कृषि रणनीतिका लागि सय अभियान


दीपक बस्नेत
 “नेपाली उत्पादन महंगो छैन तर पर्याप्त उत्पादन भने हुनैपर्छ । नेपालको उत्पादन विश्वमै सस्तो रहेको छ, तर भ्रम फैलाईयो । तीव्र उत्पादन हुने वित्तिकै प्रतिस्पर्धा बढ्छ र सस्तो हुन्छ । हाम्रो ऐन नियमले पनि उत्पादन जोड गरेन । त्यसैले उत्पादनमा जोड गर्न सकिएको छैन । त्यसरी कलकारखाना र उत्पादन नभएकाले गरीव र बेरोजगार बढिरहेका छैनन् । रोजगारी र पढ्नको लागि विदेश जाने युवायुवतीहरु रोक्न सकिएन भने देशको अस्तित्व नै हराउन सक्छ । यसमा अब सम्वन्धित निकायले सोच्नैपर्छ, हामी त सोचरहेकै छौं । देशको विकास हुन नसक्नुले नै उत्पादन नहुनुले हो । त्यसैले उत्पादन र देश रक्षाको लागि हामी लडिरहन्छौं ।

काठमाडौं । कृषि उत्पादनको साथै हामीले कोल्ड स्टोरको जोड गर्छौै । त्यसका लागि प्रत्येक जिल्लाबाट सय रुपैया उठाउँने पछि बढाउदै लगिने छ । यसरी स्वरोजगार शक्ति बढ्दै जानेछ । कृषि बिउ तथा मल दिनुको साथै घण्टाको हिसावले काम लगाइने व्यवस्था गरिने छ । अब गाँजा खेतीलाई राज्यले वैधानिकता दिनैपर्छ । पहाडी क्षेत्रलाई ठुलो आम्दानीको स्रोत हुनेछ । कृषक, कृषि क्रान्तिको लागि मर्न र मार्न तयार भएर लागिसकेका छौं । देशमा उत्पादन गरेको कृषि उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउने योजना सहित हामी अगाडि बढिरहेका छौं । हाम्रो देशलाई कृषि प्रधान देश भनिन्छ र हो पनि । नेपाल सानो देश भएपनि भौगोलिक विविधता अचम्मको रहेको छ र त्यही भौगोलिक अवस्था अनुसार उत्पादनमा जोड गर्न सकिन्छ, तर त्यसो गरिएन । अहिले भारतबाट आउने उत्पादन सस्तो र नेपाली उत्पादन महंगो छ भनिएको छ जुन अत्यन्त सुनियोजित बनाइएको हो ।

नेपाली उत्पादन महंगो छैन तर पर्याप्त उत्पादन भने हुनैपर्छ । नेपालको उत्पादन विश्वमै सस्तो रहेको छ, तर भ्रम फैलाईयो । तीव्र उत्पादन हुने वित्तिकै प्रतिस्पर्धा बढ्छ र सस्तो हुन्छ । हाम्रो ऐन नियमले पनि उत्पादन जोड गरेन । त्यसैले उत्पादनमा जोड गर्न सकिएको छैन । त्यसरी कलकारखाना र उत्पादन नभएकाले गरीव र बेरोजगार बढिरहेका छैनन् । रोजगारी र पढ्नको लागि विदेश जाने युवायुवतीहरु रोक्न सकिएन भने देशको अस्तित्व नै हराउन सक्छ । यसमा अब सम्वन्धित निकायले सोच्नैपर्छ, हामी त सोचरहेकै छौं । देशको विकास हुन नसक्नुले नै उत्पादन नहुनुले हो । त्यसैले उत्पादन र देश रक्षाको लागि हामी लडिरहन्छौं ।

