैले मनलाग्दी चलिरहेको अवस्था छ । भएको कानुन पनि प्रभावकारी कार्यान्वयन भएका छैनन् । अब राजसंस्था र सनातन हिन्दु राष्ट्र कसरी आउंछ त ? हाम्रो देश राजासंस्थाले नै बनाएको हो । हाम्रो संस्कार सनातनमा आधारित छन् । राजसंस्था र सनातन हिन्दु अधिराज्य आवश्यकताको सिद्धान्त पनि यसमा लागू हुन्छ । जनता निणर्ायक भन्ने सास्वत सत्य कुरा दल विशेषको लागि मात्र नभई अरुको लागि पनि त होनी होईन र ? नेपाल धर्म संस्कृतिले बनेको मुलुक हो, राजनैतिक कारणले होईन । मन्दिर नै मन्दिरको देश हो नेपाल । स्मंरण रहोस, यदि कानुनको पालना गर्ने हो राजसंस्था अनिवार्य छ । र अर्को अनुशासनमा बांध्ने काम धर्मले नै गर्छ, आखिर देश चलाउने त कानुनले त हो ।

देशमा लिडरसीपको खडेरी पनि छनि होइन र ?
अहिले सवल लिडरसीप र प्रभावकारी कानुन चाहिएको छ । राजसंस्था, वैद्धिक सनातन हिन्दु अधिराज्य र जनता विना देश जोगिदैन । नेपाली जनता पिडामा छन् । जसलाई विस्वास गर्छन उनीहरुबाट धोका मात्र भएको छ । गास, वास, कपास, स्वास्थ्य, शिक्षा र रोजगार पाउन सकेनन् । सरकार पुरै भ्रष्ट रहेको छ । विदेशीको इसारा विना सरकार चल्नै सक्दैन । जब मुलकमा २००७ मा प्रजातन्त्र र २०४७ सालको बहुदलको घोषणा भएपनि प्रजातन्त्र संस्थागत हुन सकेन, चिन्तित छौं । जस पश्चात माओवादी १० वर्ष युद्धबाट भयो देशमा ठुलो नोक्सान भयो । जुन कानुनको अभावमा केही गर्न सकेनन् ।

अन्त्यमा…….
अब हामी देश र जनतालाई प्रजातन्त्रको अनुभुती दिलाएर व्यवहारिक रुपमै जसले अहिलेको व्यबस्थालाई भङ्ग गरेर नेपाल र नेपाली भएर बाँच्ने, देशलाई समृद्धको बाटोमा लगेर जनतालाई भ्रष्टाचार निर्मुल पारी सुशासन र देशको समृद्धि हासिल गर्ने तर्फ केन्द्रित हुनेछौं । त्यसैले हाम्रो अहिलेको प्रमुख एजेण्डा भनेको सगरमाथा जस्तै उच्च बनाउँदै विकसित राष्ट्र बनाउनु हो । हाम्रो देशको विकास किन भएन ? मुख्यतः राष्ट्रिय संकल्प भएन । अर्को माथिको हरफमा पनि भनिसकेको छु कि कानुनकै अभाव हो । त्यस्तै गरि मित्र राष्ट्र, हाम्रा दलहरु, कर्मचारीहरु आफ्नो व्यक्तिलगत स्वार्थमा मात्र लाग्दा देश बनेन ।


सम्बन्धित खवर