कृषि-उत्पादन र बजारसंगै सिंचाई जोडिनुपर्छ । कृषकले उत्पादन गरेको कृषिलाई कसरी बजारीकरण गर्ने त ? कृषकले सहि मुल्य पाउनको लागि स्टोरेज कोल्ड स्टोरेज गर्न सकियो सकियो कि सकिएन ? यदि देश विकासमा कृषिसंग जोडिन सकियो भने हरेक व्यक्ति बिजी हुने माध्यम हुन्छ । आ-आफ्नो उत्पादनमा कृषक बिजी भयो भने हरेक सहजीकरण देखिन्छ । उत्पादन बढ्ने वित्तिकै चोरी डकैटी झैझगडा सबै न्युनिकरण हुन्छ । जनता अनुशासित हुन्छन् । यसको लागि हामी उत्पादनमै जोड गर्नुपर्छ । हामीले गर्ने उत्पादन देशमा खपत गरेर देशविदेश पुर्‍याउन सकिने खालको हुनुपर्छ र सकिन्छ पनि ।

आफ्नै देशमा हुने उत्पादनमा पनि हामीले जोड गर्न नसक्दा अर्काको देशबाट ल्याएर खाद्यान्न खानु परेको छ । यसलाई निरुत्साहित गरेर अघि बढ्ने हाम्रो योजना रहेको छ । हरेक देश वा विश्वको तथ्यांक जोडिने वित्तिकै उत्पादन भन्ने बुझिन्छ । उत्पादन गर्नको लागि उचित विउ र उचित स्थान के ? अब कृषि उत्पादन मार्फत जनतालाई तयार पारी कृषि क्रान्ति गराउन जरुरी छ । हामी विशेष स्थान सहितको कुषिमा जोड गर्नेछौं । वास्तवमा हाम्रो भुभाग र भौगोलिक बनोट राम्रो भएका कारण पनि कृषि उत्पादन बलियो रहेको छ । त्यसैले त नेपाललाई कृषिप्रधान देश भनिएको हो । हिमाली क्षेत्रलाई स्याउ मार्फत आत्मानिर्भर बनाउन सकिन्छ । जापान हिमाली क्षेत्र बढी भएको देश हो । त्यहां स्याउ उत्पादन मार्फत आत्मानिर्भर भईरहेको छ भने नेपाल झन भौगोलिक बनोट अनुसारको उत्पादन गर्न सक्दा हाम्रो देश आफै आत्मानिर्भर हुन्छ । अब देशमै सिंचाई गर्ने वातावरण बनाउनुपर्छ । म त अझ भन्छुकी बाग्मति नदीलाई कोसी र मेचीमा जोडी सिंचाई गर्नुपर्छ । पस्चिम महाकाली र कालीगण्डकीको पानीलाई सिंचाईमा उपयोग गरि उत्पादनमा जोड गर्नुपर्छ । देश विदेशमा रहेका नेपालीलाई जोडेर उत्पादनमा जोड गर्नेछौं । यसरी जान सक्दा कुनै पनि नेपाली युवाहरु रोजगारीको लागि विदेशीन पर्दैन ।

सिंचाईमा यदि हाम्रो देशको पानी मनिङडाईभर्सनको नाममा भारत पठाउने तयारी भईरहेको अवस्थालाई रोक्नुपर्छ । अब हाम्रो देशको नदी खोलानालालाई सिंचाईमा परिणत गर्नुपर्छ । बनिरहेका डाईभर्सनलाई अब बागमति, कोसी, मेची लगायत मिसाएर सिंचाई गर्नुपर्छ । तराईका खेतीयोग्य जमिनलाई सिंचाई गर्नैपर्छ, त्यो काम हामी गर्छौं । हाम्रो देशका प्रत्येक वन जंगल उपयोग भईरहेका छनन् । मुख्यतः हाम्रो महत्वपूणर् जडिबुटी खेर गईरहेका छन् । साथै ती बन जंगलका पातपतिङगरलाई प्रारंगरिक मल बनाउनुपर्छ र कृषकलाई जोड्नुपर्छ । साथै जैविक मलको फ्याक्ट्री संचालनमा ल्याउंछौं । सम्पूणर् कामलाई समायोजन गरि उत्पादन बेच्ने र कोल्ड स्टोर राखी व्यवस्थापन गर्छौ ।
कलकारखाना र उत्पादन नभएकै कारण युवाहरुको बेराजगार बढ्दो छ र विदेशीन बाध्य भएका छन् । नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं । यति पनि गर्न सक्नुहुन्न भने देश हामीलाई चलाउन दिनुहोस । देशलाई यसरी अंध्यारोतिर धकेल्ने अधिकार कसैलाई छैन । अब अति नै भईसकेको छ, क्षति धेरै भईसकेको छ, त्यसैले सबैमा सत्बुद्धि पलाओस् नत्र हामी चुप लागेर बस्न सक्दैनौ ।

अहिलेको व्यवस्था वा दलका नेताहरु, कर्मचारी र संवैधानिक निकाय लगायत कानुनको अभावमा काम गर्न सकिरहेका छैनन् । त्यसैले मनलाग्दी चलिरहेको अवस्था छ । भएको कानुन पनि प्रभावकारी कार्यान्वयन भएका छैनन् । अब राजसंस्था र सनातन हिन्दु राष्ट्र कसरी आउंछ त ? हाम्रो देश राजासंस्थाले नै बनाएको हो । हाम्रो संस्कार सनातनमा आधारित छन् । राजसंस्था र सनातन हिन्दु अधिराज्य आवश्यकताको सिद्धान्त पनि यसमा लागू हुन्छ । जनता निणर्ायक भन्ने सास्वत सत्य कुरा दल विशेषको लागि मात्र नभई अरुको लागि पनि त होनी होईन र ? नेपाल धर्म संस्कृतिले बनेको मुलुक हो, राजनैतिक कारणले होईन । मन्दिर नै मन्दिरको देश हो नेपाल । स्मंरण रहोस, यदि कानुनको पालना गर्ने हो राजसंस्था अनिवार्य छ । र अर्को अनुशासनमा बांध्ने काम धर्मले नै गर्छ, आखिर देश चलाउने त कानुनले त हो ।
देशमा लामो समय राजनीतिक द्धन्द हुनुको साथै महामारी भुकम्प, भारतको नाकाबन्दी र कोरोना महामारी समेत चल्यो । जुन खड्गो अझै रोकिएको छेन । भुकम्प तथा कोरोनाको समयमा ८० प्रतिशत परनिर्भर हुनपुगेको नेपाल झन बढेको अवस्था छ । यसको कारण के हो भन्दाखेरी राज्यले उत्पादनमा जोड गर्दै गरेन । उत्पादनमा मात्रै जोड गरेको भए देश विकाशोन्मुखबाट विकासशील मुलुक बन्न सक्दथ्यो । म त भन्दछु, कि देशमा उत्पादन नहुनुको कारणलेराजनीतिक, सामाजिक आर्थिक लगायतमा अस्थिरता बढिरहेको छ । जब मान्छे व्यस्त हुने विक्तिकै अरु गलत काम गर्नै भ्याउदैन । किनकि मुहानले पनि आफ्नो बाटो आफै खोज्छ । मान्छे पनि त्यस्तै हो । हरेक युवा युवती, टोल, गाउँ, पालिकाहरु सबै मिलेर उत्पादनमा लाग्नुको विकल्प छैन ।

देशमा सिस्टम नै बनेन, चलाउनै चाहेनन् । बलिया सिस्टम बने जुन व्यवस्था, दल र नेता जति खराव भए पनि खासै फरक नपर्ला । यसरी जांदा देशलाई उन्नतिमा लानको उत्पादनमा जानबाट कसैले रोक्न सक्दैन । त्यसरी जनतालाई विदेशीनबाट रोक्न सकिन्छ र रोजगारी दिने मात्र बनाउने होईन, धनी बनाउन सकिन्छ । सबै मिलेर विकासको वातावरण बनाउन सक्दा मुलुक सम्पन्न हुन्छ । कृषि प्रदान देश भएर पनि पनि किसानको सम्मान र कुषिको आधुनिकीकरण गर्ने योजना कसैसंग नहुंदा नेपाली जनताले दुख पाईरहेका छन् । त्यसैले हाम्रो एजेण्डा मुख्यतः उत्पादन तथा कृषि क्रान्ति नै हो । आफ्नै देशमा हुने उत्पादनमा पनि हामीले जोड गर्न नसक्दा अर्काको देशबाट ल्याएर खाद्यान्न खानु परेको छ । यसलाई निरुत्साहित गरेर अघि बढ्ने हाम्रो योजना रहेको छ ।

(लेखक, जनप्रजातान्त्रिक पार्टी नेपाल सचिव एवं कृषि अभियान्ता हुन्)


सम्बन्धित खवर